MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 28 May, 2013

    देश परदेश अंक ४८

    कार्यक्रम देश परदेशको अंक ४८ अवैधानिक रुपमा बिदेश जाने र बिदेशमा गएर अवैधानिक रुपमा काम गर्दा हुने समस्याबारे केन्द्रित छ । अवैधानिक रुपमा बिदेश जाँदा र उता पुगेपछि अवैधानिक हुने समस्या कति ठूलो भन्नेबारे रिपोर्ट कार्यक्रममा सुन्नुहुनेछ । मलेसियामा अवैधानिक रुपमा बसिरहेका कामदारको अहिलेको अवस्थाबारे मलेसियाका लागि नेपाली श्रम सहचारी अमलकिरण ढकालसँग गरिएको कुराकानी सुन्नसक्नुहुनेछ । अनि सीप सिक्दाका फाइदाबारे सीप सिकिरहेका केही महिलाको विचार पनि सुन्न सकिन्छ । परदेश यात्रामा ओखलढुंगाका पदमबहादुर खत्रीको परदेश बर्साईको अनुभव सुन्न सकिन्छ । सधैंजस्तै प्रश्नोत्तर र तपाईंको सल्लाह, सुझाव तथा जिज्ञासा रहनेछ ।

     

  • 22 May, 2013

    देश परदेश अंक ४७

    कार्यक्रम देश परदेशको अंक ४७ वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको चुनौती र अपेक्षामा केन्द्रित छ । धेरै नेपाली युवा पैसा कमाउने सपना देखेर वैदेशिक रोजगारमा पुगेका छन् । त्यस्तै सपना बोकेर मलेसिया पुगेका केही नेपाली कामदारसँग गरिएको कुराकानी समेटेर तयार पारिएको रिपोर्ट कार्यक्रममा सुन्नुहुनेछ । अनि युनाइटेड अरब इमिरेट्स -युएइ)मा कार्यरत झापाका रुद्र नेपाल र शान्ता तामाङसँग गरिएको कुराकानी पनि कार्यक्रममा सुन्न सकिन्छ । त्यस्तै, दक्षिण कोरियामा कार्यरत आठर्राई, तेर्‍हथुमकी कमला बाँस्कोटा ओली र काभ्रेका यम श्रेष्ठसँग गरिएको कुराकानी कार्यक्रममा सुन्न सक्नुहुनेछ । यसैगरी साउदी अरबले गैरकानूनी रुपमा बसेका आप्रवासी कामदारलाई घोषणा गरेको आममाफी अथवा एम्नेष्टीकाबारे साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेसँग कुराकानी गरेका छौं । परदेश यात्रामा ताराताल-७, बर्दियाकी टिकाकुमारी विकको परदेश बर्साईको अनुभव सुन्न सकिन्छ । सधैंजस्तै प्रश्नोत्तर र तपाईंको सल्लाह, सुझाव तथा जिज्ञासा रहनेछ ।

     

  • 15 May, 2013

    देश परदेश अंक ४६

    कार्यक्रम देश परदेशको अंक ४६ नेपालीका लागि विदेशमा सजिला काम र कमाईका हिसावले आकर्ष देखिएका होटल र सुरक्षागार्डमाथि केन्द्रित छ । खाडीका मुलुकहरु साउदी, कतार, यर्ुर्एइसँगै मलेसियामा पनि नेपाली कामदार सस्ता र सजिला कामदारमा पर्छन् । त्यहाँको काम तथा कमाई र अवसरबारेको जानकारी कार्यक्रममा सुन्न सकिन्छ । धेरै युवाको रोजाईमा पर्ने, अरु भन्दा सुरक्षित र कमाईका हिसावले पनि आकर्ष सेक्युरिटी गार्ड र होटल क्षेत्रमा माग चाहिँ कस्तो छ भन्ने कुरा समेटिएको रिपोर्ट पनि कार्यक्रममा सुन्नुहुनेछ । तालिम लिएर होटलमा काम गर्न मलेसिया पुगेका एकजना युवासँग पनि भलाकुसारी गरिएको छ । अनि सीप र सीप परिक्षणको महत्वबारे राष्ट्रिय सीप परिक्षण समितका निर्देशक डा. कुलबहादुर बस्नेतसँग गरिएको  कुराकानी पनि कार्यक्रममा सुन्न सकिन्छ । परदेश यात्रामा इलाम पशुपतिनगरका युगेस र्राईको परदेश बर्साईको अनुभव सुन्नुहुनेछ । सधैंजस्तै प्रश्नोत्तर र तपाईंको सल्लाह, सुझाव तथा जिज्ञासा रहनेछ ।

     

  • 07 May, 2013

    देश परदेश अंक ४५

    कार्यक्रम देश परदेशको अंक ४५ बैदेशिक रोजगारमा हुने जोखिममा केन्द्रित छ । कार्यक्रममा बिदेशमा मृत्यु र अंगभंगको समस्या कति ठूलो हो, किन भईरहेको छ र यसलाई कसरी रोक्न सकिएला - भन्ने कुरा समेटिएको रिपोर्ट सुन्न सक्नुहुन्छ । बिदेशमा गएर आएका मध्ये थुप्रैले सामाजिक समस्या मात्रै भोग्दैनन्, मानसिक समस्या पनि चर्को हुन्छ । यसैबारेमा नेपाल मनोबैज्ञानिक संघका महासचिव समेत रहेका मनोविज्ञ गोपाल ढकालसँग कुराकानी कार्यक्रममा समेटिएको छ । त्यस्तै रोजगारीका लागि सीपर्,र् इभेण्ट परियोजनाले एसएलसी दिएकाहरुलाई लक्षित गर्दै टी एसएलसी भनिने त्यस्तै सीपमुलक शिक्षाको अवशर दिएको छ । त्यसमा आवेदन दिएकाहरुको छनौटको काम कसरी भइरहेको छ भन्नेबारर्ेर् इभेण्ट परियोजनाका प्रमुख लक्ष्मीराम पौडेलसँग कुराकानी पनि सुन्न सकिन्छ । परदेश यात्रामा काठमाण्डुकी कविता शर्माको परदेश बर्साईको अनुभव सुन्न सक्नुहुन्छ । सधैंजस्तै प्रश्नोत्तर र तपाईंको सल्लाह, सुझाव तथा जिज्ञासा रहनेछ ।

     

     

  • 30 Apr, 2013

    देश परदेश अंक ४४

    कार्यक्रम देश परदेशको अंक ४४ बैदेशिक रोजगारपछि स्वदेश फर्केर काम गरिरहेकामाथि केन्द्रित छ । कार्यक्रममा बिभिन्न देशमा काम गरेर जम्मा पारेको दर्ुइचार पैसा लगानी गरी स्वदेशमै पौरख गर्न थालेका युवाहरुसँग भलाकुसारी गरिएको छ । विदेशमा काम गरी फर्केका र अहिले स्वदेशमै पौरख गरिरहेका सुनसरीका एकजना युवाको अनुभव समेटिएको रिपोर्ट कार्यक्रममा सुन्नुहुनेछ । त्यस्तै, अहिले पनि महिलालाई विदेश गएको उति जाती नमान्ने हाम्रो समाजमा विदेशबाट फर्किएका तिनै महिलाले स्वदेश फर्केपछि के गरिरहेका छन भन्नेबारेको रिपोर्ट पनि सुन्न सक्नुहुनेछ । अनि यहि हप्ता मात्रै बिभिन्न देशमा काम गरेर फर्केकाहरुले काठमाण्डुमा एउटा होटल खोलेका छन । होटलका एकजना सञ्चालकसँग गरिएको कुराकानी पनि कार्यक्रममा सुन्न सक्नुहुनेछ । परदेश यात्रामा दमक झापाकी गीता गुरुङको परदेश बर्साईको अनुभव सुन्न सकिन्छ । सधैंजस्तै प्रश्नोत्तर र तपाईंको सल्लाह, सुझाव तथा जिज्ञासा रहनेछ ।

     

