MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 24 Dec, 2012

    देश परदेश अंक २२

    कार्यक्रम देश परदेशको २२ औं भाग बैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक प्रभावमा केन्द्रीत छ । यस कार्यक्रममा बैदेशिक रोजगारीमा गएका नेपालीले बिदेशबाट कमाएर पठाएको रकमले कसरी नेपालमा परिवारहरु समृद्ध हुँदैछन् भन्ने बारेमा तयार पारिएको रिपोर्ट र बैदेशिक रोजगारीले नै  निम्त्याएका सामाजिक समस्याका बारेमा दोश्रोत रिपोर्ट समेटिएको छ । यसैगरी बर्षौंसम्म आफन्त बिदेश बस्दाको समस्याका बारेमा झापाकी रमिला ठकुरीको भोगाई पनि कार्यक्रममा सुन्न सकिन्छ । मलेसियामा काम गर्न गएर परिवारको सम्पर्कमा नहुने समस्याका बारेमा प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी)का अध्यक्ष महेन्द्र पाण्डेसँगको कुराकानी पनि कार्यक्रममा समेटिएको छ । सधैं जस्तै बैदेशिक रोजगारका बारेमा प्रश्नोत्तर र फेसबुक, ईमेल र आइभीआरमा प्राप्त भोगाई र अनुभव पनि कार्यक्रममा सुन्न सकिन्छ ।

  • 24 Dec, 2012

    देश परदेश अंक २१

    कार्यक्रम देश परदेशको अंक २१ बैदेशिक रोजगारीका क्रममा सिकेको सीप र कमाएको पूँजी स्वदेशमा परिचालनमा केन्द्रीत छ । यस कार्यक्रममा बिदेशमा गाई फार्ममा काम गरेर फर्केपछि त्यहाँ सिकेको सीपले झापामा गाई फार्म चलाएर मनग्गे आम्दानी गरिरहेको एकजना युवाको सफलताको कुरा, कतारमा ईलेक्ट्रिसियनका रुपमा काम गरेर फर्केपछि नेपालमै ईलेक्टिक पसल चलाएर बसेका एकजना युवाको अनुभव समेटिएका छन् । यसैगरी प्रवासमा रहेका नेपालीको स्वरोजगार सम्वन्धी बिचार र साउदी अरेवियामा कार्यरत नेपालीका समस्या र समस्या समाधानमा नेपाली दुतावासको भूमिकाका बारेमा साउदी अरेवियाका लागि नेपाली राजदुत उदयराज पाण्डेसँग गरिएको कुराकानी पनि सुन्न सकिन्छ ।

  • 24 Dec, 2012

    देश परदेश अंक २०

    देश परदेशको अंक २० प्रवासको तिहारमा केन्द्रीत छ । यस कार्यक्रममा मलेसिया, कतार र युएईमा रहेका नेपालीका चाडपर्व अनुभव सुन्न सकिन्छ । साथै तिहारका अवशरमा प्रवासमा रहेकाहरुले दिएको शुभकामना सन्देश र आफन्तलाई सन्देश पनि कार्यक्रममा समेटिएका छन् ।

  • 08 Nov, 2012

    देश परदेश अंक १९

    कार्यक्रम देश परदेशको अंक १९ बैदेशिक रोजगारी र स्वास्थ्यमा केन्द्रीत छ । यस कार्यक्रममा स्वास्थ्य परिक्षणका बिषयमा  बैदेशिक रोजगारीमा जान लागेकाहरु कत्तिको सचेत छन् र मलेसियामा कस्ता स्वास्थ्य समस्या आईपर्छन् भन्ने बारेमा रिपोर्टहरु समावेश गरिएका छन् । यसैगरी बैदेशिक रोजगारीमा जानु अघिको स्वास्थ्य परिक्षणको महत्वका बारेमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष प्रविन तिवारीसँगको कुराकानी सुन्न सकिन्छ । 

  • 04 Nov, 2012

    देश परदेश अंक १८

    देश परदेशको अंक १८ किन दक्ष भन्दा अदक्ष कामदारको माग आउँछ नेपालमा भन्ने बिषयमा केन्द्रीत छ । यो कार्यक्रममा दक्षता हासिल गरेपछि रोजगारीमा हुने फाइदाका बारेमा मलेसियाबाट रिपोर्ट, दक्ष कामदारको माग ल्याउन किन सकिरहेका छैनन् व्यवसायीले भन्ने बिषयमा बैदेशिक रोजगार व्यवसायी कुमुद खनालसँगको कुराकानी सुन्न सक्नुहुन्छ । साथै अदक्ष कामदारका रुपमा बिदेश गएर पनि कसरी दक्षता हासिल गर्न सकिन्छ भन्ने बारेमा युएईमा कार्यररत एकजना प्रवासी नेपाली यादव पोखरेलको अनुभव र नेपालबाटै दक्षता बोकेर गएर पनि त्यस अनुरुप काम नपाउँदाको समस्याका बारेमा कतारमा कार्यरत बैजनाथ मण्डलका अनुभव सुन्न सक्नुहुन्छ । 

  • 26 Oct, 2012

    देश परदेश अंक १७

    देश परदेशको अंक १७ प्रवासको दशैंमा केन्द्रीत छ । यस कार्यक्रममा संयुक्त अरव ईमिरेट्स(युएई) मा दशैं मनाउँदै गरेका नेपालीसँगको कुराकानी, कतार र मलेसियामा रहेका नेपालीसँगको दशैं अनुभव सुन्न सकिन्छ ।

     

  • 26 Oct, 2012

    देश परदेश अंक १६

    कार्यक्रम देश परदेशको अंक १६ खाडीका चारवटा देश साउदी अरव, संयुक्त अरव ईमिरेट्स(युएई), कुवेत र कतारमा घरेलु कामदारका रुपमा जान चाहने महिलाका लागि ३० बर्षे उमेर हद तोकेपछिका उपलब्धी र समस्यका बारेमा केन्द्रीत छ । यो कार्यक्रममा किन ३० बर्षे उमेर हद तोकियो र यसले के प्रभाव पारेको छ भन्ने बारेमा बैदेशिक रोजगार बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईसँगको कुराकानी, उमेरको हदवन्दीका सकारात्मक र नकारात्मक पक्षका बारेमा युएन वुमनकी नेपाल कार्यक्रम प्रमुख सरु जोशीसँग गरिएको कुराकानी सुन्न सक्नुहुन्छ । यसैगरी उमेर हदले निम्तयाएको समस्याका बारेमा तयार पारिएको रिपोर्ट, सीप सिकाउने संस्थाहरु र तिनिहरुले सिकाउने सीपको बिविधताका बारेमा सिटिईभिटीका प्राविधीक अधिकृत बिनोद बडालसँग गरिएको कुराकानी पनि कार्यक्रममा समेटिएका छन् । यसैगरी सधैं झैं बैदेशिक रोजगारका बारेमा प्रश्नोत्तर श्रृंखला पनि कार्यक्रममा सुन्न सकिन्छ । 

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • जन्मदिनको शुभकामना !!

    पठाउनेः अमोश बराल / तोमिसातोउ-सि चिवा जापान पाउनेः समीर बराल

  • सबैलाई मनभित्र देखि याद गरेको छु।

    पठाउनेः गोबिन्द पन्थी / साउदीअरेबिया पाउनेः बाबा आमा / मदाने गाउँ पलिका - ७ , भन्भने गुल्मी

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस
Mobile App