MENU

मेरो कथा मेरो भोगाई

​नेपालीले दुःख पाएको दुतावासले देख्दै देख्दैन

मुना पाण्डे/गैंडाकोड ८, नवलपरासी

म दुई पटक रोजगारीका लागि विदेश गएँ । पहिला कुवेत अनि लेवनान । ७ वर्ष अघि घरेलु कामदारका रुपमा कुवेत गएँ । कुवेतमा घरमा काम गर्दा मैले राम्रोसँग खान लाउन पाइँन । अनि तलब पनि दिएनन् । केहि समय त राम्रो हुन्छ कि भनेर पर्खिएँ पनि तर समस्या उस्तै नै रहेपछि म घर छोडेर सहयोग खोज्न बाहिर निस्किएँ । सहयोग पाउने ठाउँमा पुग्नै नपाई मलाई प्रहरीले पक्रियो र जेलमा पुर्यायो ।

पक्राउ पर्दै गर्दा म धेरै आत्तिएको थिएँ । मैले गल्ती गरेंछु अब नेपाल फर्किन पाउँदिन होला भन्ने सोचें । तर जेलमा पुगेपछि म छक्क परें । यसरी पक्राउ पर्ने मात्रै होइन रहेछु । मलाई लगिएको जेलमा म जस्ता ३ सय भन्दा धेरै नेपाली देखें र भेटें । उनीहरु कोहि ६ महिनादेखि जेलमा परेका भन्दै थिए अनि कसैले दुई वर्ष हुँदा पनि निस्किन नसकेको सुनाए । यसले मलाई अझै हतास बनायो । तर लमजुङकी मुना नै नाम भएकी साथीले मलाई त्यतिबेला धेरै सहयोग गर्नुभयो । उहाँका आफन्तहरु पनि त्यहीँ रहेछन् । त्यसैले मुना जीकै आफन्तको सहयोगमा दुई महिनामा जेलबाट निस्किएर घर फर्किएँ ।

त्यसपछि म फेरि घरेलु कामदारकै रुपमा लेवनान गएँ । लेवनानमा पनि कुवेतकै जस्तो समस्या दोहोरियो । लेवनानमा म धेरै ठूलो परिवार भएको घरमा परें । त्यहाँ मैल २०÷२१ घण्टासम्म काम गरें तर तलव चाहिँ नदिने । केहि समयपछि मेरा हात दुख्न थाले । त्यसपछि म सक्दिन भनेर रोएँ अनि नेपाल फकाइदिन आग्रह गरें । म धेरै रोएपछि उनीहरुले बल्ल बल्ल नेपाल फकाइदिए । 

यदी हाम्रो नेपाली दुतावासले यसरी अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गरिदिने गरेको भए म र म जस्ता नेपालीले यस्तो दुःख पाउनै पर्दैनथ्यो । समस्यामा परेकाहरु दुतावासमा पुग्न सक्दैन रहेछन् । तर सयौंको सङ्ख्यामा नेपालीहरु समस्यामा परेको दुतावासलाई थाहा हुनुपर्छ । यदी आफ्ना नागरिकका बारेमा जानकारी राखिदिने हो भने उनीहरुले पनि नेपालीहरुलाई त्यस्तो व्यावहार गर्दैनथे होला ।

त्यसैले आशा गरौं अहिले दुतावासको यो व्यावहार फेरियो होला । यदी फेरिएको छैन र नेपालीहरुका समस्याहरुमा यसरी नै बेवास्ता गरिँदैछ भनेर दुतावासको यस्तो काम फेरिनु आवश्यक छ । 

(प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीबाट )

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स