MENU

मेरो कथा मेरो भोगाई

कम्पनीको लापरबाहीले औंला गुमाएँ तर क्षतिपुर्ती पाँइन

लेख बहादुर गुर्मछान/लालबन्दी,सर्लाही

-म ३ वर्ष मलेसिया बसेर केही दिन अघि घर फर्किएको छु । विदेश गएर धेरै कमाउँछु भन्ने सोचेर गएको थिएँ । केही कमाएँ पनि तर हातको एउटा औंला भने गुमाएर आएँ । 

म रबर कम्पनीमा काम गर्थें । मैले रबर पेल्ने मेसिन चलाउनु पर्थ्यो । जाम भइरहन्थ्यो । जाम भएपछि फलामको डण्डीले त्यसलाई सफा गर्नुपर्थ्यो । तर बिचमा व्यवस्थापन परिवर्तन भयो । व्यवस्थापन फेरिएपछि साहुले यदी मेसिनमा रबर अड्कियो भने फलामले निकाल्न नपाउने हातले नै निकाल्नुपर्ने नियम लगायो । म त्यही नयाँ नियमको सिकार भएँ । 

त्यो दिन म काम गर्दै थिएँ । मेसिनमा रबर अड्कियो । हातले रबर निकाल्न खोज्दा मेसिनले मेरो हातै तान्यो । हात जोगाउनलाई तान्ने हुँदा मेरो अम्लो चेपियो । मेसिनबाट निकाल्दा एउटा नसाले मात्रै औंला झुण्डिएको थियो । दुर्घटनामा परेपनि साहुले समयमै वास्ता नगर्दा म बेलैमा अस्पताल पुग्न सकिन । अस्पताल पुगेपछि डाक्टर उपचार त गरे तर मेरो ढिलो भएको भन्दै मेरो औंला काटिदिए । औंला काटियो तर कम्पनीले कुनै क्षतिपूर्ति दिएन । उपचारमा लागेको खर्च दियो तर औषधि र अस्पताल जाँदा आउँदाको खर्च दिएन । 

औंला काटिँदा म मलेसिया पुगेको १८ महिनामा मात्रै हुँदै थियो । त्यसैले त्यती बेलै फर्किंदा गएको ऋण तिर्न सक्ने अवस्था थिएन । त्यसैले दुई महिना उपचार गराएर ठिक भएपछि फेरि त्यही कम्पनीमा काम गर्न गएँ तर मेसिनको काम गरिन् । साहुलाई भनेपछि मेसिन सफा गर्ने काम दियो । त्यही काम गरेर तीन वर्ष पूरा गरेर म नेपाल फर्किएको छु । मेरो अंकलले नेपाल फर्किएपछि नेपालमा पाइने क्षतिपूर्तिका लागि पहल थाल्ने भन्नुभएको छ । त्यही भएर नेपालमा चाँही परदेशको जस्तो हुँदैन होला । मैले क्षतिपूर्ति पाउँछु होला भन्ने आशा छ ।

(सहयोगी समाज नेपालका उत्तरकुमार गुर्मछानसँगको कुराकानीबाट) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।