मेरो कथा मेरो भोगाई
रेष्टुराँको भाँडा माझ्नेदेखि पाँच तारे होटलको काम
- Thursday, Dec 22, 2016
- 15:54 PM (1 year ago)
- Total Views: 11.7 K
तिलक जिसी, लोहारपानी दाङ/हाल, केपटाउन, साउथ अफ्रिका ।

पहाडको मेरो घरबाट विद्यालय जान धेरै समस्या थियो । त्यसैले चाहेर पनि सोचेजति पढ्न सकिएन् । त्यसमाथि देशमा भएको द्वन्द्व र हिंसाले घरमा सुखले बस्न पाइएन ।
द्वन्द्वका कारण र भनेजस्तो पढ्न नपाएपछि भारत हिँडे । आफ्नो मान्छे खोज्दै दिल्ली पुगेँ । दिल्ली पुगेको दुई चार दिनपछि भाँडा माझ्ने काम गर्न थालें । तर मलाई त्यो काम गर्न मन थिएन् । एक मनले त आफ्नै देश फर्केर केही गरौं जस्तो लागेको थियो ।
तर देश फर्केर पनि केही काम गर्नका लागि आफूसँग सीप र पढाइ थिएन । अरुको काम गरेर साँझबिहान टार्ने चालम किन्ने पैसा आउँदैन् । अर्कातिर मनमा नयाँ योजना पनि थियो ।
भाँडा माझेर सेफ बन्ने सपना देख्न थालेको थिएँ । सेफ बन्ने लक्ष्य लिएर अगाडी बढ्ने कोशिष गरेँ । केही समयमै खाना बनाउन सिकें । त्यसपछि भने अलि साहस पलायो । रेष्टुरेन्टमा काम गर्दा गर्दै पाँच तारे होटलमा काम गर्न मन लाग्यो । अब अर्को मेरो लक्ष्य पाँच तारे होटलमा काम गर्नु थियो । मेरा भिनाजु हेमराज केसीको सहयोगमा त्यो लक्ष्य पनि पूरा भयो ।
मैले भारतमा नै तीन वटा पाँच तारे होटलमा काम गरें । त्यसपछि भारतभन्दा बाहिर गएर काम गर्नुपर्छ भन्ने मनमा लाग्न थाल्यो । तर सोच्ने बित्तिकै अरु देशमा काम गर्न जान सजिलो थिएन । अरु देशमा जाने भनेर पैसा पनि धेरै नै फसाएँ । धेरै कोशिष पछि म हिजोआज साउथ अफ्रिकाको केप टाउनमा काम गर्दै छु ।
मेरो कथा मेरो भोगाई
तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।
विशेष
समाचार
-
घर फर्कने पैसा नभएर मलेसियामा अलपत्र परेका ३० नेपालीको उद्धार
काठमाडौं, वैशाख १३ – मलेसियाको पेकेनेनास घरफिर्ती केन्द्रमा अलपत्र परेका ३० नेपालीको उद्धार भएको छ ।
-
दूतावासले मलेसियाको पाहाङ राज्यमा रहेका नेपालीसँग अन्तरक्रिया गर्ने
वैशाख १३ – मलेसियाको नेपाली दूतावासले पाहाङ राज्यमा काम गर्ने नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ ।
-
साउदीमा मृत्युदण्डमा पाएका उमेशलाई माफी दिन पीडित परिवार तयार
काठमाडौं, वैशाख १३ – पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदी अरबमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई माफी दिन पीडित परिवार तयार भएको छ ।
-
कतारमा अलपत्र तीन नेपालीको पत्रकार महासंघको पहलमा उद्धार
काठमाडौं, वैशाख १३ – कतारमा अलपत्र परेका ३ जना नेपालीको उद्दार भएको छ ।
काम लाग्ने संघ सस्था
- मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) More
- श्रम तथा रोजगार मन्त्रालय More
- प्रवासी नेपाली समन्वय समिति More
- नेपाली दुतावास, मलेशिया More
रेडियो कार्यक्रम
-
देश परदेश ३०४
कार्यक्रम देश परदेशको अंक ३०४ परदेशीका परिवारले आम्दानी, खर्च र लगानीका बारेमा जानकारी पाएपछि उनीहरु...
Download Podcast -
देश परदेश ३०३
Download Podcast -
देश परदेश ३०२
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस