MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 03 Oct, 2017

    ​देश परदेश अंक २७५

    कार्यक्रम देश परदेशको अंक २७५ वित्तीय साक्षरता र यसको प्रभावकारिताको विषयमा केन्द्रित छ । यसै विषयमा वित्तीय साक्षरता विज्ञ विनोद अधिकारीसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । वित्तीय साक्षरतापछि कैलालीका महिलाको फेरिएको जीवनशैलीका विषयमा तयार पारिएको सामग्री कार्यक्रममा समेटिएको छ । त्यस्तै, नियमित स्तम्भ दिदीबहिनीका कुरामा पैसाको हरहिसाब राख्ने रामेछापका महिलाको बानीले परदेशी र घरबासी बीचको अविश्वास कसरी घटाउँदैछ भन्ने विषयमा तयार पारिएको सामग्री सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर, राउण्ड अप र तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 26 Sep, 2017

    ​देश परदेश अंक २७४

    कार्यक्रम देश परदेशको अंक २७४ क्रम दसैँ, दसैँसित जोडिएका परदेशी र उनीहरुका परिवारका कुरामा केन्द्रित छ । दसैँको अवसर पारी छुट्टि लिएर विदेशबाट फर्केकाहरुको कुरा कार्यक्रममा सुन्न सकिन्छ । युएई, कतारलगायतका देशमा किन दसैँ मनाइन्न भन्ने सामग्रीसँगै नियमित स्तम्भ दिदीबहिनीका कुरामा दसैँ मान्न गाउँ फर्कन नपाएकाहरुको आमाका अनुभव सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर, राउण्ड अपका साथै तपाई्रंको गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 
     

  • 19 Sep, 2017

    देश परदेश अंक २७३

    कार्यक्रम देश परदेशको अंक २७३ विदेशका अस्पतालमा रहेका नेपाली कामदारको विषयमा केन्द्रित छ । रोजगारीका लागि पुगेका धेरै देशका अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका नेपाली भेटिन्छन् । युएईको अस्पतालमा रहेका नेपाली कामदारको अवस्था समेटिएको रिपोर्ट समेटिएको छ । अनि, यस्ता नेपालीलाई सरकारले के सहयोग गर्छ त ? श्रम तथा रोजगार मन्त्री फरमुल्ला मंसुर र वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानासितको कुराकानी सुन्न सकिन्छ । दिदीबहिनीका कुरामा स्वास्थ्यले साथ नदिएपछि विदेशबाट फर्किएकी सुनसरीकी गिता गुरुङका अनुभव समेटिएको छ भने, सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर, राउण्ड अप र तपाईंका गुनासा, जिज्ञासा, सल्लाह सुझाव समेटिएको छ ।

     

  • 12 Sep, 2017

    देश परदेश अंक २७२

    कार्यक्रम देश परदेशको अंक २७२ विदेशका जेलमा रहेका नेपाली कामदारको अवस्थाको विषयमा केन्द्रित छ । विदेशका जेलमा कति नेपाली छन्, उनीहरुलाई नेपाल फर्काउन के कस्ता प्रयास भइरहेका छन् भन्नेबारे श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र रोजगारविज्ञ सुशील ढुंगानासित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । अनि, युएईका जेलमा रहेका नेपाली कामदारको अवस्थाबारेको रिपोर्ट र दिदीबहिनीका कुरामा ओमानमा बेचिएकी पाल्पाकी चोनीसरा सारुका अनुभव सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।

     

  • 05 Sep, 2017

    देश परदेश अंक २७१

    कार्यक्रम देश परदेशको अंक २७१ वैदेशिक रोजगारीका कारण महिलालाई पर्ने पारिवारिक र सामाजिक अप्ठेराका विषयमा केन्द्रित छ । विदेशमा रोजगारी गरेर फर्केकै कारण पारिवारिक एवं सामाजिक अप्ठेरा भोगिरहेका महिलाहरुका अनुभव समेटिएको सामग्री कार्यक्रममा सुन्न सकिन्छ । त्यस्तै, वैदेशिक रोजगारीले फेरिएका महिलाको भूमिकाबारे मानवशास्त्री डा. जनक राई र समाजमा भएका महिलामाथि हुने नकारात्मक व्यवहार हटाउन कसले के गर्नुपर्ला भन्ने विषयमा वैदेशिक रोजगारीका क्षेत्रमा कार्यरत सामाजिक कार्यकर्ता रिना झासित गरिएको कुराकानी कार्यक्रममा सुन्नु हुनेछ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै जिज्ञासा, गुनासो, सल्लाह सुझाव रहनेछ ।

