MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । बिदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । बैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा बिदेशमा रहेका नेपालीको संख्या आज ४० लाख पुगेको छ । अथवा देशको १५ प्रतिशत भन्दा ठूलो जनसंख्या नेपाल बाहिर छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति बैदेशिक रोजगारीका सिलसिलामा बिदेश पुगेको छ ।     देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका ४० लाख भन्दा धेरै नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । बिदेशमा काम गर्न जाने र बिदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईको साथ र सहयोगमा बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाइका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देशपरदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईलाई हार्दिक स्वागत छ ! 

  • 17 Jan, 2017

    ​देश परदेश अंक २३८

    कार्यक्रम देश परदेशको अंक २३८

  • 10 Jan, 2017

    ​देश परदेश अंक २३७

    कार्यक्रम देश परदेशको अंक २३७ विदेशबाट आउने पैसाको हिसाव किताव राख्ने र कसरी सही सदुपयोग गर्ने भन्ने विषयमा केन्द्रीत छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र सामी परियोजनाको सहयोगमा खोटाङ, रामेछाप, सर्लाही, धनुषा, नवलपरासी र कैलालीमा वित्तिय साक्षरता कक्षा सञ्चालन भैरहेको छ । कक्षामा वैदेशिक रोजगारमा गएका परिवारका आमा वा श्रीमती सहभागी हुन्छन् । कक्षामा सहभागी भएपछि उनीहरुलाई वित्तीय व्यवस्थापनमा के सहयोग पुग्छ त ? छलफलमा सहभागीका कुरा समेटिएको सुन्न सकिन्छ । अनि, विदेशको कमाई घरमा हुनेले जथाभावी खर्च गर्दा आइपर्ने समस्याका विषय समेटिएको सामग्री र परदेशको कमाईलाई कसरी सदुपयोग गर्ने र सुदपायेग गर्दा हुने फाइदाका विषयमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का कार्यकारी प्रमुख शिवजी सापकोटासितको कुराकानी पनि समेटिएको छ । सधैंजस्तै, वैदेशिक रोजगारसम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछन् । 

  • 03 Jan, 2017

    देश परदेश अंक २३६

    कार्यक्रम देश परदेशको अंक २३६ विदेश जाने आउनेबिचको फेरिएका सञ्चारशैली, प्रविधी र लगानी गर्ने तरिकामा केन्द्रित छ । परदेश र गाउँमा बस्नेहरुबिच हुलाकमार्फत चिठीपत्रमा खबर आदानप्रदान गर्ने चलन त्यति पुरानो भएको छैन् । हिजोआज भने इमेल इन्टरनेटमा खबर साटासाट हुन थालेका छन् । चिठीपत्र हुँदै अहिलेको नयाँ प्रविधीमा पनि भिजेका परदेशीका अनुभव कार्यक्रममा लिएर आएका छौं । अनि, परदेशमा पैसाको कारोबारमा गर्न फेरिएको चलन र स्वदेशमा फरक क्षेत्रमा हुन थालेको लगानीबारेका सामग्री पनि कार्यक्रममा समेटिएको छ । सधैंजस्तै, वैदेशिक रोजगारसम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

     

  • 27 Dec, 2016

    देश परदेशक अंक २३५

    कार्यक्रम देश परदेशको अंक २३५ छिमेकी मुलुकहरु भारत र चीनमा पुगेर काम गर्ने नेपाली कामदारका विषयमा केन्द्रित छ । सुदुर तथा मध्यपश्चिममा भारतको रोजगारीले पारेको प्रभावबारेका सामग्री कार्यक्रममा सुन्न सकिन्छ । भारतसँगै आजकाल धेरै नेपाली चीनको तिब्बतमा काम गर्न जान्छन् । चीनमा नेपालीले के कस्ता काम गर्छन् र चीन जाने युवाले नेपाली समाजमा के कस्तो प्रभाव पारेका छन् भन्ने विषयमा तयार पारिएको सामग्री पनि कार्यक्रममा समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगारसम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 20 Dec, 2016

    देश परदेश अंक २३४

    कार्यक्रम देश परदेशको अंक २३४ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भ पारेर वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका मुख्य मुद्दाहरुलाई गरिएको समिक्षामा केन्द्रित छ । कार्यक्रममा फ्रि भिसा फ्रि टिकट कार्यान्वयनमा देखिएका समस्या, विदेशमा नेपाली कामदारले खेप्ने हण्डर, उतै अंगभंग तथा ज्यान गुमाउनुपर्ने अवस्थाका बारेमा चर्चा गरिएको छ । यी विषयमा तयार गरिएका रिपोर्ट र अन्तर्वार्ता कार्यक्रममा सुन्नुहुनेछ । त्यस्तै, बंगलादेशको ढाकामा सम्पन्न विश्व आप्रवासन तथा विकास सम्मेलन (जिएफएमडी)मा भएका छलफलबारे अधिकारकर्मी निलाम्बर बडालसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

     

