MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 31 Jul, 2012

    कार्यक्रम देश परदेश अंक ५

    देश परदेशको पाँचौ अंक बैदेशिक रोजगारमा म्यानपावर कम्पनी मार्फत हुने ठगी र त्यसलाई नियन्त्रण गर्न भइरहेका प्रयासमा केन्द्रीत छ । यो कार्यक्रममा गलत म्यानपावरको फन्दामा परेर अप्ठ्यारोमा परेकाहरुको अनुभव सहितको रिपार्ट, म्यानपावर कम्पनी छान्दा ध्यान पु¥याउनु पर्ने कुरा सम्वन्धी जानकारी समेटिएका छन् । साथै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङसँगको कुराकानी, प्रश्नोत्तर, सुझाव र प्रतिकृया समेटिएका छन् । यसैगरी पत्रकार देवेन्द्र भट्टराईको खाडी अनुभव पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ ।

  • 24 Jul, 2012

    कार्यक्रम देशपरदेश अंक ४

    कार्यक्रम देश परदेशको चौथो अंक अवैधानिक रुपमा बिदेश जाँदा पर्ने अप्ठ्यारोमा केन्द्रीत छ । सरकारले तोकेको प्रकृया पूरा नगरी बिदेश जाँदा आईपर्ने समस्यालाई यो कार्यक्रममा समेटिएको छ । सरकारले प्रतिवन्ध लगाएको काममा भारतको बाटो हुँदै अफगानिस्तान पुगेका लीलबहादुर काफ्लेको डेढ महिना बन्धक हुँदाको अनुभव सहित कामदारको अवैधानिक यात्रालाई रोक्न सरकारी निकायहरुले गरिरहेको प्रयासका बारेमा अन्तर्वार्ता, बीमाको महत्वका बारेमा जानकारी, प्रश्न उत्तर, सुझाव र प्रतिकृया यो कार्यक्रममा सुन्न सकिन्छ । 

  • 21 Jul, 2012

    कार्यक्रम देश परदेश अंक ३

    देश परदेशको तेश्रो अंक काम गर्न बिदेश जान लाग्ने लगानी, बिदेशमा पाइने काम र आम्दानीमा केन्द्रीत छ । बैदेशिक रोजगारका क्षेत्रमा भएका हप्ताभरीका गतिविधीसँगै कुन देशमा कस्तो काम पाईन्छ, जान कति लगानी लाग्छ र आम्दानी कति हुन्छ भन्ने जानकारी, धेरै आम्दानीको सपना देखाउँदै बिदेश पठाइएका तर बिदेश पुगेपछि कमाउन नसकेकाहरुको अनुभव र यसै बिषयमा आधारित रिपोर्ट, कसरी सुरुमै धेरै आम्दानीको प्रलोभनमा ठग्ने क्रम सुरु हुन्छ भन्ने बारेमा गरिएको अन्तर्वार्ता र नेपालमै बसेर कमाउनेहरुको कुरा यो कार्यक्रममा सुन्न सकिन्छ । 

     

     

  • 21 Jul, 2012

    कार्यक्रम देश परदेश अंक २

    देश परदेशको दोश्रो अंक म्यानपावर एजेन्सीहरु, उनीहरुका अवैधानिक एजेण्ट र अन्य दलालले गर्ने ठगिका बारेमा केन्द्रीत छ । यो कार्यक्रममा बैदेशिक रोजगारका क्षेत्रमा भएका हप्ताभरीका गतिविधीसँगै पासपोर्ट बनाउन आवश्यक कागजपत्र र प्रकृयाका बारेमा जानकारी, दलालको फन्दामा परेर दुःख पाएकाहरुको अनुभव र त्यसैमा आधारित रिपोर्ट, बिदेशमा पनि कसरी दलालले ठगिको जालो फैलाएका हुन्छन् भन्ने जानकारी र ठगिमा परेकाहरुले पाउने कानुनी सहायताका बारेमा गरिएको कुराकानी समेटिएको छ । साथै बैदेशिक रोजगारसँग सम्वन्धीत प्रश्नोत्तर, अनुभव र सुझाव पनि कार्यक्रममा सुन्न सकिन्छ । 