     

  • 29 Aug, 2017

    ​देश परदेश अंक २७०

    कार्यक्रम देश परदेशको अंक २७० वैदेशिक रोजगारीका कारण देशमा बढ्दै गएको एक प्रकारको मानसिक रोग अर्थात डिप्रेसनका विषयमा केन्द्रित छ । डिप्रेसन अथवा, बाहिर केही नदेखिए पनि भित्र भित्र मन खाने रोगले आज धेरै नेपालीलाई सताएको छ । वैदेशिक रोजगारीका कारण हुने डिप्रेसनका विषयमा एकजना मनोपरामर्शकर्ता दुर्गाप्रसाद भट्टराई र डिप्रेसनबाट कसरी जोगिने भन्ने विषयमा मनोविद् करुणा कुँवरसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । अनि, नियमित स्तम्भ दिदीबहिनीका कुरामा मलेसियाबाट मानसिक समस्या परेर फर्किएका सप्तरीका मनोजकुमार मण्डलकी आमा दुखनीदेवी यादवका कुरा सुन्नुहुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा छँदा बिरामी भएर कोमामा पुगेकी खोटाङकी देवी लामाका श्रीमानसित कुराकानी गरेर तयार पारिएको सामग्री पनि कार्यक्रममा समेटिएको छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।  

  • 22 Aug, 2017

    देश परदेश अंक २६९

    कार्यक्रम देश परदेशको अंक २६९ रोजगारीका लागि विदेशमा रहेका युवालाई आउँदो प्रदेश र संघीय चुनावमा कसरी सहभागी गराउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ। विदेशमा भएका युवालाई देशमा हुने चुनावमा सहभागी गराउन अहिले के कस्ता तयारी चल्दैछन् भन्ने विषयमा निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मासित र प्रवासमा रहेका नागरिकको मताधिकार सुरक्षित गर्न अरु देशले के बन्दोबस्त गरेका छन् भन्ने विषयमा निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ। नियमित स्तम्भ दिदीबहिनीका कुरामा लामो समयदेखि कतारमा हराइरहेका बुवाको खोजी गरिरहेका भोजपुरकी निर्मला राईका कुरा सुन्न सकिन्छ। सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ। 

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • नमस्कार!

    पठाउनेः प्रेम श्रेष्ठ / बहराइन पाउनेः आमा-बुवा / नेत्रकाली गा.बि.स वडा नम्बर ६, सिन्धुली

  • तिजको सम्पूर्ण दिदीबहिनीहरुलाई म परदेशिको मँगलमय शुभकामना।

    पठाउनेः ज्ञान प्रसाद बराल / साउदी अरब (जिजान) पाउनेः तुलसा बराल / दुधौलि नगरपालिका -१, सुगारे, सिन्धुली

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

    नबीन अधिकारी / युएई
  • मैले CTEVT बाट इलेक्ट्रोनिक तालिम लिएको छुँ। मैले भोगेको र दखेको सरकारले तालिम दिन्छ तर नेपालमा काम नै पाइदैन। अगाडि लागेका ठेकेदारले आ-आफ्ना ब्याकतिलाई काममा लगाउछन। कतै काम पाए पनि हामिलाई सम्झौता अनुसारको तलब दिदैनन्। त्यसैले हामि जस्ता गरिब कामदारले विदेशिनु पर्छ।

    मनराज बोगटी / कुच्चि, कालिकास्थान, अछाम
  • वैदेशिक रोजगारीमा सरकार आफैले आफ्नै निगरानीमा पठाउनु पर्छ, त्यो भन्दा पहिला सरकारलाई सम्पूर्ण जानाकारी प्रशासनिक रुपमा सम्बन्धित दूतावासले गर्नुपर्छ र बढिमा २ महिनाको कमाइ सरकारले आफैले राख्नुपर्दछ। रेमिट्यान्समा चलेको देशले यति कदम चाल्न मिल्छ कि नाई? म्यानपावरले गर्ने नै ठगी हो, सबै सचेत होउँ। सबै म्यानपावर सरकारको मापदण्ड र नियमसँग चल्ने हुनुपर्दछ, ब्याक्तिगत हावी कत्ती हुनुहुन्न।  

    किरण ढुङ्गाना / युएई
  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
सबै हेर्नुहोस
Mobile App