MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 08 Jan, 2013

    देश परदेश अंक २८

    कार्यक्रम देश परदेशको अंक २८ बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थीत बनाउन बनाइएका ऐन, कानुन र तिनिहरुको प्रभावकारी कार्यान्यवनको अवस्थामा केन्द्रीत छ । यस कार्यक्रममा ऐनको कार्यान्वयनको अवस्था र त्यसमा समयानुकुल गरिनु पर्ने परिवर्तनका बारेमा तयार पारिएको रिपोर्ट र कामदार पठाउने अन्य देशको कानुन र बैदेशिक रोजगार ऐन, २०६४ का बीचमा भएको फरक र आवश्यक सुधारको आवश्यकताका बारेमा युथ एक्सन नेपालका कार्यकारी निर्देशक बिष्णु खत्रीसँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ । साथै कल्याणकारी कोष र त्यसबाट लिन सकिने सुविधाका बारेमा बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक टीकाप्रसाद भण्डारीसँग गरिएको कुराकानी, कल्याणकारी कोषका बारेमा बैदेशिक रोजगारमा जान ठिक्क परेकाहरुको बुझाई र सधैं जस्तै प्रश्नोत्तर र बिचार पनि कार्यक्रममा समेटिएका छन् ।
     

  • 02 Jan, 2013

    देश परदेश अंक २७

    देश परदेशको अंक २७ खाडीका केहि मुलुकमा घरेलु कामदारका रुपमा जान चाहने नेपाली महिलाका लागि तोकिएको ३० बर्षो उमेर हद र त्यसले पारेको प्रभावमा केन्द्रीत छ । खाडीका मुलुकमा घरेलु कामदारलाई शारिरीक र मानसिक हिंसा धेरै भएको निश्कर्षपछि सरकारले गत साउन २४ गतेदेखि उमेर हद तोकेको थियो । त्यसले कस्तो सकारात्मक, नकारात्मक प्रभाव पार्‍यो त - कार्यक्रम देश परदेशको अंक २७ यहि बिषयमा केन्द्रीत छ । यस कार्यक्रममा उमेर हदले पारेको अप्ठ्यारोका बारेमा महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीसँगको कुराकानी र उमेरको बन्देजका बिषयमा अधिकारकर्मीहरुको बिचार सुन्न सकिन्छ । यसैगरी उमेर हद तोकेपछिका पाँच महिनामा के परिवर्तन भयो, बन्देज खुकुलो पार्ने सरकारी योजना छ की छैन तथा बैदेशिक रोजगारमा महिलालाई नयाँ काम खोज्ने बिषयमा कुटनीतिक पहल हुँदैछ त - भनेर बैदेशिक रोजगार बिभागका महानिर्देशक पर्ूण्ाचन्द्र भट्टर्राईसँगको कुराकानी पनि कार्यक्रममा समेटिएको छ । यसैगरी घरेलु कामदारकै रुपमा यर्ुर्एइमा कार्यरत शारदा पोखरेलको बिचार, प्रश्नोत्तर र तपाईकै सुझाव पनि कार्यक्रममा समेटिएका छन् ।

  • 26 Dec, 2012

    देश परदेश अंक २६

    देश परदेशको २६ औं कार्यक्रम देशमै गर्न सकिने काम र त्यसबाट गर्न सकिने आय आर्जनमा केन्द्रीत छ । यस कार्यक्रममा सीप सिकेपछिका अवशरका बारेमा तयार पारिएको रिपोर्ट, तालिमको महत्व र त्यसले जीविकोपार्जनमा गर्ने मद्धतका बारेमा व्यवसायीक तथा सीप बिकास तालिम केन्द्रका तालिम अधिकृत भोजराज घिमिरेसँगको कुराकानी सुन्न सकिन्छ । यसैगरी जापानमा गएर अध्ययन गरेपछि नेपाल फर्केर व्यवसायीक कृषि पेशामा लागेका मोरङका मोहनमणी गौतमको अनुभव पनि कार्यक्रममा समेटिएको छ । यसैगरी साता भरीका बैदेशिक रोजगारसँग सम्वन्धीत गतिविधी र प्रश्नोत्तर पनि कार्यक्रममा समेटिएका छन् ।  
     