  • 21 Jul, 2012

    कार्यक्रम देश परदेश अंक १

    कार्यक्रम देश परदेशको पहिलो अंक बैदेशिक रोजगारमा सुचनाको महत्वमा केन्द्रीत छ । बिदेश जान चाहनेहरुको पहुँच सुचनामा पु¥याउने हो भनें त्यसले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन ठूलो सहयोग गर्छ भन्ने उद्धेश्यका साथ देश परदेशको पहिलो अंक सुचनाको महत्वमा केन्द्रीत गरिएको हो । यो अंकमा बैदेशिक रोजगारका क्षेत्रमा भएका हप्ताभरीका गतिविधी, बैदेशिक रोजगारमा जाने प्रकृया थाल्नु अघि नै थाहा पाउनु पर्ने कुरा, सुचनाको महत्वका बारेमा तयार पारिएको रिपोर्ट, सुरक्षित र मर्यादित बैदेशिक रोजगारका लागि सुचनाको महत्वका बारेमा लिइएका अन्तर्वार्ताहरु र प्रश्न तथा कार्यक्रमको सफलताका लागि प्राप्त शुभकामनाहरु सुन्न सक्नुहुन्छ । 

     

     

  • 17 Jul, 2012

    रेडियो कार्यक्रम देश परदेश - परिचय

    कार्यक्रम देश परदेश बैदेसिक रोजगारमा केन्द्रीत कार्यक्रम हो । बैदेसिक रोजगार बिभागको तथ्याँक अनुसार बिसं २०५०/५१ देखि हालसम्ममा २४ लाख नेपाली श्रम स्वीकृति लिएर बैधानिक बाटोबाट बिभिन्न देशमा काम गर्न गएका छन् । तर त्यसमध्ये कति नेपाली बिदेशबाट फर्किए भन्ने तथ्याँक भनें छैन । बिसं २०६८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भीक तथ्याँकले झण्डै १९ लाख नेपाली हाल बिदेशमा रहेको देखाउँछ । 

    देशमा रोजगारीका अन्य बिकल्प खुम्चिंदै गएको अवस्थामा बैदेसिक रोजगार नेपाली युवाका लागि मुख्य आकर्षण भएको छ । त्यसैले हाल दैनिक सरदर १ हजार २ सय नेपाली खाडी मुलुक कतार, कुवेत, संयुक्त अरव ईमिरेट्स र साउद अरवसँगै मलेसिया लगायतका देशहरुमा श्रम गर्न गइरहेका छन् । यो अवस्थामा बैदेसिक रोजगारमा जान चाहनेहरुका लागि सहि सुचना उपलव्ध गराउँदै बैदेसिक रोजगारलाई सुरक्षित तथा मर्यादित बनाउने उद्धेश्यले कार्यक्रम देश परदेश सुरु गरिएको हो । यो कार्यक्रम हरेक मंगलवार बिहान ८:२० देखि ९ बजेसम्म उज्यालो ढण् नेटवर्क र यसका साझेदार रेडियो स्टेशनहरु मार्फत देशभर एकसाथ प्रशारण हुन्छ । साथै www.unn.com.np मार्फत प्रत्यक्ष र डाउनलोड गरेर पनि कार्यक्रम बिश्वको जुनसुकै ठाउँबाट सुन्न सकिन्छ । कार्यक्रम देशपरदेशमा बिदेश जानु अघि अपनाउनु पर्ने प्रकृया, दलालबाट जोगिन गर्नुपर्ने काम, बिदेश जान लाग्ने खर्च, बिदेशमा पाईने काम, त्यसका लागि लाग्ने लगानी र हुने आम्दानी तथा बिदेशमा काम गरिरहेकाहरुको अनुभव समेट्ने गरिन्छ । 
     
    यसअघि प्रशारण भएका कार्यक्रम सुन्न तलको लिंकमा क्लीक गर्नुहोला ।

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • जन्मदिनको शुभकामना !!

    पठाउनेः अमोश बराल / तोमिसातोउ-सि चिवा जापान पाउनेः समीर बराल

  • सबैलाई मनभित्र देखि याद गरेको छु।

    पठाउनेः गोबिन्द पन्थी / साउदीअरेबिया पाउनेः बाबा आमा / मदाने गाउँ पलिका - ७ , भन्भने गुल्मी

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस
Mobile App