कोरियन वन र कुवेती दिनारको भाउ बढ्यो

 पुस २, २०७५ सोमबार ११:१:४७ | उज्यालो सहकर्मी

काठमाडौं – सोमबार कोरियन वन र कुवेती दिनारको भाउ केही पैसा बढेको छ । तर रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ भने स्थिर छ । 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा र बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७७ रुपैयाँ ३७  पैसा छ भने बिक्रिदर ३ सय ७९ रुपैयाँ ३५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०४ रुपैयाँ ३१ पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया