MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 03 Oct, 2012

    कार्यक्रम देश परदेशको अंक १४

    कार्यक्रम देश परदेशको अंक १४ कतारमा काम गर्ने नेपालीको अवस्था, भोगाई, समस्या र सम्भावनामा केन्द्रीत छ । यस कार्यक्रममा कतारमा कार्यरत नेपाली कस्ता समस्यामा पर्छन् र उनीहरुलाई कतारस्थीत नेपाली दुतावासको कस्तो सहयोग गर्छ भन्ने सुन्न सकिन्छ । नेपालबाट पठाउँदा गाउँका दलाल, स्थानीय एजेण्ट वा म्यानपावर कम्पनीले भने अनुरुप तलाव नपाएको, कम्पनीहरुले समयमा तलव नदिएको र सम्झौता अवधी सकिंदा समेत नेपाल फर्किन नपाएकाहरुको अनुभव कार्यक्रममा समेटिएको छ । यसैगरी कतारमा राम्रो ओहोदामा रहेर काम गरिरहेका र धेरै कमाईरहेका नेपालीको अनुभवसँगै समस्यामा परेका नेपालीलाई नेपाली दुतावासले कस्तो सहयोग गर्छ भन्ने बारेमा कतारका लागि नेपाली राजदुत डा.मायाकुमारी शर्मासँग गरिएको कुराकानी पनि सुन्न सकिन्छ । साथै बैदेशिक रोजगारमा जाँदा सीपको महत्वका बारेमा प्रवासमा रहेका नेपालीको अनुभव र सुझाव पनि कार्यक्रममा समेटिएको छ ।

  • 27 Sep, 2012

    कार्यक्रम देश परदेश अंक १३

    कार्यक्रम देश परदेशको अंक १३ बैदेशिक रोजगारमा जानु अघि दिइने अभिमुखिकरण तालिमको महत्वमा केन्द्रीत छ । यो कार्यक्रममा अभिमुखिकरण तालिमको आवश्यकता र अहिले दिइएको तालिम कत्तिको प्रभावकारी छ भन्ने बारेमा तयार पारिएको रिपोर्ट, बैदेशिक रोजगारमा जानु अघि लिनु पर्ने सीप बिकास तालिमका बारेमा एकजना युवाको बिचार सुन्न सकिन्छ । यसैगरी सुरक्षा गार्डको काम गर्न बिदेश जान चाहनेले लिनु पर्ने तालिम र त्यसमा कस्ता कुरा सिकाईन्छ साथै तालिम लिंदाका फाइदाका बारेमा गरिएको कुराकानी, मलेसियामा होेटलमा कार्यरत नेपाली कामदारको अनुभव सहितको रिपोर्ट कार्यक्रममा समेटिएका छन् । यसैगरी संयुक्त अरव ईमिरेट्स(युएई)का बारेमा पनि कार्यक्रमबाट जानकारी लिन सकिन्छ ।   

  • 27 Sep, 2012

    कार्यक्रम देश परदेश अंक १२

    देश परदेशको अंक १२ अहिले नेपाली कामदारको मुख्य आकर्षण भएको कोरिया र जापानका बारेमा केन्द्रीत छ । यो कार्यक्रममा कोरियाली भाषा परिक्षा ईपिएस र जापानमा प्रशिक्षार्थी कामदार पठाउने जिट्को प्रणालीका बारेमा जानकारी समेटिएको छ । कार्यक्रममा ईपिएस र जिट्को भनेको के हो भन्ने जानकारी र ईपिएस् पास गरि काम गर्न कोरिया पुगेकाहरुको अवस्थाका बारेमा कोरियाबाट एकजना पत्रकारको बिवरण सुन्न सकिन्छ । यसैगरी कोरियाली भाषा परिक्षा पास गरेकाहरु सवै किन कोरिया जान पाउँदैनन् भन्ने बारेमा गरिएको कुराकानी, निर्माण क्षेत्रको काम गर्न जानेहरुले कस्तो सीप सिक्न आवश्यक छ भन्ने जानकारी पनि कार्यक्रममा समेटिएका छन् । 