  • 24 Dec, 2012

    देश परदेश अंक २५

    देश परदेशको २५ औं अंक आप्रवासनमा केन्द्रीत छ । यस कार्यक्रममा अन्तराष्ट्रिय आप्रवासन दिवसका सन्दर्भमा नेपालीको आप्रवासनको फेरिएको स्वरुपका बारेमा चर्चा गरिएको छ । यस कार्यक्रममा नेपालीको आप्रवासनको ईतिहास र फेरिंदो स्वरुपका बारेमा तयार पारिएको रिपोर्ट र सुरक्षित र मर्यादित आप्रवासनका सन्दर्भमा सरकारी र गैरसरकारी संघसंस्थाको प्रयासका बारेमा पिपुल्स फोरमका अध्यक्ष सोम लुईटेलसँग गरिएको कुरकानी सुन्न सकिन्छ । साथै बैदेशिक रोजगारको क्षेत्रमा भएका हप्ताभरीका गतिविधी र बैदेशिक रोजगार सम्वन्धी प्रश्नोत्तर श्रृंखला पनि कार्यक्रममा समेटिएको छ ।

  • 24 Dec, 2012

    देश परदेश अंक २४

    देश परदेशको अंक २४ देशगत अभिमुखिकरण तालिमको आवश्यकता र बैदेशिक रोजगारमा जान चाहनेलाई त्यसबाट पुग्ने सुविधाका बारेमा केन्द्रीत छ । यस कार्यक्रममा देशगत अभिमुखिकरण तालिम नहुँदा बैदेशिक रोजगारमा जानेहरुलाई परेको अप्ठ्यारोका बारेमा तयार पारिएको रिपोर्ट, देशगत अभिमुखीकरण तालिमको अवस्थाका बारेमा नेपाल वैदेशिक रोजगार अभिमुखिकरण व्यवसायी महासंघका महासचिव प्रेम बाँस्तोलासँगको कुराकानी सुन्न सकिन्छ । साथै बैदेशिक रोजगारमा जान चाहनेहरुलाई छुट्टा छुट्टै देशका बारेमा जानकारी दिन सरकारी योजना के छन् भन्ने बारेमा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्कासँग गरिएका कुराकानी पनि कार्यक्रममा समेटिएको छ ।

     

  • 24 Dec, 2012

    देश परदेश अंक २३

    देश परदेशको अंक २३ बिमानस्थलमा हुने मिलेमतोका आधारमा बैदेशिक रोजगारीमा जाने प्रबृत्ति र भारत वा बंगलादेशको बाटो हुँदै बिदेश जाँदा आईपर्ने समस्यमा केन्द्रीत छ । यस कार्यक्रममा त्यसरी बिदेश जाँदाका जोखिमका बारेमा तयार पारिएको रिपोर्ट, समस्या कति ठूलो छ भन्ने बारेमा पत्रकार देवेन्द्र भट्टराईसँगको कुराकानी र बिमानस्थलमा हुने मिलेमतो र त्यसलाई रोक्न के कस्तो प्रयास भयो भन्ने बारेमा अध्यागमन बिभागका प्रमुख सुरेश अधिकारीसँग गरिएका कुराकानी सुन्न सकिन्छ । सधैं जस्तै बैदेशिक रोजागारको क्षेत्रमा भएका हप्ताभरीका गतिविधी र प्रश्नोत्तर श्रृंखला पनि कार्यक्रममा समेटिएका छन् ।

