MENU

मेरो कथा मेरो भोगाई

​दुनियाँले यहीँ गर्दा भको छ भने म किन विदेश जाने ?

सन्तोष जोशी, लालबन्दी सर्लाही

म सन् २००३ मा पहिलो पटक विदेश गएको हो । अहिले २०१६ पनि सकिन लाग्यो । १३ वर्ष भनेको चानचुने समय होइन । तर अहिले आफैंलाई यो समय त्यतिकै 

खेर गयो भन्ने लाग्यो । विदेशको यात्रा सुरु गर्ने बेलामा नेपालमा गर्नलाई के छ र भन्ने लाग्यो । त्यही भएर विदेशिएँ । विदेशमा त कमाइ भइहाल्छ नी भन्ने अरु जस्तै मेरो पनि सोचाई थियो । 

यो क्रम अहिलेसम्म पनि चलिरहेको थियो । तर पछिल्लो पटक ५ वर्ष विदेश बसेर फर्किएपछि भने मेरो मन पुरै फेरियो । म विदेश जाँदा गाउँमै केही गरिरहेकाहरु प्रगति गरिरहेका छन् । त्यो कुरा १३ वर्ष विदेश बसाइ जाँदा लागेको ऋण तिर्न र घर खर्चमै ठिक्क भएपछि मात्रै सोचें । त्यही भएर विदेश जाने सोच त्यागेर ग्रील उद्योग सुरु गरें । 

भर्खरै सुरु गरेको छु । त्यसैले लगानी भइरहेकाले अहिले नै लगानी यति भयो भनेर हिसाब गरेको छैन । तर सुरुवात राम्रो भएको छ । अहिले यो ग्रील उद्योगमा मैले अरु मान्छे राखेको छैन । यसका लागि गर्नुपर्ने काम गर्न हाम्रै परिवारमा पुग्ने मान्छे छन त्यसैले अरु मान्छे नराख्ने सबै काम आफैं गर्ने निधो गरेको छु । 

विदेशमा धेरै दुःख गरें , त्यो पनि १३ वर्ष तर खै त अहिले मसँग के छ ? कमाएर जमाउन सकिन । यदी जमाउन नसक्ने हो भने परिवारभन्दा टाढा परदेशमा एक्लै किन बस्ने ? त्यसैले अब विदेश नजाने अठोट गरेर यहीँ व्यावसाय सुरु गरेको हुँ । दुनियाँले यहीँ गर्दा भको छ भने म किन विदेश जाने ? 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • युएईमा काम गर्ने समय घटाइयो

    मिनिस्ट्री अफ ह्युमन रिसोर्सका अनुसार निजी क्षेत्रमा काम गर्नेहरुका लागि रमदान महिनाभर काम गर्ने समय दुई घण्टा घटाइएको हो । दैनिक काम गर्ने समय घटेपनि तलब भने नकटाइने बताइएको छ ।

  • सात महिनामा पनि विदेश पठाउन नसकेपछि पैसा फिर्ता

    विदेश जान पैसा बुझाएका कैलालीका चार जनाले सात महिनापछि एजेण्टबाट पैसा फिर्ता पाएका छन् । कैलालीकै टिकापुर नगरपालिका–४ इन्द्रैयाका रामा चौधरीलाई २५ हजार रुपैयाँ, कुलवीर चौधरीलाई ८५ हजार रुपैयाँ, शेषराज चौधरी र जीतबहादुर चौधरीलाई ९०/९० हजार रुपैयाँ एजेन्टले फिर्ता दिएका छन् ।

  • इलाममा पासपोर्ट बनाउनेको संख्या वर्षेनी घट्दै

    जेठ ११ – इलाममा पासपोर्ट बनाउनेको संख्या घट्दै गएको पाइएको छ । गएका तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा पछिल्लो समय पासपोर्ट बनाउनेको संख्या घट्दै गएको हो ।

  • ​ दिनार र रिंगिटको मूल्य बढ्यो, रियाल, दिर्हाम स्थिर

    काठमाडौं, जेठ ११ – नेपाल राष्ट्र बैंकले बिहीबारतोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ ।

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स