  • 12 Sep, 2012

    कार्यक्रम देश परदेश अंक ११

    देश परदेशको अंक ११ बैदेशिक रोजगारी र मानव तस्करीका बारेमा केन्द्रीत छ । यो कार्यक्रममा बैदेशिक रोजगारी र मानव तस्करी बीचको फरक, बैदेशिक रोजगारीका नाममा हुने मानव तस्करी र त्यसलाई नियन्त्रण गर्न भइरहेका प्रयासका बारेमा जानकारी समेटिएको छ । कार्यक्रममा मानव तस्करको फन्दामा परेर बिदेशको चक्कर काटेर फर्केका एकजनाको अनुभव, युरोप लैजाने भन्दै पोल्याण्ड र बेल्जीयम पु¥याइएकाहरुका बारेमा तयार पारिएको रिपोर्ट, मानव तस्करी रोक्न श्रम तथा रोजगार मन्त्रालयले के प्रयास ग¥यो त ? भन्ने बारेमा अन्तर्वार्ताहरु सुन्न सक्नुहुन्छ । यसैगरी प्रश्नोत्तर, सुझाव र प्रतिकृया पनि कार्यक्रममा समेटिएका छन् । 

     

  • 04 Sep, 2012

    कार्यक्रम देश परदेश अंक १०

    कार्यक्रम देश परदेशको अंक १० कस्ता समस्यामा परेर नेपाली बिदेशबाट फर्किन्छन् भन्ने बारेमा केन्द्रीत छ । यो कार्यक्रममा किन सीप सिकेर मात्रै काम गर्न बिदेश जानु पर्छ भन्ने बारेमा रिपोर्ट, कस्ता समस्यामा धेरै नेपाली पर्छन् र त्यस्तो समस्याबाट जोगिन के गर्ने भन्ने बारेमा बैदेशिक रोजगार बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईसँगको कुराकानी सुन्न सकिन्छ । यसैगरी मलेसियाका बारेमा जानकारी, पत्रकार देवेन्द्र भट्टराईको खाडी अनुभव र प्रश्नोत्तर पनि कार्यक्रममा समेटिएका छन् ।

  • 28 Aug, 2012

    कार्यक्रम देश परदेश अंक ९

    देश परदेशको अंक ९ बैदेशिक रोजगारीले ल्याएको सामाजिक, आर्थिक परिवर्तनमा केन्द्रीत छ । यो कार्यक्रममा बिदेशबाट नेपालीले कमाएर पठाउने पैसा कस्ता कुरामा खर्च हुँदैछ र बैदेशिक रोजगारीमा परिवारको सदस्य गएपछि नेपालमा बस्ने परिवार कसरी फेरिंदैछ भन्ने बिषय समेटिएको छ । यहि बिषयमा तयार पारिएको रिपोर्ट र अनुसन्धानकर्ता बन्दिता सिजापतिको अन्तर्वार्ता कार्यक्रममा सुन्न सक्नुहुन्छ । यसैगरी मलेसियामा सुरक्षा गार्डको कामृ गर्ने नेपालीहरुको मलेसिया बसाईको अनुभव, सीप सिकेर मात्रै बिदेश जानु पर्छ भन्ने अनुभव, पत्रकार देवेन्द्र भट्टराईको खाडी अनुभव, प्रश्नोत्तर, सुझाव र प्रतिकया पनि कार्यक्रममा समेटिएका छन् । 

     
     
     

     

  • 21 Aug, 2012

    कार्यक्रम देश परदेश अंक ८

    देश परदेशको अंक ८ बैदेशिक रोजगारका नाममा हुने ठगीमा केन्द्रीत छ । यो कार्यक्रममा बिदेश लैजाने बहानामा हुने मानव तस्करी र बैधानिक बाटोबाट गएकाहरुलाई पनि कसरी ठगीईन्छ भन्ने जानकारी समेटिएको छ । ठगी नियन्त्रणका लागि सरकारी निकायहरुले के गरिरहेका छन् भन्ने बारेमा बैदेशिक रोजगार बिभागका निर्देशक तथा प्रवक्ता काशीराज दाहालसँगको कुराकानी पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । यसैगरी बिदेश जानु अघि किन सीप सिक्न आवश्यक छ ? भन्ने बारेमा तालिमको व्यवस्था मिलाउने संस्था एफस्कीलकी सामाजिक बिकास अधिकृत संगीता तामाङसँगको कुराकानी, सीप सिकेर तथा सीप नसिकी मलेसिया गएका नेपालीहरुको अनुभव सहितको रिपोर्ट, कतारका बारेमा उपयोगी जानकारी र प्रश्नोत्तर, अनुभव र सुझाव पनि कार्यक्रममा समेटिएका छन् । 

     

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • जन्मदिनको शुभकामना !!

    पठाउनेः अमोश बराल / तोमिसातोउ-सि चिवा जापान पाउनेः समीर बराल

  • सबैलाई मनभित्र देखि याद गरेको छु।

    पठाउनेः गोबिन्द पन्थी / साउदीअरेबिया पाउनेः बाबा आमा / मदाने गाउँ पलिका - ७ , भन्भने गुल्मी

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस
Mobile App