  • 24 Dec, 2012

    देश परदेश अंक २२

    कार्यक्रम देश परदेशको २२ औं भाग बैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक प्रभावमा केन्द्रीत छ । यस कार्यक्रममा बैदेशिक रोजगारीमा गएका नेपालीले बिदेशबाट कमाएर पठाएको रकमले कसरी नेपालमा परिवारहरु समृद्ध हुँदैछन् भन्ने बारेमा तयार पारिएको रिपोर्ट र बैदेशिक रोजगारीले नै  निम्त्याएका सामाजिक समस्याका बारेमा दोश्रोत रिपोर्ट समेटिएको छ । यसैगरी बर्षौंसम्म आफन्त बिदेश बस्दाको समस्याका बारेमा झापाकी रमिला ठकुरीको भोगाई पनि कार्यक्रममा सुन्न सकिन्छ । मलेसियामा काम गर्न गएर परिवारको सम्पर्कमा नहुने समस्याका बारेमा प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)का अध्यक्ष महेन्द्र पाण्डेसँगको कुराकानी पनि कार्यक्रममा समेटिएको छ । सधैं जस्तै बैदेशिक रोजगारका बारेमा प्रश्नोत्तर र फेसबुक, ईमेल र आइभीआरमा प्राप्त भोगाई र अनुभव पनि कार्यक्रममा सुन्न सकिन्छ ।

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • नमस्कार!

    पठाउनेः प्रेम श्रेष्ठ / बहराइन पाउनेः आमा-बुवा / नेत्रकाली गा.बि.स वडा नम्बर ६, सिन्धुली

  • तिजको सम्पूर्ण दिदीबहिनीहरुलाई म परदेशिको मँगलमय शुभकामना।

    पठाउनेः ज्ञान प्रसाद बराल / साउदी अरब (जिजान) पाउनेः तुलसा बराल / दुधौलि नगरपालिका -१, सुगारे, सिन्धुली

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु। नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्र्याक्टमा भनिएझैँ पाएको छु। समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ। यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ र विदेश आउने सबैले सीप सिकेर आउँदा राम्रै सेवा सुविधा र कमाई हुने हुन्छ। साथै म सबै कानुनी प्रकृया पुर्‍याएर व्यक्तिगत श्रम स्वीकृती लिएर आएको हुँ। यो काम त्यति झन्झटिलो पनि छैन यदि सबै प्रावधान पुर्‍यायोभने। सके नेपालमै केही गरेको राम्रो। नसके सीप सिकेर विदेश आउन मेरो सुझाव। 

    नबीन अधिकारी / युएई
  • मैले CTEVT बाट इलेक्ट्रोनिक तालिम लिएको छुँ। मैले भोगेको र दखेको सरकारले तालिम दिन्छ तर नेपालमा काम नै पाइदैन। अगाडि लागेका ठेकेदारले आ-आफ्ना ब्याकतिलाई काममा लगाउछन। कतै काम पाए पनि हामिलाई सम्झौता अनुसारको तलब दिदैनन्। त्यसैले हामि जस्ता गरिब कामदारले विदेशिनु पर्छ।

    मनराज बोगटी / कुच्चि, कालिकास्थान, अछाम
  • वैदेशिक रोजगारीमा सरकार आफैले आफ्नै निगरानीमा पठाउनु पर्छ, त्यो भन्दा पहिला सरकारलाई सम्पूर्ण जानाकारी प्रशासनिक रुपमा सम्बन्धित दूतावासले गर्नुपर्छ र बढिमा २ महिनाको कमाइ सरकारले आफैले राख्नुपर्दछ। रेमिट्यान्समा चलेको देशले यति कदम चाल्न मिल्छ कि नाई? म्यानपावरले गर्ने नै ठगी हो, सबै सचेत होउँ। सबै म्यानपावर सरकारको मापदण्ड र नियमसँग चल्ने हुनुपर्दछ, ब्याक्तिगत हावी कत्ती हुनुहुन्न।  

    किरण ढुङ्गाना / युएई
  • म बाह्र बर्ष देखि कतारमा ड्राइभरको काम गर्दै आएको छुँ। प्राय कम्पनीमा भारतीय फोरम्यान हुन्छन् भने केहिमा नेपाली। जहाँ नेपाली राम्रो पदमा कार्यरत छन् त्यहाँ आफ्नै नेपाली दाजुभाइलाई दबाउने, पैसा नदिने, काममा दुःख दिने, ओभर टाइम नदिने जस्ता अती नै घटीया ब्याबहार गरि नेपालीले नेपालीलाई नै लुटिरहेका छन्।

    महेन्द्र कुमार रोक्का / कतार
सबै हेर्नुहोस
Mobile App