दुई महिनापछि चापाकाेटका युवाकाे शव नेपालमा

 पुस ३, २०७५ मंगलबार १२:५८:१८ | रासस

पाल्पा – धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७, केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महिनापछि नेपाल भित्रिएको छ । 

आठ महिनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गएको कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिनुभएको मृतकका आफन्त शङ्कर पोखरेलले बताउनुभयो । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेकाले गैरेको शव नेपाल ल्याउन ढिला भएको हो ।सोमबार चापाकोट नगरपालिका– ७, को साँखरस्थित कालीगण्डकी किनारमा गैरेको दाहसंस्कार गरियो । 

कम्पनीले बिदाका समयमा गैरेको मृत्यु भएको भन्दै कुनै पनि सहयोग नगरेपछि शव नेपाल ल्याउन समस्या परेको आफन्तले जनाएका छन् । गैरेका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनको निधनले गाउँ नै शोकमा डुबेको छ ।
 

तपाईको प्रतिक्रिया