MENU

मेरो कथा मेरो भोगाई

विदेशमा रोजेको काम पाएर मात्रै हुन्न, गर्न पनि जान्नुपर्छ

जोमेस देवकोटा/ कतार।

सानै छँदा बुबाको मृत्यु भएपछि घरको जिम्मेवारी मेरो काँधमा आयो । खोटाङको डाडागाउँ ९ मा रहेको घरखेतीबाट जसोतसो परिवार धानिएको थियो । 

पछि दुई जना दिदीको विवाह भयो । दिदीहरुको विवाह पछि आर्थिक भार थपियो । विवाह पछि जसरी उहाँहरुको बाटो बदलियो मेरो पनि त्यसरी नै । उहाँहरु भिनाजुको घर जानु भयो, म परदेश लागें । 

गाउँ–घरमा आर्थिक उपार्जनको उपाय देखिन । जेठो छोरो भएकाले मैले त्यो जिम्मेवारीबाट पछि हट्न मिल्दैनथ्यो । 

ऋण तिर्ने र आर्थिक हैसियत बदल्ने सोचका साथ २०७२ साल वैसाखमा कतार आएँ । तर त्यो भन्दा पहिले केही तयारी पनि गरेको थिएँ । 

वैदेशिक रोजगारीमा जानु पहिले सिप सिक्नुपर्ने, आफू जाने देशको बारेमा राम्रोसित जानकारी लिनुपर्ने जस्ता कुरा रेडियोबाट सुनेको थिएँ । 

अनि दिक्तेलको भवन गैरामा रहेको सूचना केन्द्रमा गएर जानकारी लिएँ र त्यहीँबाट तालिम लिने अवसर मिल्यो । सूचना केन्द्रको सहयोगमा काठमाडौंमा ‘विल्डिङ इलेक्ट्रिसियन’को तालिम निःशुल्क लिन पाएँ । 

यही काममा कतारको मत्ता कन्ट्याक्ट्रिङ कम्पनीमा सरकारले तोके अनुसार ७० हजार रुपैयाँ बुझाएर आएको हुँ । 

नेपालमा म्यानपावर कम्पनीले १२ सय रियाल हुन्छ भनेको थियो । तर दिनको दुई घण्टा ओभरटाइम चल्ने भएकाले मासिक १६ सय रियाल (४८ हजार रुपैयाँ) कमाउँछु । 

कतार आउँदा लिएको ऋण दुई महिनामै तिरें । बाँकी ऋण तिर्न ५ महिना लाग्यो । अहिले बचत गरिरहेको छु । सिप सिकेर आएका कारण मलाई काम गर्न कुनै समस्या भएन । यहाँको बारेमा पहिल्यै सूचना केन्द्रबाट जानकारी पनि लिएको थिएँ । 

तर यहि कम्पनीमा सबै साथीहरुको कमाई मेरै जति छैन । उनीहरुलाई काम गर्न पनि समस्या छ । तलव थोरै छ । त्यसैले विदेश आउने सोच बनाएका जो कोहिले पनि काम सिकेर र जानकारी लिएर मात्रै आउँदा राम्रो हुन्छ । 

आफु सक्षम भए मात्रै भनेको काम पाइन्छ र गर्न सकिन्छ । नभए काम दिएपनि गर्न नसकेपछि अरु काममा लगाउँछ । 

पछि समस्यामा पर्नु भन्दा पहिल्यै बिचार पुर्‍याऔं । म दुई वर्षे करार अवधि पूरा भएपछि नेपाल फर्किंदै छु ।

(प्रस्तुतीः सुरक्षित आप्रवासन परियोजना (सामी) खोटाङका परामर्शकर्ता अम्बिका दाहाल)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू