MENU

रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 07 Nov, 2017

    देश परदेश अंक २८०

    कार्यक्रम देश परदेशको अंक २८० राजनीतिक दलका चुनावी घोषणापत्रमा समेटिएका वैदेशिक रोजगारीका विषयमा केन्द्रित छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिदै जाँदा मुख्य दलहरु नेपाली कांग्रेस तथा एमाले माओवादी गठबन्धन लगायतका दलहरुले चुनावी घोषणापत्र जारी गरिसकेका छन् । मुख्य दलहरुका साथै अन्य दलले घोषणापत्रमा वैदेशिक रोजगारीका विषयलाई कसरी समेटेका छन् भन्ने सामग्रीका कार्यक्रममा सुन्न सकिन्छ । अघिल्ला चुनावहरुमा लेखिएका घोषणापत्रमा समेटिएका वैदेशिक रोजगारी कुरा र ती विषय कार्यान्वयन भए भएनन् भन्ने विषयमा अधिवक्ता सोम लुँइटेलसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सक्नुहुनेछ । नियमित स्तम्भ दिदीबहिनीका कुरा र राउण्ड अप त आज पनि छँदैछ । सँगै हामीलाई सल्लाह, सुझाव र मार्गदर्शन गर्ने ‘कन्टेण्ट एड्भाइजरी टिम’का एक जना सदस्य अधिवक्ता कृष्णप्रसाद न्यौपानेका सम्बोधन पनि कार्यक्रममा समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगारी सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर र तपाईंका गुनासा, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।

     

  • 31 Oct, 2017

    देश परदेश अंक २७९

    कार्यक्रम देश परदेशको अंक २७९ मा श्रम काउन्सिलर र सहचारीका कुरा समेटिएको छ । विदेशमा काम गर्दा, कुनै अप्ठेरोमा पर्दा नेपाली दूतावासबाट कसरी सहयोग लिने र कसरी समस्या समाधानका उपाय खोज्ने भन्ने विषयमा कार्यक्रम केन्द्रित छ । मलेसियाका लागि पूर्व श्रमसहचारी सूर्यप्रसाद भण्डारी, युएईका लागि श्रमसहचारी हिराकुमारी यादव र श्रम काउन्सिलर भएर मलेसिया जान लागेका बद्रिकुमार कार्कीसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । दिदीबहिनीका कुरामा विदेशमा गर्भवती भएपछि हैरानी खेपेकी सिन्धुलीकी कुमारी पहाडीका कुरा समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव समेटिएको छ ।

     

  • 24 Oct, 2017

    देश परदेश अंक २७८

    कार्यक्रम देश परदेशको अंक २७८ वैदेशिक रोजगारीका क्रममा गएको माघ ११ देखि वैशाख ११ गतेभीत्र मृत्यु भएकाको परिवार, अंगभंग र निको नहुने किसिमको रोग लागेका पीडितले पाउने बीमावापतको क्षतिपूर्तिका विषयमा केन्द्रित छ । तोकिएको तीन महिनाको अवधिमा बीमा नविकरण नभए पनि क्षतिपूर्ति पाइन्छ । सरकारले व्यवस्था गरेको गरेको ग्रेस पिरियड अर्थात मोहलत अवधिबारे तयार पारिएको रिपोर्ट कार्यक्रममा सुन्न सकिन्छ । त्यस्तै, बीमा नविकरण नभएकाले पाउने क्षतिपूर्ति दिने काममा भइरहेका प्रगति र प्रक्रियाबारे वैदेशिक रोजगार विज्ञ सुशील ढुंगानासँग गरिएको कुराकानी तथा नियमित स्तम्भ दिदीबहिनीका कुरामा बीमा लिन भुक्तमान खेपेकी सिन्धुलीकी मनमाया अस्थानी मगरका कुरा कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर, राउण्ड अपका साथै तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।

  • 17 Oct, 2017

    देश परदेश अंक २७७

    कार्यक्रम देश परदेशको अंक २७७ परदेशी र घरबासीले कसरी तिहार मनाउँदैछन् भन्ने विषयमा केन्द्रित छ । तिहारको अवसर पारेर परदेशीसँग जोडिएका विषयमा तयार पारिएका सामग्री कार्यक्रममा समेटिएका छन् । प्रविधिका कारण चाडवाड मनाउने फेरिएको तरिकाबारेको रिपोर्ट कार्यक्रममा सुन्न सकिन्छ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा लामो समयपछि माइती परदेशबाट घर फर्केपछि चेलीको खुसी र वर्षौंदेखि भाइटिका लाउन नपाएकी चेलीका व्यथा समेटिएको सामग्री सुन्नुहुनेछ । सधैंजस्तै हप्ताभरीका वैदेशिक रोजगार गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ ।

     

  • 10 Oct, 2017

    ​देश परदेश अंक २७६

    कार्यक्रम देश परदेशको अंक २७६ वैदेशिक रोजगारीका क्रममा हुने मृत्यु, त्यसले परिवारलाई पर्ने पिडाका विषयमा केन्द्रित छ । खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्किराम्चेका रदेश राईको भदौ २१ गते मलेसियामा सुतेकै ठाउँमा ज्यान गयो । उनको शव भदौ ३१ गते काठमाडौं ल्याइयो । काठमाडौंबाट खोटाङको लिच्किराम्चे गाउँसम्म रदेशको शव पछ्याउँदै जाँदा जे जे देखिए, तिनै कुरा कार्यक्रममा समेटिएका छन् । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंका गुनासा, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 03 Oct, 2017

    ​देश परदेश अंक २७५

    कार्यक्रम देश परदेशको अंक २७५ वित्तीय साक्षरता र यसको प्रभावकारिताको विषयमा केन्द्रित छ । यसै विषयमा वित्तीय साक्षरता विज्ञ विनोद अधिकारीसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । वित्तीय साक्षरतापछि कैलालीका महिलाको फेरिएको जीवनशैलीका विषयमा तयार पारिएको सामग्री कार्यक्रममा समेटिएको छ । त्यस्तै, नियमित स्तम्भ दिदीबहिनीका कुरामा पैसाको हरहिसाब राख्ने रामेछापका महिलाको बानीले परदेशी र घरबासी बीचको अविश्वास कसरी घटाउँदैछ भन्ने विषयमा तयार पारिएको सामग्री सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर, राउण्ड अप र तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

  • 26 Sep, 2017

    ​देश परदेश अंक २७४

    कार्यक्रम देश परदेशको अंक २७४ क्रम दसैँ, दसैँसित जोडिएका परदेशी र उनीहरुका परिवारका कुरामा केन्द्रित छ । दसैँको अवसर पारी छुट्टि लिएर विदेशबाट फर्केकाहरुको कुरा कार्यक्रममा सुन्न सकिन्छ । युएई, कतारलगायतका देशमा किन दसैँ मनाइन्न भन्ने सामग्रीसँगै नियमित स्तम्भ दिदीबहिनीका कुरामा दसैँ मान्न गाउँ फर्कन नपाएकाहरुको आमाका अनुभव सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर, राउण्ड अपका साथै तपाई्रंको गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 
     

विशेष

Notice, Press Release

आफन्त, साथीभाइलाई सन्देश

  • जन्मदिनको शुभकामना !!

    पठाउनेः अमोश बराल / तोमिसातोउ-सि चिवा जापान पाउनेः समीर बराल

  • सबैलाई मनभित्र देखि याद गरेको छु।

    पठाउनेः गोबिन्द पन्थी / साउदीअरेबिया पाउनेः बाबा आमा / मदाने गाउँ पलिका - ७ , भन्भने गुल्मी

सबै हेर्नुहोस
Download

मेरो पनि भन्नु छ

  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

    प्रकाश थापा / युएई
  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो। बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया
  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः -भाषाको समस्या,  -भनेको काम नभइ अर्को काममा लगाउने, -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ, -तोकेको सेलरी भन्दा कम, -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब
  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
सबै हेर्नुहोस
Mobile App