MENU

मेरो कथा मेरो भोगाई

​कतारबाट चिठी पठाउँदा बाटोबाटै हराउँथ्यो

जीवन थारु, कावासोती/नवलपरासी

म विदेश जान थालेको ८ वर्ष भन्दा धेरै भयो । यो ८ वर्ष मेरो कतारमै बितिरहेको छ । पहिलो पटक कतार जाँदा मलाई परदेशका बारेमा धेरै कुरा थाहा थिएन । त्यसैले थोरबहुत बुझेर गएको थिएँ । कतार त पुगें तर कम्पनी राम्रो भएन ।

त्यसैले केहि महिना बसेर घर फर्किएँ । दुई वर्ष घरमा बसेपछि फेरि अर्को कम्पनीमा काम गर्न कतार गएँ । त्यो पटकको कम्पनी ठिकै भयो । त्यसैले दोस्रो पटकको कम्पनीमा दुई वर्ष बसेर फर्किएँ । तेस्रो पटकको मेरो बसाई चाहिँ लामो भयो । म तेस्रो पटक चार वर्ष कतार बसेर फर्किएको डेढ महिना भयो । अब फागुनमा म त्यहीँ काम गर्ने गरी जाँदैछु । 

मैले अहिलेसम्म ८ वर्ष विदेशमा बिताइसकें । सुरुका दिन सम्झिँदा अहिले पनि त्यस्तो पनि दिन थियो जस्तो लाग्छ । परिवार छोडेर कहिले टाढा नगएको मान्छे विरानो देशमा पुग्दा घर परिवारको साह्रै याद आउँथ्यो । तर भनेका बेला कुरा गर्न पाइँदैनथ्यो । त्यति बेला सिडिएमए फोन गाउँमा थियो तर त्यो फोनमा कुरा गर्न मान्छेहरु घण्टौं लाइनमा बस्थे । त्यसैले मैले सुरु सुरुमा चिठी पठाउँथें घरमा । कहिले १५ दिनमा चिठी पुगेको खबर पाउँथे त कहिले एक महिना लाग्थ्यो । कहिले त चिठी बिच बाटोबाटै हराउँथ्यो । अनि कहिले त चिठी फिर्ता हुन्थ्यो । तर अहिले त जमानासँगै फेरिएको प्रविधिले परदेशीलाई घरमै भए जस्तो भएको छ । त्यति बेला चिठी पठाउने म अहिले म्यासेनजर, भाइबर, ह्वाट्सअप, इमोमार्फत परिवारसँग कुरा गर्छु । हामीसँगै भएका सबै साथीहरु पनि त्यसै गर्छन । बेलुका नेपालको ९ बजे पछिबाट सबै परिवारसँग गफ गर्न थाल्छन् । 

त्यसैले अहिले त हामी परदेशीहरुलाई घरमै भए जस्तो भएको छ । अबर परेका बेला परिवारले पनि उतिबेलै फोन गर्न पाउँछन् अनि आफूले पनि चाहेको बेला गफ गर्न पाएका छौं । हुन त यही प्रविधिको प्रयोगमा धेरै बढि खर्च पनि गर्छन । त्यो ठिक होइन । नेट र मोवाइलमा हुने खर्च आफूमा भर पर्छ । कसैले हप्ताको १० मात्रै खर्च गर्छन तर कसैले  ३/४ सयले पनि पुर्याउँदैनन । त्यसैले प्रविधिलाई सही तरिकाले प्रयोग गर्न सके मात्रै त्यसबाट फाइदा लिन सकिन्छ । हाम्रो जिन्दगीलाई यति सहज बनाउने प्रविधिलाई सही तरिकाले प्रयोग गर्न जरुरी छ । 

 ( विजय एफ एम, नवलपरासीका प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीबाट )

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • गुल्मीमा रक्त संचार केन्द्रका लागि गुल्मी समाज युकेले गर्‍यो सहयोग

    गुल्मी, फागुन ९ – गुल्मी जिल्ला समाज युकेले जिल्लाका दुई संस्थाहरुलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको रक्त संचार केन्द्र स्थापनाको लागि नौ लाख र अपांगताको क्षेत्रमा काम गर्नका लागि आशा अपाङ्ग केन्द्रलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

  • सिन्धुपाल्चोकमा विद्यालय अभिमूखीकरण

    रीनाश्रेष्ठ/सिन्धुपाल्चोक, उज्यालो । सिन्धुपाल्चोक, फाल्गुण ८ — सिन्धुपाल्चोकको स्याउलेस्थित सेतीदेवी माध्यमिक विद्यालयमा सुरक्षित बैदेशिक रोजगार सम्वन्धी विद्यालय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

  • ​सप्तरीका राम सरदारको कतारमा मृत्यु

    अशोक कुमार साह/उज्यालो । सप्तरी, फागुन ८ – सप्तरीको जमुनी मधेपुरा–९ भथौलका राम सरदारको वेदैशिक रोजगारीको शिलशिलामा कतारमा ज्यान गएको छ । सरदारको गएको शुक्रबार कामबाट फर्किएर सुतिरहेको अवस्थामा ज्यान गएको परिवारले जनाएको छ ।

  • रामेछापमा वैदेशिक रोजगार सम्वन्धी अभिमुखिकरण

    सिर्जना बस्नेत/रामेछाप । रामेछाप, फागुन ८ – रामेछापको सदरमुकाम मन्थलीमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । चारघरे सेवा समिति रामपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा २१ जना प्रहरी जवानको सहभागिता थियो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

लेवनानमा कार्यरत एक नेपाली महिला घरेलु कामदारको पीडा ।भिडियाे साैजन्य : निरु लिम्बू