MENU

मेरो कथा मेरो भोगाई

घर फर्काइदिन्छु भन्ने नेपालीनै पैसा लिएर भागेपछि अवैधानिक भएँ

थम्बल हमाल

मेरो घर कैलालीको बौनिया । उमेरले काम गर्न योग्य भएपनि कुनै काम पाएको थिइन । काम पाएका साथीहरु काम गरिरहेका थिए । अनि नपाएकाहरु विदेश जाँदै थिए । त्यसैले मैले पनि विदेश जाने सोचें र काठमाडौंको म्यानपावरमा कागजपत्र बुझाएँ । 

म्यानपावरले मलाई फर्निचरको काममा मलेसिया उडायो । मलेसिया उड्दै गर्दा मैले विदेश पुग्न पाएँ त पैसा कमाउँथे भन्ने सोचें । तर मलेसिया पुगेपछि सोचे जस्तो भएन । काम त भनेकै पाएँ तर बिदा नै दिँदैनथ्यो । एक पटक त उठ्नै नसक्ने गरी बिरामी परें । तर पनि बिदा पाइन । यसरी नै दुःख गरेर डेढ वर्ष जति काम गरें । तर बिरामी हुँदा पनि बिदा नपाएपछि भने मलाई त्यहाँ काम गर्नै मन लागेन र अर्को काम खोज्न थालें । 

काम खोज्ने क्रममा चितवनका एक जना नेपाली भेटिए । मलाई उनले अर्को ठाउँमा काम गर्नुभन्दा नेपाल फर्क म फकाईदिन्छु भने । उनले घर फर्काइदिन पैसा मागे । मैले पनि घर फर्किन पाउने भएँ भनेर पैसा बुझाएँ । पैसा बुझाएपछि ती नेपाली बेपत्ता भए । घर फर्किन पाउने आशामा मैले कहाँ बस्ने ? के काम गर्ने ? भन्ने नसोधी उसलाई पैसा दिएँ तर त्यही निर्णयले अहिले पछुतो लागिरहेको छु । ठगिइसकेपछि मैले मलेसियामा रहेका भिनाजुलाई भेटें । केही समय भिनाजुसँगै बसें । तर मसँग कागजपत्र केही छैन । त्यसैले अहिले अवैधानिक भएको छु ।

अवैधानिक भएर अहिले सेक्युरिटी गार्डको काम गर्दैछु । काम गरिरहे पनि अवैधानिक भएकाले समस्याहरु धेरै छन् । न नेपाल फर्किन पाएँ न त वैधानिक रुपमा काम गर्न नै पाएको छु । त्यसैले समस्यामा छु । 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू