MENU

मेरो कथा मेरो भोगाई

वित्तीय साक्षरता कक्षाले मेहनती बन्न सिकायो

इन्दिरा मुग्राती/दिक्तेल,खोटाङ

मेरो २ छोरी, १ छोरा अनि हामी श्रीमान्, श्रीमती गरी पाँच जनाको परिवार छ । श्रीमान् वैदेशिक रोजगारीका लागि अहिले साउदीमा हुनुहुन्छ । घरमा आफूसँग भएको जग्गा जमिनबाट उत्पादन हुने कमाइले खान लगाउन र बच्चाबच्चीलाई पढाउन नपुगेपछी विदेश जानै पर्ने बाध्यता आयो । श्रीमान् विदेश गएपछी के गर्ने केहि योजना थिएन मसँग । तर श्रीमानले विदेशमा आशा गरे जस्तो कमाई गर्न सक्नुभएन  ।  श्रीमानले बिदेशमा कमाएको पैसाले घर खर्चनै धान्न समस्या भइरहेको थियो मलाई ।

विदेशको कमाइले घर धान्नै मुस्किल त भएकै थियो आफूसँग भएको जग्गा कमाउन पनि समस्या भइरहेको थियो । कारण के थियो भने जग्गा जोत्न कोहि पाइँदैनथ्यो । एकातिर श्रीमानको कमाई भएन अनि घरतिर छोराछोरी सानासाना त्यसैले खेती गर्न पनि धेरै समस्या भयो । यसैबिचमा मेरो गाँउमा सुरक्षित आप्रवासन परियोजना अन्र्तगत वित्तीय साक्षरता कक्षा सञ्चालन हुने भयो । म पनि त्यो कक्षामा सहभागी भएँ । 

वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि मेरो जीवन बिस्तारै फेरियो । त्यसपछि त मलाई हरेक समस्याको समाधान आफैंसँग हुँदो रहेछ भन्ने लाग्यो । यो कक्षामा सहभागी भएपछि मैले आफ्ना समस्याका बारेमा परिवारका अरुसँग पनि छलफल गर्न थालें । अरुलाई नसुनाउँदा समस्याका उपायका बारेमा थाहा नहुने रहेछ । अरुलाई सुनाएपछि समस्याका समाधान गर्ने उपाय पनि थाहा हुँदो रहेछ । त्यसपछि त मैले समस्याको समाधान मात्रै खोजिन आम्दानी र खर्चको हिसाब किताब पनि राख्न थालें । 

गाउँकाले त नपढेपछि केहि गर्न सकिँदैन भन्थे तर छोराछोरीले पढेपछि त्यति धेरै समस्या पर्दो रहेनछ । साक्षरता कक्षापछी घरपरिवारमा सल्लाह गरेर श्रीमानले कमाएको थोरै पैसा जम्मा गरेर व्यावसायिक तरकारी खेती गर्न थालें । आफूलाई घर खर्चका लागि चाहिने नुन, तेल र मसला अनि बच्चाहरुलाई कपी कलमको पनि आफ्नै पैसाले किनिदिन थालें । 

साक्षरता कक्षापछि खेत जोत्ने मान्छे नपाउने समस्या पनि बिस्तारै कम भयो । किनभने यसअघि रहेको छोरी मान्छेले हलो जोत्नु हुदैँन सोच पनि फेरियो । त्यसपछि त  आमा छोरी नै भएर हलो पनि जोत्न थाल्यौं । बिग्रिसकेको घर ब्यबहार विस्तारै राम्रो हुन थाल्यो । अहिले घरखेती कै आम्दानीबाट खान लगाउन पुगेको छ भने श्रीमानको थोरै कमाइलाई बैंकमा खाता खोलेर जम्मा गरिरहेको छु  । अनि तरकारी बेचेर हुने थोरै थोरै कमाई पनि बचाउन थालेको छु । अब त वैदेशिक रोजगार बन्द नै भएपनि श्रीमानसहित परिवारमा बसेर ब्यबसायिक तरकारी खेती गरेर सुःखसँग परिवार पाल्न सक्छु भन्ने आँट आएको छ । 

बाल सेवा समाज,नेर्पा खोटाङ अन्तर्गत सुरक्षित आप्रवासन परियोजना (विद्यालय तथा आम सञ्चार कार्यक्रम) अन्तर्गत वित्तिय साक्षरता कार्यक्रम सहजकर्ता कमला खतिवडाले गर्नुभएको कुराकानीबाट

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान