MENU

मेरो कथा मेरो भोगाई

​दुनियाँले यहीँ गर्दा भको छ भने म किन विदेश जाने ?

सन्तोष जोशी, लालबन्दी सर्लाही

म सन् २००३ मा पहिलो पटक विदेश गएको हो । अहिले २०१६ पनि सकिन लाग्यो । १३ वर्ष भनेको चानचुने समय होइन । तर अहिले आफैंलाई यो समय त्यतिकै 

खेर गयो भन्ने लाग्यो । विदेशको यात्रा सुरु गर्ने बेलामा नेपालमा गर्नलाई के छ र भन्ने लाग्यो । त्यही भएर विदेशिएँ । विदेशमा त कमाइ भइहाल्छ नी भन्ने अरु जस्तै मेरो पनि सोचाई थियो । 

यो क्रम अहिलेसम्म पनि चलिरहेको थियो । तर पछिल्लो पटक ५ वर्ष विदेश बसेर फर्किएपछि भने मेरो मन पुरै फेरियो । म विदेश जाँदा गाउँमै केही गरिरहेकाहरु प्रगति गरिरहेका छन् । त्यो कुरा १३ वर्ष विदेश बसाइ जाँदा लागेको ऋण तिर्न र घर खर्चमै ठिक्क भएपछि मात्रै सोचें । त्यही भएर विदेश जाने सोच त्यागेर ग्रील उद्योग सुरु गरें । 

भर्खरै सुरु गरेको छु । त्यसैले लगानी भइरहेकाले अहिले नै लगानी यति भयो भनेर हिसाब गरेको छैन । तर सुरुवात राम्रो भएको छ । अहिले यो ग्रील उद्योगमा मैले अरु मान्छे राखेको छैन । यसका लागि गर्नुपर्ने काम गर्न हाम्रै परिवारमा पुग्ने मान्छे छन त्यसैले अरु मान्छे नराख्ने सबै काम आफैं गर्ने निधो गरेको छु । 

विदेशमा धेरै दुःख गरें , त्यो पनि १३ वर्ष तर खै त अहिले मसँग के छ ? कमाएर जमाउन सकिन । यदी जमाउन नसक्ने हो भने परिवारभन्दा टाढा परदेशमा एक्लै किन बस्ने ? त्यसैले अब विदेश नजाने अठोट गरेर यहीँ व्यावसाय सुरु गरेको हुँ । दुनियाँले यहीँ गर्दा भको छ भने म किन विदेश जाने ? 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • ओमानमा रहेको नेपाली दूतावासको शेल्टरमा १७ जना महिला, दसैँमा राजदूतद्वारा टीका तिहारमा सेलरोटी

    उमाकान्त पाण्डे/उज्यालो । युएई, कात्तिक ३ – राम्रो काम र दाम पाउने आशामा दुबई पुगेका १७ जना महिला अहिले ओमानमा रहेको नेपाली दूतावासको शरणमा छन् । ओमानको मस्कटमा रहेको नेपाली दूतावासको सुरक्षित आवास गृहमा रहेका १७ महिलाहरु अवैधानिक रुपमा ओमान पुगेका हुन् ।

  • नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्कंदै

    कात्तिक ३– परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा एमालेले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो ।

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।