MENU

मेरो कथा मेरो भोगाई

पहिले नकमाई फर्किएँ, अब विदेश जान परिवारले दिँदैनन्

दिपक गौतम/रामेछाप ।

लखनपुर २ को रिष्ठेमा मेरो स्थायी बसोवास छ । विदेश जानुभन्दा अघि राम्रैसँग किराना पसल, होटल अनि कुखुरापालन व्यवसाय गर्थें । दैनिक आठ हजारको व्यापार पनि हुन्थ्यो । तर पनि गाँउतिरका प्रायः सबै विदेश गएको देखेर मलाई पनि बिदेश जाने भुतले छोयो । 

काठमाण्डौंको कुपन्डोलमा रहेको एक म्यानपाव कम्पनीबाट २०६७ सालमा युएई गएँ । जेवलली फ्रिजोनमा रहेको चुरोट कारखानामा काम गर्थें । दैनिकी चुरोटमा सुर्ति राख्ने र फिल्टर राखेर बित्थ्यो । 

विस्तारै हेल्परको कामबाट मेसिन पनि चलाउन सिकें । अनि बढुवा भएर मेसिन अप्रेटर भएँ । मासिक २० हजार रुपैयाँ कमाउथें । बस्नको लागि कम्पनीले व्यवस्था गरेपनि खाना खर्च आफ्नै हुन्थ्यो । 

खाएर बाँकी रहेकोले जेनतेन मासिक खर्च मात्र पुग्थ्यो ।  कमाउन नसकेपछि घरबाट पनि दवाव आउन थाल्यो । बरु तेरो पैसा चाहिँदैन सकुशल नेपाल आइज भन्न थाले ।

३३ महिना बसेपछि घरको दवावका कारणले नेपाल फर्किएँ । जेनतेन त्यतिवेला लिएको ऋण तिरें । गाउँमा जग्गा सस्तै पाइने भएकाले थोरै जग्गा पनि जोडें । 
पहिलाको व्यवसाय केहि पनि थिएन । अनि फेरि पनि विदेश जानु पर्ने वाध्यता भयो । 

युएईमा कमाउन नसकेपछि यस पटक भने मलेसिया जाने साचें र जिनेलो ओभरसिजबाट २०७० सालमा मलेसिया हानिएँ । मलेसियाको केलाङसेलेङ्गरमा रहेको स्मार्ट ग्लोवस् कम्पनीमा नयाँ काम सुरु गरें । टेक्निसियनको काम पनि त्यति सजिलो थिएन । 

निक्कै तातोमा काम गर्नु पथ्र्यो ग्लोव्स कम्पनीमा । मासिक तलव सुरुमा ६ सय रिंगिट मात्रै थियो । ६ माहिना पछि बल्ल तलब बढेर ९ सय रिगिंट पुग्यो । 
आफु त पहिल्यै देखि खर्चालु सानैदेखि लागेको बानी कहाँ सजिलै जाँदो रहेछ र ! साथीभाइसँग चुरोट खाने, बेलुकी तास खेल्ने अनि टोटो काट्ने बानी लाग्यो मलेसियामा ।

तलव थोरै भएकाले महिना मर्नु अघि नै तलव सकिन्थ्यो । कहिले कहिँत उल्टै ऋण लाग्थ्यो । हुँदा हुँदै ३९ महिना बितेछ ।

कमाएर ल्यनाउन त के नेपाल फर्किने खर्च समेत भएन । धन्न पहिले नै ऋण तिर्नको लागि घरमा डेडलाख रुपैयाँ चाँहि पठाएको थिएँ । 

कमाउन नसकेपछि फेरिपनि घर आउन दवाव आयो । घर आउन पैसा छैन भनेपछि घरबाट पैसा झिकाएर २०७३ असारमा घर फर्किएँ । 

अब त विदेश जान पनि परिवारले दिँदैनन् । कमाउँछ भन्ने विश्वास गर्न छाडे । दुई छोरा र एक छोरी हुर्किंदैछन् । परिवारसँगै यहिँ खेती गरेर बस्छु । 

(सुरक्षित आप्रवासन परियोजना अन्र्तगत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका कार्यक्रम अधिकृत सागर बिक्रम बस्नेतले गरेको कुराकानीमा आधारित)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू