MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 15 Aug, 2017

    देश परदेश अंक २६८

    कार्यक्रम देश परदेशको अंक २६८ विदेशमा आफन्त हराएका परिवारका कुरा र विदेशमा सम्पर्कविहीन भएर फर्किएकाको अनुभवमा केन्द्रित छ । विदेशमा सम्पर्कविहिन कैलालीका बाधुराम चौधरी र धनराज डगौराको परिवारका कुरा कार्यक्रममा सुन्नु हुनेछ । विदेश छँदा परिवारसँग सम्पर्क नगरी बस्नुको कारणबारे राजमती रानाका अनुभव र विदेशमा सम्र्पकविहीन भएकाहरुलाई कसरी खोजिन्छ भन्नेबारेको सामग्री कार्यक्रममा सुन्न सकिन्छ । त्यस्तै, देश परदेश कार्यक्रम निर्माणका लागि सल्लाह, सुझाव र मार्गदर्शन गर्ने ‘कन्टेण्ट एड्भाइजरी टिम’का एक जना सदस्य कुलप्रसाद कार्कीको सम्बोधन ‘अनुभव र सुझाव’ शीर्षकमा आजको कार्यक्रममा समेटिएको छ । सधैंजस्तै, राउण्ड अप, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 08 Aug, 2017

    ​देश परदेश अंक २६७

    कार्यक्रम देश परदेशको अंक २६७ वैदेशिक रोजगारीमा भएका कामदारका परिवारले पाउने उपचार खर्चका विषयमा केन्द्रित छ । विदेशमा भएका युवाको परिवारका कोही सदस्य बिरामी परे वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले ५० हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउँछ । यस विषयमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसित गरिएको कुराकानी कार्यक्रममा सुन्नुहुनेछ । अनि, विदेशबाट बिरामी भइ फर्केकाले पाएको सहयोगबारेको रिपोर्टका साथै विदेशबाट अंगभंग र बिरामी भइ फर्केकालाई सरकारी तथा निजी अस्पतालहरुले गर्ने सहयोगका विषयमा तयार पारिएको सामग्री कार्यक्रममा सुन्नु हुनेछ । आजको दिदीबहिनीका कुरामा चर्पी बनाउँदा लागेको ऋण तिर्न युएई पुगेकी सर्लाहीकी जनातुन खातुनका कुरा समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 01 Aug, 2017

    देश परदेश अंक २६६

    कार्यक्रम देश परदेशको अंक २६६ अवैधानिक बाटो हुँदै विदेश गएर समस्यामा परी उद्दार गरिएका महिलाका विषयमा केन्द्रित छ । घरेलु कामका लागि खाडीका देशहरुमा पुगेर फर्किएका महिला र तिनका परिवारलाई धादिङ र सुनसरीमा भेटेर तयार पारिएका सामग्री कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर, राउण्ड अप र तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 25 Jul, 2017

    ​देश परदेश अंक २६५

    कार्यक्रम देश परदेशको अंक २६५ वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीका विषयमा केन्द्रित छ । मानव बेचविखन र ओसापसारजस्ता अपराध हिजोआज वैदेशिक रोजगारीसँग जोडिन थालेका छन् । तस्करी हुनबाट कसरी जोगिने भन्ने विषयमा आप्रवासी महिला कामदार समुह (आमकास)की अध्यक्ष विजया राई श्रेष्ठ र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी शेरबहादुर बस्नेतसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । त्यस्तै, युरोप जाने लोभमा दुवई पुगेर फर्किएका चित्रबहादुर थापा मगरका अनुभव पनि कार्यक्रममा सुन्नु हुनेछ । दिदीबहिनीका कुरामा कुवेतमा मृत्युदण्ड हुनबाट जोगिएर फर्केकी डोल्मा शेर्पाका जेल अनुभव समेटिएको छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर, राउण्ड अपका साथै तपाईंको गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।  

  • 18 Jul, 2017

    ​देश परदेश अंक २६४

    कार्यक्रम देश परदेशको अंक २६४ नेपाली महिला कामदारलाई घरेलु काममा विदेश जान रोक लागेपछि महिलाले पुरुष सरह विदेशमा गएर काम गर्न किन नपाउने भन्ने र काम गर्न गएका महिलाको सुरक्षाको ग्यारेण्टी कसरी गर्ने भन्ने विषयमा महिनौं देखि भइरहेको बहसमा केन्द्रित छ । यस विषयमा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेल र स्वतन्त्रता अभियानकी कार्यालय प्रमुख ऋतु भट्ट राईसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । लेवनानमा घरेलु काम गरेर बिदामा आएकी र फेरि जान खोज्दा नपाएकी महिलाका कुरा पनि कार्यक्रममा सुन्नु हुनेछ । यो अंकमा ‘कन्टेण्ट एड्भाइजरी टिम’का एक जना सदस्य विष्णु खत्रीका विचार पनि अनुभव र सुझाव शीर्षकमा समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर, राउण्ड अपका साथै तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 11 Jul, 2017