  • 13 Dec, 2016

    देश परदेश अंक २३३

    आजको देश परदेश कार्यक्रम खाडीको देश कतारले कफाला प्रणाली अन्र्तगत रहेका नियम कानूनमा गरेको परिवर्तन र त्यसबाट नेपाली कामदारलाई हुने फाइदाका विषयमा केन्द्रित छ । नियम परिवर्तन गर्नुका कारण र फेरिएका नियम कानुनबारे राष्ट्रिय मानव अधिकार समिती कतारका नेपाली प्रतिनिधि एवं अरबी कानुनका अनुवादक प्रोफेसर रमजान अलि मियासित कुराकानी गर्ने तयारीमा छौं, नयाँ नियम आइसकेपछि नेपाली कामदारका अपेक्षाबारे कतारका उज्यालो सहकर्मी महेश्वर नेपाल र कतारमा नै बसरेर आपतमा परेका नेपाली कामदारलाई सहयोग गरिरहेका प्रवासी नेपाली समन्वय समिती (पिएससिसी)का प्रतिनिधी अभिमानसिंह लामाका कुराकानी साथै लेवनान अध्यागमनद्वारा यसै हप्ता देश निकाला गरिएकी नारी ग्रुप लेवनानकी अध्यक्ष एवं अधिकारकर्मी सुजना रानासित कुराकानी पनि कार्यक्रममा लिएर आएका छौं

  • 06 Dec, 2016

    ​देश परदेश अंक २३२

    कार्यक्रम देश परदेशको अंक २३२ परम्परागत सिप र आधुनिक बजारमा केन्द्रित छ । परम्परागत सिप लगाएर गरिने केही उत्पादनले देशभीत्रै मनग्य बजार पाएका छन् । त्यसरी व्यावसायीक बनेका केही उद्यमशील युवाका अनुभव कार्यक्रम सुन्न सकिन्छ । इलाममा ललीपप फ्याक्ट्री खोलेकी दिपा गुरुङ र रसुवामा माछापालन गरिरहेका पदम रुम्बाका व्यावसायीक अनुभव कार्यक्रममा समेटिएको छ । अनि, काठमाडौंमा स्वेटर उद्योग सञ्चालन गरिरहेका झापा चन्द्रगढीका कुमार तिमल्सिना र नेपालमा जुत्ता उत्पादन तथा बजारका विषयमा व्यवसायी योगेन्द्र पाण्डेसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै वैदेशिक रोजगारसम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • नमस्कार !

    पठाउनेः हेमन्त कुमार आले मगर / साउदी अरब पाउनेः घर परिबार/ राजंघाट गाबिस वडा नं ८, सर्लाहि

  • शुभ विजया दशमी २०७३ सालको शुभकामना !

    पठाउनेः मातृका चाम्लिङ /मलेसिया पाउनेः बुबा,ममि ,भाइ /खोटाङ च्यास्मिटार

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।    

    बिष्णु धिताल/ गोर्खा (हाल मलेसिया)
  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)
  • विदेश जाने सोच्नु भएका साथिहरु कृपया कुनै पनि देश जानु भन्दा अगाडी त्यस देशको रहनसहन, भेषभुषा, धर्म, भाषा, वातावरण र काम गर्न जान लागेको कम्पनी नयाँ होकी पुरानो ! यस्ता कुरा राम्ररी बुझ्नुहोला। यदि नयाँ कम्पनी हो भने कामदार कति छन त्यस्ता कुरा पनि ध्यान दिनु पर्छ। विदेशीएका मध्य धेरैले भनेको काम नपाउनु, भने जति पैसा नपाउने भनेका यस्तै नयाँ कम्पनीहरु हुन। त्यसैले जसरी विदेश जान गाह्रो छ, त्यसको दश गुणा स्वदेश फर्कन छ। त्यसैले यदि जानु हुन्छ भने शाहस बोकेर जानुहोला। जस्तो सुकै काम गर्न सक्छु भन्न सक्ने मात्र जानु होला। विदेशमा सजिलो काम भन्ने हुदैन। अत्यन्तै गाह्रो हुन्छ। गए पछि तुरुन्त फर्कन सकिन्न। यदि फर्किहाले पनि लगानी डुब्छ। बरु त्यो लगानी नेपालमा गर्नुहोस। त्यहि लाभदायक हुनेछ। 

    हरि थापा/ भेड्पु दोलखा (हाल मलेसिया)
  • समस्या त धेरै छन् तर समस्यामध्ये मुल समस्या भनेको यो परदेशमा समयमा तलब नपाउने तलब पाए पनि आफूले गरेको कामको पुरा नपाउने।  साथै कामदारको लागि कम्पनीले दिने खाना अनि बस्ने ठाँउ राम्रो नहुनु। अनि मेरो आफ्नै अनुभवमा भन्नु पर्दा अर्को समस्या हामी आफैमा पनि हुन्छ। जस्तै कि आउने देशको भाषा, नियम कानुन, कामको बारेमा राम्रो जानकारी नहुनु। त्यसैले वैदेशिक रोजगारीमा आउनु भन्दा पहिला आफू जाने देशको बारेमा केही न केही जानकारीहरु हुनै पर्ने रैछ।

    राज कुमार तामाङ /अबुधाबी,युएई
सबै हेर्नुहोस
Mobile App