MENU

आफन्त, साथीभाइलाई सन्देश

  • नमस्कार !

    पठाउनेः हेमन्त कुमार आले मगर / साउदी अरब पाउनेः घर परिबार/ राजंघाट गाबिस वडा नं ८, सर्लाहि

    नमस्कार, मेरो नाम मिलन आले मगर हो । म अहिले साउदीमा छु । मेरो घर सर्लाहि राजंघाट गाबिस वडा नं ८ । मेरो संदेस मेरो घर परिबारलाई छ । धेरै सम्झेको छु । म यहाँ आरामै छु । मेरो चिन्ता नलिनूस् भन्न चाहान्छु । 

  • शुभ विजया दशमी २०७३ सालको शुभकामना !

    पठाउनेः मातृका चाम्लिङ /मलेसिया पाउनेः बुबा,ममि ,भाइ /खोटाङ च्यास्मिटार

    शुभ विजया दशमी २०७३ सालको शुभकामना दिनु पर्दा मेरो घर खोटाङ च्यास्मिटारमा रहनु हुने मेरो बुबा,ममि ,भाइ केशिराज,लेख राज,दिपा,हिमा दिप्रेन्द,चन्द्र  सीता ,नाइस गल ,साथै नेपालम रहनु  मिडिया प्रेमिसाथिहरु निस्चल निर्मला,प्रजु पोखरेल, लोक माया, हिमल फ म, बिक्रम, बिना, दूध कोशी फ म, दमन राई, उजिर कार्की, ओम भक्त थुलुङ र विदेशमा रहनु हुने  आत्मिय साथिहारु प्रकश लिम्बू, कमन्सिह, प्रकश भन्डारी, चन्द्र, टङ्क, धनपती, सन्तोस राया, सन्तोष दहाल, केबि मगर, धिराज राइ, धनु बिष्ट, दिपक इलामेली, निर्मल चम्लिङ, मितेरी बस्ती परिवार , दुर्गा रिमाल, रोहित आशा गुरुङ,,कला राई,,मोहन भन्डारी, चाहाना दुमि, रेनु, पानु, हिमा,  बरुन चन्चले लाई 

    टीका होस निधारमा
    जमरा होस कानमा सुख होस परिवारमा शान्ती होस देशमा पुरा होस मनोकामना,
    यही छ वीजया दशमी २०७३ सालको शुभकामना
     

  • जन्म दिनको शुभकामना!

    पठाउनेः प्रितम कौशल/ दुबई पाउनेः अंमृता कौशल/ गुल्मी अर्खाबाङ वाड न. ७

    मेरो बुवा आमा दिदीबहिनि तथा दाजुभाइ सबैलाई मिठो सम्झाना। म यहाँ सन्चै आरामै भऐको जानकारी गराउँछु ।

    विषेश, मेरो श्रीमती अंमृता कौशलको जन्म दिन परेकोले हार्दिक शुभ कामना छ। आज मिति २०७३/६/१२/ गतेको दिन १९ पुगे र २० सालमा पाईला टेकेकोमा तिम्रा हरेक पाइलामा सुख शान्ति रहोस् भन्ने कामनम सहित,  जन्म दिनको धेरै शुभकामना! म उहीँ सात समुद्र पारिबाट, प्रितम कौशल।

     

  • विजया दशमी २०७३ को हार्दिक मङ्गलमय शुभकामना ।

    पठाउनेः चन्द्र भट्टराई /कोतादमनसारा, मलेसिया पाउनेः घर परिवार /इलाम फुटुक

    मेरो घर परिवार ईलाममा रहनु हुने सम्पुर्ण सदस्यहरु अनि ताप्लेजुङमा हुने काका काकी अनि बडाउ बडिआमाको परिवार साथै झापामा रहनु भएका मेरो सानिमा अनि काकाको परिवार त्यसपछी मलेसियामा सँगै बस्नु भएका मेरा सम्पूर्ण मित्रहरू सन्तोष ,बिक्रम दाइ, सेल्कर, श्रीराम, भाष्कर, जब्बुर, सन्तोष दाहाल, अरबिन, प्रकाश, टङ्क, मातृका, धनपती अनि डेङ्किलमा हुने सम्पूर्ण मित्रहरु साथै अरु देशमा रहनु हुने सम्पूर्ण गाउँले मित्रहरु लगायत मेरो गाउँ इलाम फुटुक निबासी सम्पूर्ण गाउँले दाजुभाइ अनि दिदिबहिनीहरुमा विजया दशमी २०७३ को हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।

     

     

     

  • परदेशिको शुभकामना।

    पठाउनेः सालिक थापा, (इन्डियन आर्मि) पन्जाब पटिएला पाउनेः गुल्मी जिल्ला, बिशुखर्क गाबिस, वडा न: ३, ओलिवाङ्ग

    फूले होला मखमली बारिमा, पाके होला केरा नि घारिमा, दशैं तिहार आउँदा, घर आउन मन लाउदा, रुन्छ मन बेसरी छुट्टी नपाउदा , चाड बाड नजिकिदै छ। तर के गर्नु ?  मन भरी त कति सपना थिए नि परिवार र साथी सगँ रमाएर बस्ने। गरीबीले टाढा बनायो। पोहोर साल पनि तेस्तै भो, अहिले नी तेस्तै भो, आसै आसमा बित्यो दिन। अर्को साल सगैँ मनाउला जे जस्तो भए पनि हजुरहरुले राम्रो सगँ मनाउनु होला।

  • जोसुकैले जेसुकै भनेपनी मलेसियामा आरामै छु!

