MENU

मेरो कथा मेरो भोगाई

विदेशमा हुँदा कमाउने होइन बाँचेर घर फर्किने चिन्ता हुन्छ

मधु मगर/कुवेत ।

देशमा चलेको द्वन्द्वमै कति दिदी बहिनीले श्रीमान् गुमाए । अनि, कतिले आफ्नो अस्तित्व नै गुमाए । कोहि सुन्दर सपना बोकेर परदेशतिर लागे । 

उनीहरुको सपनामा देशमै दलालको झुट् मिसिइसकेको हुन्छ । तरपनि परदेशमा कमाउने आस जागै रहन्छ । जव परदेशमा समस्या पर्न थाल्छ अनि कमाउने होइन बाँचेर घर फर्किने चिन्ता सुरु हुन्छ ।

गएको महिना सिन्धुपाल्चोककी एक महिला यस्तै समस्या छिचोल्दै नेपाल पुगिन् । दुईजना बालबच्चाको भविश्यका लागि कमाउन कुवेत आएकी उनलाई तिनै बालबच्चासित भेट नहुने चिन्ताले पिरल्यो । 

घर मालिकले गर्ने अत्यचारले बाँच्ने रहर मार्दै गएकी थिइन् । दिनहुँको यातना सहीसक्नु थिएन । उनलाई लागेको थियो जीवनको अन्त्य यहिँ हुने रहेछ ।

केहि नलागेपछि फेसबुकमा आफ्नो पीडा सुनाइन् । केहि सञ्चारमाध्यममा खबर प्रकाशन भयो । सञ्चारकर्मीले नै हामीलाई उद्दारका लागि आग्रह गरे । अनि, म लगायत यहाँका सहयोगी सामाजसेवीको सहयोगमा बहिनीको उद्धार भयो र नेपाल फर्काउन सफल भयौं । 

यनी जस्ता धेरै नेपाली चेलीहरु आजपनि दर्दनाक पीडा भोग्न बाध्य छन् । घरेलु काममा आउने चेलीका पीडा घरभित्रै थुनिन्छन् । उनीहरले सहयोग त के आफ्ना पीडा सुनाउने मान्छे समेत पाउँदैनन् । 

परदेशमा मनैदेखि सहयोग गर्नेहरु थोरै छन् । यहाँ कस्ले गर्छ उद्वार ? जबकी आफ्नो स्वार्थ पुरा गर्न लिप्त हुनेहरु बढी छन् । नेपाली नै नेपालीलाई लुट्न पछि पर्दैनन् । पीडितको उद्धार गर्दा एजेन्टले धम्की दिन्छन् । मैले पनि यस्तो धम्की खेपेको छु । 

नेपालमा एजेन्टले लुट्छन्, परदेशमा घर मालिकले । अनि यीनै पीडा सुनाउँदा सहयोगीको नाममा आउने नेपालीले पनि । यसरि दुःख दिने ६० केडि तलब खानेदेखी उच्च तहसम्मका छन् । 

मैले फेरि खाडी मुलुकमा नेपाली महिला पठाउने कुरा सुन्दै छु । यो सरासर गलत हो । पहुँचवालाका छोरीचेली खाडी मुलुक जानु पर्दैन भनेर गरीबका छोराछोरी मार्ने अधिकार सरकारलाई छ र ! 

सरकारले देशमा रोजगारीको वातावरण मिलाउने कि जोखिममा परदेश धकेल्ने ? के सरकारमा बस्ने मान्छेहरुलाई थाहा छैन त यहाँ समस्या छ भन्ने ? हैन भने तीनको के स्वार्थ छ ? 

यदि नेपाली महिलाको भलो चाहने हो भने घरेलु काममा पठाउनै हुँदैन । के नेपालमा हुने  महिला अधिकारकर्मीले थाहा पाएका छैनन् परदेशी महिलाको पीडा । होइन भने किन चुपचाप ? के स्वार्थ छ तिनको ?

महिलाको हकहितका लागि काम गर्ने महिला अधिकारकर्मीले सरकारको यो कदमको विरोध गर्नु पर्छ । 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

कतारमा भवन निर्माण गर्दै नेपाली लगायत अप्रवासी कामदार। यस्ता भवन बनाउँदा सामान्य जिआई पातालाई मेसिनले पेलेर चाहिएको नापमा कम्प्युटराइज बिधिद्वारा निकालिन्छ। तस्बिरः गोबिन्द थापा मगर/दोहा, कतार