MENU

विशेष

हिसाब-किताब राख्न थालेपछि सुध्रियो सम्बन्ध, फेरियो जीवनशैली (भिडियाे)

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, वैशाख ४ – गीताकुमारी मोक्तान र निर्मला माझी दुवैका श्रीमान् विदेशमा छन् । दुवै जनाका श्रीमान् विदेशमा पैसा कमाउँदैछन् । घर सम्हाल्नु पर्ने जिम्मेवारी बोकेका गीता र निर्मला पनि हिजोआज सर्लाहीको लालवन्दीमा पैसा कमाउने काममा सक्रिय छन् । 

सिन्धुलीकी गीताकुमारी मोक्तानको माइती गाउँ हो सर्लाहीको लालबन्दी । श्रीमान् विदेश गएपछि सिन्धुलीबाट सर्लाही झरेकी गीता चैतको पहिलो हप्ता माइतीघरमा छोरासित रमाउँदै हुनुहुन्थ्यो । 

श्रीमान् विदेश गए पछि पैसा हात पर्ला र सुख होला भन्ने लागेको थियो गीतालाई । तर भयो उल्टो । श्रीमान श्रीमतीबिच खटपट सुरु भयो । खटपटको मुख्य कारण पैसा थियो ।

श्रीमती र सन्तानकै भविष्यको लागि पैसा कमाउन विदेशिएका श्रीमानसँग गीताको बिग्रिँदै गएको सम्बन्धलाई पैसाले नै जोड्यो । अनि समबन्ध जोड्ने पुल बन्यो वित्तीय साक्षरताको कक्षा ।

सर्लाहीकी निर्मला माझीको परिवार पहिले काठमाडौंमा बस्थ्यो । काठमाडौं खाल्डोमा वर्षौ दुःख गर्दा सुखका पाउने सपना पूरा भएनन् । त्यसपछि दुईजनाले दुईटा बाटो समाए । श्रीमान् मलेसिया लागे । निर्मला चाहिँ एकखालको संर्घष काठमाडौंमा बिसाएर सर्लाही मै फर्किनुभयो ।

काठमाडौंबाट घर फर्किएपछि उहाँले पुरानै काम गलैचा बुन्न थाल्नुभयो । गलैँचा बुन्दा धेरै दुःख हुने तर कमाई थोरै हुने भएपछि उहाँले यो काम पनि छाड्नुभयो ।

 झण्डै तीन महिना अघि गाउँमा परदेशीका परिवारलाई वित्तीय साक्षरताको कक्षाका लागि समुह बन्यो । व्यवहारिक ज्ञान पाइने, अझ खर्च घटाउने र आम्दानी बढाउने विषयमा पढाइहुन्छ भनेपछि यो कक्षामा निर्मला पनि वित्तीय साक्षरताको कक्षामा बस्न थाल्नुभयो । 

सुरक्षित आप्रवासन परियोजन (सामी)को सहयोगमा नेपाल बचत तथा ऋण सहकारी संघ नेफस्कुनले कक्षा सञ्चालन गरेपछि यो कक्षा धेरै महिलाको लागि परदेशी र घरबासीबीच बढेको शंका, खटपट र असमझदारी निको पार्ने औषधि जस्तै बन्यो । 

साक्षरता कक्षामा पैसा कमाउने, चलाउने र बढाउने तरिका सिक्न थालेपछि गीता र निर्मलाले घर भित्रै, वरपर, खेतवारी र नजिकैको बजारमा सम्भावना देख्न थाले । चुनौतीहरु बुझ्न थाले र कमाउने काममा हात हाले । अहिले त उनीहरु आत्मनिर्भर बनेका छन् । 

दुईचार वर्ष परिवारसँग टाढा बसेर कमाउने र फर्किएपछि सँगै रमाउने सपनाका भारी बोकेर उनीहरुका श्रीमान् अहिले पनि विदेशमा दुःख गरिरहेका छन् । अनि आर्थिक अवस्था सुधार्ने सपना पूरा गर्न गीता र निर्मला जस्ता धेरै महिला आफ्नै गाउँमा पैसा फलाउन र बढाउन थालेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाग्रीहरु

सबै हेर्नुहोस

विशेष

समाचार

पछिल्ला समाचारहरु
Notice, Press Release

मेरो कथा मेरो भोगाई थप सामाग्रीहरु

Download
Mobile App

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस