MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । बिदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । बैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा बिदेशमा रहेका नेपालीको संख्या आज ४० लाख पुगेको छ । अथवा देशको १५ प्रतिशत भन्दा ठूलो जनसंख्या नेपाल बाहिर छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति बैदेशिक रोजगारीका सिलसिलामा बिदेश पुगेको छ ।     देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका ४० लाख भन्दा धेरै नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । बिदेशमा काम गर्न जाने र बिदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईको साथ र सहयोगमा बैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाइका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देशपरदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईलाई हार्दिक स्वागत छ ! 

  • 23 May, 2017

    देश परदेशक अंक २५६

    कार्यक्रम देश परदेशको अंक २५६ विदेशमा अंगभंग भएर लामो समयसम्म उपचार गर्नुपर्ने र औषधि खानु पर्नेहरु कपिलवस्तुका निरञ्जन थारु र मोरङका प्रकाश राईका कुरा लिएर आएका छौं । आर्थिक सहायता पाएका र नपाएकाको परिवारले कसरी घरव्यवहारका साथै उपचार खर्च जुटाउँदै छन् भन्ने कुरा पनि कार्यक्रममा समेटिएका छन् । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, राउण्ड अप, दिदीबहिनीका कुरा, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव कार्यक्रममा रहनेछ । 

  • 16 May, 2017

    ​देश परदेश अंक २५५

    कार्यक्रम देश परदेशको अंक २५५ वैदेशिक रोजगार ऐन, २०६४ संसोधन भइ रहेको विषयमा केन्द्रित छ । एक वर्ष भन्दा अघि देखि नै संसोधन गर्न थालिए पनि अहिलेसम्म पनि ऐनको मस्यौदा पूरा हुन बाँकी छ । ऐन संसोधन गर्नका लागि गठन गरिएको पहिलो कार्यदलले प्रारम्भिक मस्यौदा तयार गरेर बुझाए पनि त्यै कार्यदलका सदस्यहरु मस्यौदाको पक्ष र विपक्षमा छन् । पक्ष र विपक्षमा रहेका म्यानपावर व्यवसायी, नागरिक समाज र मजदुर संगठनका प्रतिनिधिका कुरा कार्यक्रममा सुन्न सकिन्छ । अनि, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मस्यौदामाथि छलफल अघि बढाउन र ऐन चाँडै लागु गर्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको बारे समितिका सभापति प्रभु साहसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, दिदीबहिनीका कुरा, राउण्ड अप, प्रश्नोत्तर र तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव समेटिएको छ । 

  • 09 May, 2017

    ​देश परदेश अंक २५४

    कार्यक्रम देश परदेशको अंक २५४ वैदेशिक रोजगार र संघीय संरचनाका कुरामा केन्द्रित छ । संघीय संरचनामा बैदेशिक रोजगार सम्बन्धी काम गर्न वैदेशिक रोजगार विभाग र म्यानपावर व्यवसायीले के कस्ता तयारी गर्दैछन् भन्नेबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ र वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । अनि, स्थानीय तहदेखि नै वैदेशिक रोजगारी सम्बन्धी काम गर्न राजनीतिक दलहरुले के कस्ता घोषणा गरेका छन् भन्नेबारे संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितीका सभापति समेत रहेका माओवादी केन्द्रका नेता प्रभु साह र नेकपा एमालेकी नेतृ तथा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितीकी सदस्य पेम्बा लामासित गरिएको कुराकानी सुन्न सकिन्छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर, राउण्ड अप, दिदीबहिनीका कुरा र तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव कार्यक्रममा समेटिएका छन् । 

  • 02 May, 2017

    देश परदेश अंक २५३

    कार्यक्रम देश परदेशको २ सय ५३ औं अंक वैदेशिक रोजगारीमा गएकाले तीन महिनाको अवधिभित्र बीमा नविकरण नगरेको भए पनि क्षतिपूर्ति पाउने नयाँ व्यवस्थाका विषयमा केन्द्रित छ । बीमा नविकरण नभएकाले  पाउने क्षतिपूर्ति दिने काममा भइरहेका प्रगति र प्रक्रियाबारे बीमा समितिका निर्देशक श्रीमान् कार्की र प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ सुशिल ढुंगेलसित कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो जिज्ञासा, सल्लाह सुझाव समेटिएको छ । 

  • 25 Apr, 2017

    देश परदेश अंक २५२

    कार्यक्रम देश परदेशको अंक २५२ भूँइचालोको विपत पछि परदेशीका परिवारको अवस्था कस्तो छ भन्नेमा केन्द्रित छ । भुँइचालोबाट अतिप्रभावित जिल्ला सिन्धुपाल्चोकमा भूकम्पले भत्काएको घर बनाउन परदेशिएका तर अझै घर बनाउन नसकेका, सरकारको मुख नताकी घर बनाइरहेका मानिसहरुको कुरा कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो जिज्ञासा, सल्लाह सुझाव समेटिएको छ । 

  • 18 Apr, 2017

    ​देश परदेश अंक २५१

    कार्यक्रम देश परदेशको अंक २५१ फ्रि भिसा, फ्रि टिकट किन कार्यान्वयन हुन सकेन भन्ने विषयको सेरोफेरोमा केन्द्रित छ । कार्यान्वयन गर्न समस्या भए सबैलाई मान्य हुने गरी किन निकास नखोज्ने भन्ने विषयको सेरोफेरोमा रहेर तयार पारिएको सामग्री कार्यक्रममा समेटिएका छन् । कामदारमाथि भइरहेको ठगी कम गर्न विकल्प के के हुन सक्छन भन्ने विषयमा एसियन फोरमका कार्यक्रम संयोजक निलाम्बर बडाल र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमुद खनालसित गरिएको छलफल कार्यक्रममा सुन्नु हुनेछ । त्यस्तै, फ्रि भिसा फ्रि टिकटमा नेपाली युवालाई कसरी विदेश पठाउन सकिएला भन्ने विषयमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिकी सदस्य पेम्बा लामासित गरिएको कुराकानी सुन्न सकिन्छ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा फ्रि भिसा फ्रि टिकटका नाममा खाडीका देशहरुमा बेचिएकी एक महिलाको अनुभव प्रस्तुत गरिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 11 Apr, 2017

    देश परदेश अंक २५०

    कार्यक्रम देश परदेशको अंक २५० स्वास्थ्य परीक्षणका नाममा भइरहेको आर्थिक राजनीतिका विषयमा केन्द्रित छ । स्वास्थ्य परीक्षणका नाममा भइरहेका आर्थिक राजनीतिका विषयमा तयार पारिएको सामग्री कार्यक्रममा सुन्न सकिन्छ । अनि, विदेश जाँदा गरिने स्वास्थ्य परीक्षणको खर्चले नेपालका सरकारी अस्पतालमा के के जाँच गर्न सकिन्छ भन्ने सामग्री पनि कार्यक्रममा सुन्नु हुनेछ । देशमा भैरहेका महत्वपूर्ण गतिविधी समेटिएको ‘राउण्ड अप’ कार्यक्रम र नियमित स्तम्भहरु त छँदैछन् । दिदीबहिनीका कुरामा मलेसियाबाट मेडिकल अनफिट भएर फर्किएकी एकजना महिलाको अनुभव, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव समेटिएको छ । 

     

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • अबिरल सम्झनाका लहर ।

    पठाउनेः बिकाश कटवाल / साउदिअरब पाउनेः बुबाममि / कटारि नगरपालिका १२ उदयपुर

  • परदेशिको मीठो मीठो माया ।

    पठाउनेः ज्ञान प्रसाद बराल / साउदि अरब (जिजान) पाउनेः अप्सरा / दुधौलि १ -सुगारे , सिन्धुली

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • नेपालबाट नयाँ आउने कामदारहरुलाई कामकोबारे साधारण ज्ञान सम्म नहुनु अनि पुरानाले पनि वास्ता नगर्नु, सानो सानो कुरामा रिस देखाउनु, कुरा नबुझी निष्कर्श निकाल्नु, क्यान्सल जान्छु भन्नु, जिम्मेवारीको वोध नहुनु, झै-झगडा, रक्सि, तास र पर स्त्रिसँग सम्बन्ध बढाउनु आदिले गर्दा सबै नेपाली कामदारमाथि नै प्रश्न चिन्न उठ्ने गर्दछ।

    धन बहादुर बुढाथोकी/ कतार
  • नेपालमा त सरकार नै छैन भन्दानि हुन्छ। यदि भएको भए त म्यानपावरका दलालहरुले किन मनपरी गर्थे र ? जवकी खाडी मुलुकमा जानको लागी फ्री भिसा फ्री टिकट अनि जम्मा दश हजार रुपैयाँ तोकेकोमा मान्छे बेच्न पल्केका दलालहरुले खाडी मुलुक अन्तरगत संयुक्त अरब इमिरेट्स अबुधाबिको पि.एस.बि.डी.सेक्युरिटी गार्डको लागी ४ लाख ५० हजार रुपैयाँ लिरहेकाछ्न्। यो सरासर सरकारको आँखामा छारो हालेको भएन र ? यदि हाम्रो देशमा सरकार छ भने अबिलम्व त्यस्ता म्यानपावर भनाउँदा दलालहरु उपर छानबिन गरी कार्वाही होस्।

    देब सल्यानी देबु
  • मरुभुमिको यो तातो घाममा दिनभरी गैती र बेल्चा हान्नुपर्छ। न त भने जस्तो खान पाइन्छ न थकाइ लाग्यो भनेर थकाइ नै मार्न पाइन्छ। खाना पनि बासिभात खानुपर्छ। नत राख्ने ठाउँ छ ल्याएर एउटा खजुरको बोट मुनि राखेर काम थाल्नुपर्छ। भरे खाने बेलामा त्यो तातो घामले गजज्ज पानी आइराखेको हुन्छ। बाध्यता, त्यसैलाइ पानी हालेर पखालेर खानुको बिकल्प अरु केनै छ  र? खुन र पसिनामा निथ्रुक्क भिजेर यो दुःखी जीवन यस्तै छ। यस्तो परिश्रम गर्ने हो भने त हाम्रो देशमा सुन फलाइन्छ। जय मार्तीभुमी। 

    दोहा, कतार
  • म युरोपको इटली आएको चार बर्ष भयो। सोचे जस्तो काम नपाएर बाच्नै मुश्किल भइरहेको छ। बस्न खान मात्रै नेपाली ४०-४५ हजार लाग्छ।  अहिले आएर लाग्छ कि नेपालमै मेहनेत गर्दा हुने थियो बरु। के गर्नु विदेशको जिन्दगी। युरोपमा त सजिलै पैसा कमाउन सकिन्छ भन्ने सोचेको थिए।

    किरण थापा /इटहरी (हाल इटली)
सबै हेर्नुहोस
Mobile App