    पठाउनेः खेम हुमागाईँ / क्वालालम्पुर, मलेसिया पाउनेः बुबा-आमा, ईलाम नगरपालिका-५

    मेरा सम्पूर्ण घर परिवार (बुबा,आमा, हजुरबुबामा दण्डवत, प्यारी श्रीमतीमा माया साथै नावालक छोरा #Sugam लाई मीठो सम्झना/माया) बुहारी (भाइ) दुर्गा अनि लगायत दिदि-भिनाजु, बहिनी-ज्वाइँ, काका-काकी, भाइ-बहिनी लगायत गाउँघर सबै ईस्टमित्र तथा मान्यजनहरु सबैमा यो छोटो संदेश मार्फत सम्झना पुर्याउन चाहान्छु।

  • सबैलाई सम्झना।

    पठाउनेः चन्द्र भट्टराई "रुद्र" / कोतादमनसारा मलेसिया। पाउनेः बुबा / शान्तिडाडा-१,फुटुक, इलाम, नेपाल ।

    इलाम जिल्ला को शान्तिडाडा गाबिस वडा न १ फुटुक निबासी मेरो पुजनिय बुबा, मेरि प्यारी श्रीमती,  छोरा निशान अनि छोरी निरुता साथै भाइ बुहारीहरु लगायत सम्पूर्ण आफन्त अनि विदेशी भुमिमा रहदा पनि बारम्बार याद आइरहने आदरणीय सुर्य दाइ, झरिन्द्र दाइ, गिरि दाइ, भाइ झरेन्द्र अनि मेरा छिमेकी काका  काकी लगायत सम्पूर्ण फुटुकबासीलाई म सम्झिन चाहान्छु। र म मलेसियामा आराम रहेको जानकारी पनि गराउन चाहान्छु।

  • मैले तिमिहरुलाई निक्कै मिस गरेको छु।

    पठाउनेः सचिन बराल 'अमोस', जापान पाउनेः साथीहरु, पोखरा

    म यहाँ सञ्चै छु। त्यहाँ पनि सबै आरामै छौहोला भन्ने आसा गरी बसेको छु। जब सम्म नेपालमै बसियो संगै पढियो त्यति बेला निक्कै झगडा गरियो तर साथिहरु यो परदेशको ठाउँमा आइसकेपछी पो थाहा हुदो रहेछ ,आफ्ना को पराया को ? साथिहरु तिमीहरु के गर्दैछौ ? मैले तिमिहरुलाई निक्कै मिस गरेको छु र म चाँडै नै नेपाल आउदै छु।

  • फेरि भेटौंला।

    पठाउनेः मातृका चाम्लिङ, मलेसिया पाउनेः लेखराज/ खबिराज चाम्लिङ, खोटाङ च्यास्मिटार-४ किरात टोल दाल्फु

    मेरो पापा ममिमा गोडाढोग र भाइ बहिनीमा न्यानो माया। साथै मामा मावली छरछिमेक अनि मेरो आफन्त साथीमा दर्शन  नमस्ते। घरमा फोन गर्न पाएको छैन। घरमा के कस्तो छ ? खेती कस्तो भयो ? बाध्याताले परदेशिएको छु। डिउटी  सधै  बङ्कर भित्र गर्नुपर्छ।  बाहिर निस्कन समय मिल्दैन। मरिने हो कि बाँचिने थाहा छैन। गाउँको र साथीभाइसँग हिडेको याद आउँछ। गाउँमा बिताएको रमाइलो दिनको यादले सधैं सताउँछ। परदेशमा गाह्रो हुँदो रहेछ। 

  • कृपया फोन सम्पर्कमा आउन अनुरोध गर्दछु।

    पठाउनेः प्रितम कौशल, दुबई पाउनेः बुवाआमा, गुल्मी अर्खाबाङ वडा न: ७

    मेरो घरमा बुवाआमा, दिदीभाइ, श्रीमती सबैलाई सम्झाना छ र यहाँ म सन्चै आरामै भऐको जानकारि गराउँछु। र मेरो ससुरालीमा पनि नमस्ते भन्न चाहान्छु। फोन समपर्क हुन नसकेकोले, कृपया फोन सम्पर्कमा आउन अनुरोध गर्दछु।

आफन्त साथीभाइलाई सन्देश पठाउनुहोस्

तपाई वैदेशिक रोजगारकाे सिलसिलामा विदेशमा हुनुहुन्छ ? तपाईका आफन्त साथीभाइ नेपालमा हुनुहुन्छ ? तपाई परिवार र साथीभाइ सन्देश, शुभकामना लेखेरdesh@unn.com.np मा पठाउनुहोस हामी उज्यालो अनलाइनमा प्रकाशित गर्नेछौं ।

तपाईले सन्देश उज्यालोको फेसबुक पेज https://www.facebook.com/Ujyaalo मा पठाउनुसक्नुहुन्छ।

Notice, Press Release
Download
Mobile App

तस्विर

कतारको अल्दफ्नामा एकै कम्पनीमा कार्यरत बिस नेपाली युवाको सुत्ने कोठा। तस्बिरः ‌ओम पराजुली/ कतार