    देश परदेश अंक २६३

    कार्यक्रम देश परदेशको अंक २६३ वैदेशिक रोजगार विभागमा हुने मेलमिलापका विषयमा केन्द्रित छ । वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्ने पीडित र ठगी गर्ने पिडकबिच विभागले मध्यस्थता गरेर मेलमिलाप गराउँछ । म्यानपावरविरुद्ध उजुरी लिएर विभाग पुगेका पीडित र म्यानपावर कम्पनीका प्रतिनिधिका कुरा कार्यक्रममा सुन्नु हुनेछ । त्यस्तै, विभागको मेलमिलाप समितिका संयोजक नारायणप्रसाद आचार्य र म्यानपावर व्यवसायीका प्रतिनिधी कुमुद खनालसित गरिएको कुराकानी पनि कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर, दिदीबहिनीका कुरा, राउण्ड अपका साथै तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव समेटिएको छ । 

     

  • 04 Jul, 2017

    देश परदेश अंक २६२

    कार्यक्रम देश परदेशको अंक २६२ विदेशमा हराइरहेकाको हालखबर बुझ्न कसरी सकिएला भन्ने विषयमा केन्द्रित छ । विदेश जानेको संख्या बढेसँगै उतै बस्ने, आफुखुशी वा परिबन्धमा परेर परिवारको सम्पर्कमा आउन नसकेका नेपाली युवाको संख्या पनि बढिरहेको छ । इमेल इन्टरनेटका कारण हिजोआज घरैमा बसेर विदेशमा सम्पर्कविहिन भएकाहरुको अवस्था पत्ता लगाउन सकिन्छ । विदेशमा हराएकालाई खोज्न सघाउने सरकारी निकाय कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीसँग गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । त्यस्तै, विदेशमा रहेका नेपाली दूतावास र संघसंस्थाका प्रतिनिधिहरुसित गरिएको कुराकानीमा आधारित सामग्री पनि कार्यक्रममा सुन्नुहुनेछ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधी, प्रश्नोत्तर, दिदीबहिनीका कुरा, राउण्ड अपका साथै तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।  

     

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • नमस्कार!

    पठाउनेः प्रेम श्रेष्ठ / बहराइन पाउनेः आमा-बुवा / नेत्रकाली गा.बि.स वडा नम्बर ६, सिन्धुली

  • तिजको सम्पूर्ण दिदीबहिनीहरुलाई म परदेशिको मँगलमय शुभकामना।

    पठाउनेः ज्ञान प्रसाद बराल / साउदी अरब (जिजान) पाउनेः तुलसा बराल / दुधौलि नगरपालिका -१, सुगारे, सिन्धुली

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

    नबीन अधिकारी / युएई
  • मैले CTEVT बाट इलेक्ट्रोनिक तालिम लिएको छुँ। मैले भोगेको र दखेको सरकारले तालिम दिन्छ तर नेपालमा काम नै पाइदैन। अगाडि लागेका ठेकेदारले आ-आफ्ना ब्याकतिलाई काममा लगाउछन। कतै काम पाए पनि हामिलाई सम्झौता अनुसारको तलब दिदैनन्। त्यसैले हामि जस्ता गरिब कामदारले विदेशिनु पर्छ।

    मनराज बोगटी / कुच्चि, कालिकास्थान, अछाम
  • वैदेशिक रोजगारीमा सरकार आफैले आफ्नै निगरानीमा पठाउनु पर्छ, त्यो भन्दा पहिला सरकारलाई सम्पूर्ण जानाकारी प्रशासनिक रुपमा सम्बन्धित दूतावासले गर्नुपर्छ र बढिमा २ महिनाको कमाइ सरकारले आफैले राख्नुपर्दछ। रेमिट्यान्समा चलेको देशले यति कदम चाल्न मिल्छ कि नाई? म्यानपावरले गर्ने नै ठगी हो, सबै सचेत होउँ। सबै म्यानपावर सरकारको मापदण्ड र नियमसँग चल्ने हुनुपर्दछ, ब्याक्तिगत हावी कत्ती हुनुहुन्न।  

    किरण ढुङ्गाना / युएई
  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
सबै हेर्नुहोस
Mobile App