  • 16 Apr, 2013

    देश परदेश अंक ४२

    कार्यक्रम देश परदेशको अंक ४२ बैदेशिक रोजगारमा जानुअघि लिनुपर्ने जानकारी र त्यस्ता जानकारी कहाँ, कसरी पाईन्छ भन्नेमा केन्द्रित छ । यसबारेमा सुरक्षित बैदेशिक रोजगारीका लागि जिम्मेवार सरकारी निकाय के गर्दैछन् भन्नेबारे बैदेशिक रोजगार पर््रवर्द्धन बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्मासँग गरिएको कुराकानी कार्यक्रममा समेटिएको छ । सरकारी र गैरसरकारीस्तरमा चलिरहेका सूचना केन्द्रहरुले कतिको प्रभावकारी रुपमा सूचना दिइरहेका छन भन्नेबारे हेल्भेटास स्वीस इन्टरकोअपरेशनको सुरक्षित आप्रवासन परियोजना -सामी)की कार्यक्रम अधिकृत रोनी प्रधानका कुरा पनि सुन्न सकिन्छ । अनि बिदेश जानेहरुलाई सुचना उपलव्ध गराउने उद्धेश्यले देशका बिभिन्न जिल्लामा सुचना केन्द्रहरु खोलिएका छन् । पर्ूर्वी नेपालको खोटाङमा खोलिएको सुचना केन्द्रले बिदेश जान चाहनेहरुलाई कत्तिको सहयोग गरेको छ भन्ने कुराको खोजीनीति गरेर तयार पारिएको रिपोर्ट पनि कार्यक्रममा सुन्न सक्नुहुनेछ । सरकारले के गरेमा अनी के कस्ता कुरा आफैंले जानेर गएमा बिदेशको काम सुरक्षित हुन्छ त - भन्नेबारे बिभिन्न देशमा काम गरेर फर्केका महिलाकै बिचारलाई पनि यो अंकमा समेटिएको छ । परदेश यात्रामा मकवानपुरकी प्रतिमा घिमिरेको परदेश बर्साईको अनुभव सुन्न सकिन्छ । सधैंजस्तै प्रश्नोत्तर र तपाईंको सल्लाह, सुझाव तथा जिज्ञासा रहनेछ । 

     
     
     
     
     

     

  • 09 Apr, 2013

    देश परदेश अंक ४१

    कार्यक्रम देश परदेशको अंक ४१ बैदेशिक रोजगारका नाममा कसरी ठगिईन्छ र त्यसरी ठगिमा परेकाहरुले कसरी न्याय पाउन सक्छन् भन्नेमा केन्द्रित  छ । एकजना त्यसरी नै ठगिमा परेका र कानुनी रुपमा संर्घष्ा गरेर सफल भएका झापा बनियानीका प्रकाश निरौलाको अनुभव सुन्न सक्नुहुनेछ । त्यस्तै बैदेशिक रोजगारका नाममा हुने ठगि र त्यसलाई नियन्त्रण गर्न सरकारी निकायले के गरिरहेको छ भन्ने बारेमा बैदेशिक रोजगार बिभागका निर्देशक योगराज बरालका कुरा सुन्न सक्नुहुनेछ । अनी पीडितलाई कानुनी सहायता दिने संस्था पिपुल्स फोरमका अध्यक्ष सोम लर्ुइटेलसँगको कुराकानी पनि कार्यक्रममा समेटिएको छ । परदेश यात्रामा खोटाङका भलकाजी बिश्वकर्माको परदेश बर्साईको अनुभव सुन्न सकिन्छ । सधैंजस्तै प्रश्नोत्तर र तपाईंको सल्लाह सुझाव तथा जिज्ञासा रहनेछ ।

     

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • जन्मदिनको शुभकामना !!

    पठाउनेः अमोश बराल / तोमिसातोउ-सि चिवा जापान पाउनेः समीर बराल

  • सबैलाई मनभित्र देखि याद गरेको छु।

    पठाउनेः गोबिन्द पन्थी / साउदीअरेबिया पाउनेः बाबा आमा / मदाने गाउँ पलिका - ७ , भन्भने गुल्मी

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस
Mobile App