मंगलबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बढ्यो

 मंसिर १८, २०७५ मंगलबार १०:२८:३४ | उज्यालो सहकर्मी

काठमाडौं – लगातार घटेको रियाल, रिंगिट, दिर्हाम, दिनार, कोरियन वन लगायतका विदेशी मुद्राको भाउ मंगलबार केही बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६१  पैसा र बिक्रिदर ३० रुपैयाँ ७७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र बिक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ५० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ २६ पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ८५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया