मेरो कथा मेरो भोगाई
कतारबाट चिठी पठाउँदा बाटोबाटै हराउँथ्यो
- Saturday, Jan 07, 2017
- 18:05 PM (1 year ago)
- Total Views: 43.0 K
जीवन थारु, कावासोती/नवलपरासी
म विदेश जान थालेको ८ वर्ष भन्दा धेरै भयो । यो ८ वर्ष मेरो कतारमै बितिरहेको छ । पहिलो पटक कतार जाँदा मलाई परदेशका बारेमा धेरै कुरा थाहा थिएन । त्यसैले थोरबहुत बुझेर गएको थिएँ । कतार त पुगें तर कम्पनी राम्रो भएन ।
त्यसैले केहि महिना बसेर घर फर्किएँ । दुई वर्ष घरमा बसेपछि फेरि अर्को कम्पनीमा काम गर्न कतार गएँ । त्यो पटकको कम्पनी ठिकै भयो । त्यसैले दोस्रो पटकको कम्पनीमा दुई वर्ष बसेर फर्किएँ । तेस्रो पटकको मेरो बसाई चाहिँ लामो भयो । म तेस्रो पटक चार वर्ष कतार बसेर फर्किएको डेढ महिना भयो । अब फागुनमा म त्यहीँ काम गर्ने गरी जाँदैछु ।
मैले अहिलेसम्म ८ वर्ष विदेशमा बिताइसकें । सुरुका दिन सम्झिँदा अहिले पनि त्यस्तो पनि दिन थियो जस्तो लाग्छ । परिवार छोडेर कहिले टाढा नगएको मान्छे विरानो देशमा पुग्दा घर परिवारको साह्रै याद आउँथ्यो । तर भनेका बेला कुरा गर्न पाइँदैनथ्यो । त्यति बेला सिडिएमए फोन गाउँमा थियो तर त्यो फोनमा कुरा गर्न मान्छेहरु घण्टौं लाइनमा बस्थे । त्यसैले मैले सुरु सुरुमा चिठी पठाउँथें घरमा । कहिले १५ दिनमा चिठी पुगेको खबर पाउँथे त कहिले एक महिना लाग्थ्यो । कहिले त चिठी बिच बाटोबाटै हराउँथ्यो । अनि कहिले त चिठी फिर्ता हुन्थ्यो । तर अहिले त जमानासँगै फेरिएको प्रविधिले परदेशीलाई घरमै भए जस्तो भएको छ । त्यति बेला चिठी पठाउने म अहिले म्यासेनजर, भाइबर, ह्वाट्सअप, इमोमार्फत परिवारसँग कुरा गर्छु । हामीसँगै भएका सबै साथीहरु पनि त्यसै गर्छन । बेलुका नेपालको ९ बजे पछिबाट सबै परिवारसँग गफ गर्न थाल्छन् ।
त्यसैले अहिले त हामी परदेशीहरुलाई घरमै भए जस्तो भएको छ । अबर परेका बेला परिवारले पनि उतिबेलै फोन गर्न पाउँछन् अनि आफूले पनि चाहेको बेला गफ गर्न पाएका छौं । हुन त यही प्रविधिको प्रयोगमा धेरै बढि खर्च पनि गर्छन । त्यो ठिक होइन । नेट र मोवाइलमा हुने खर्च आफूमा भर पर्छ । कसैले हप्ताको १० मात्रै खर्च गर्छन तर कसैले ३/४ सयले पनि पुर्याउँदैनन । त्यसैले प्रविधिलाई सही तरिकाले प्रयोग गर्न सके मात्रै त्यसबाट फाइदा लिन सकिन्छ । हाम्रो जिन्दगीलाई यति सहज बनाउने प्रविधिलाई सही तरिकाले प्रयोग गर्न जरुरी छ ।
( विजय एफ एम, नवलपरासीका प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीबाट )
मेरो कथा मेरो भोगाई
तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।
विशेष
समाचार
-
आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर
काठमाडौं, वैशाख ९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
-
वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्रै दक्ष, अदक्ष ७४ प्रतिशत
काठमाडौं, वैशाख ८ – वैदेशिक रोजगारीमा जान नेपालीमध्ये धेरै अदक्ष कामदारकै रुपमा जाने गरेको पाइएपछि सरकारले अब तालिम दिएर मात्रै पठाउने तयारी गरेको छ ।
-
त्रिभुवन विमानस्थलमा उडान अवरुद्ध हुँदा युएईमा यात्रु अलपत्र
वैशाख ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएका कारण नेपाल जान लागेका यात्रुहरु युएईमा अलपत्र परेका छन् ।
-
शुक्रबार रियाल, रिंगिट, दिर्हाम लगायत विदेशी मुद्राको सटही दर बढ्यो
काठमाडौं, वैशाख ७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ९९ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा रहेको छ ।
काम लाग्ने संघ सस्था
- मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) More
- श्रम तथा रोजगार मन्त्रालय More
- प्रवासी नेपाली समन्वय समिति More
- नेपाली दुतावास, मलेशिया More
रेडियो कार्यक्रम
-
देश परदेश ३०३
कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका प...
Download Podcast -
देश परदेश ३०२
Download Podcast -
देश परदेश ३०१
Download Podcast
इन्फोग्राफ
तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? त्यसो हो भने विदेश जानुअघि गरिएको सबै प्रक्रियाका कागजपत्रको एक प्रति परिवारलाई छोडेर जानुहोस्। विदेशमा अलपत्र पर्नुभयो वा बिरामी र अरु कुनै खालका अप्ठेरोमा पर्नुभयो भयो भने तपाईंलाई सहयोग गर्न तिनै कागजपत्र काम लाग्छन्। यो जानकारी आफन्त र साथीभाइलाई पनि सुनाउनुहोस्। इन्फोग्राफः उज्यालो।
प्रतिक्रिया दिनुहोस