MENU

मेरो कथा मेरो भोगाई

छोरो जेल परेको रहेछ, र पो नराम्रो सपना देखेंछु

सुकेश्वर महतो/गौरीशंकर ५ सर्लाही ।

मेरो घरमा आएर छोरोको बारेमा समाचार बनाइदिन्छु भनेपछि आशा लागेको थियो । त्यही भएर समाचार मार्फत नै छोरालाई आग्रह गरेको थिएँ । मेरो आग्रह छोराले सुन्यो ।

उसले तपार्इंले सामाचार लेखिदिएको भोली पल्टै फोन गर्‍यो । उसले मसँग मात्रै होइन उसकी आमा, श्रीमती अनि छोरासँग पनि फोनमा कुरा गर्‍यो । उसले समाचार बनाइरहनु पर्दैैनथ्यो म आइहाल्थें नि भन्यो । मैले बुढा भएका हामी र तेरो छोराको फोटो देखेपछि तैंले मायाले फोन गर्छस भन्ने लागेर समाचार लेख्न लाएको थिएँ भनें । तर उसले आफू सम्पर्कविहिन हुनुको कारण सुनाउँदा मेरो आङै जिरिङ भएर आयो ।

ऊ डेढ वर्ष अघि जेल परेछ । काम गर्दै गरेको कम्पनि छोडेर अर्को कम्पनीमा काम गर्दा आफू जेल परेको भन्दै छोराले एक महिना अघि मात्रै जेलबाट छुटेको बतायो । भागेर काम गरेकाले पहिलाको पासपोर्ट ऊसँग रहेनछ ।

त्यसैले यो महिनाभरीमा प्रक्रिया मिलाएर घर आउँछु भनेको छ । मैले फोनमा छोरासँग बोल्दै गर्दा उसकी आमा रुँदै थिइ । त्यसैले ऊसँग पनि बोल्न दिएँ । फोनमा बोलेपछि उसकी आमा अहिले मलाई त छोरा घर आइसके जस्तो भएको छ भन्दै धेरै खुशी भएकी छे । अहिले त दिनमा दुई तीन पटक फोन गरिरहेको छ ।

(प्रस्तुती : सर्लाहीको ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा हरिऔनमा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रका मनोसामाजिक परामर्शकर्ता दुर्गाप्रसाद भट्टराई ।)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

इन्फोग्राफ

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।