MENU

मेरो कथा मेरो भोगाई

यसरी बचाउन सकिन्छ विदेशको कमाई

युबराज अधिकारी–

मानिसमा आइपर्ने कतिपय समस्या सकारात्मक सोचले नै निवारण गर्दछ । कतिपय प्रतिकुल अबस्था तथा गहन समस्यामा हठात निर्णय गर्ने बानी र परिणामले निम्त्याउने दीर्घकालीन समस्याहरु सुल्झाउन महत्त्वपूर्ण भुमिका रहन्छ ।

प्रसङ्ग वैदेशिक रोजगारको लागि गएका लाखौं युवा । विशेषत खाडिका देशमा थोरैले मात्रै सुख, सुबिधा र राम्रो काम गर्ने अवसर पाएका छन् । अधिकांस थोरै पारिश्रमिकमा धेरै समय काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

जटिल तथा रुचिहिन कामले मानसिक तनाब उत्पन्न गराएको छ भने, अर्कोतर्फ अनपेक्षितरुपमा आइपर्ने ब्यक्तिगत तथा पारिवारिक आर्थिक समस्याले थप तनाब उत्पन्न गराएको पाइन्छ । त्यस्ता आर्थिक रुपमा आइपर्ने समस्याहरु समाधानका केहि हद उपाय हामीले यसरी अपनाएका छौं । 

मानिसमा इच्छा शक्ति र जागरुकता हुने हो भने यस्ता समस्यालाई केही हद सम्म निराकरण गर्ने सकिन्छ । त्यो उपाय हो बचत गर्ने बानिको बिकास गर्ने। 

कम्पनिले दिएको तलबबाट ६ जना साथीहरु मिलेर परदेशमै मासिक झण्डै ६ हजार रुपैयाँ (दुई सय रियाल) बचत गर्न थाल्यौं । अहिले १५ महिला पुरा भयो । अहिले सावा र ब्याज ६ लाख रुपैयाँ (बीस हजार रियाल) जम्मा भैसकेको छ । 

हाम्रो समुहको नाम सहकार्य मासिक बचत तथा ऋण प्रदायक संस्था राखेका छौं । हाम्रो समुहले हामी ६ जनालाई मात्रै होइन समुहबाहिरका फरक कम्पनीमा कार्यरत नेपालीलाई पनि सहयोग पुगेको छ । हामी न्युनतम ब्याजदरमा ऋण दिन्छौं । तर आपतमा परेकाले  मात्रै यो समुहको रकम चलाउन पाउँछन् । यसले बढि ब्याजलिनेहरुलाई चुनौती दिएको छ । 

यसरी विदेशमा काम गर्नेले कमाई थोरै भएपनि मासिक बचत गर्ने बानिको विकास गरे ठुलो रकम जम्मा हुन्छ । आपत बिपतमा ठुलो काम बन्न सक्छ । 

विदेशमा हुँदा ऋण पाउन पनि गाह्रो हुन्छ । आफन्त र नजिकका साथिभाइ भए मात्रै सहयोग पाइन्छ । घर परिवारमा आइपर्ने आपत बिपतमा पनि यस्तै रकम चलाउन सकिन्छ । आपतमा पैसा खोज्दै भौतारिनु पर्दैन । फजुल खर्च कटौती हुन्छ ।

घरमा पैसा पठाउँदा एक्मुस्ठ पठाउन सकिन्छ । एउटै कम्पनीमा काम गर्ने साथीसँग यसरी बचत गर्न थाल्ने हो भने पछि सामुहिक लगानी गरेर देशमै केहि उन्नती गर्न सकिन्छ । हामीलेत गाउँघरमै सामुहिक लगानी गरेर ब्याबसाय गर्ने सोच बनाएका छौं । जसले लामो समय सम्म विदेश बस्नु पर्ने बाध्याता अन्त्ये हुनेछ । 

–बारा रजघट्टा, हाल दोहा कतार । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

कतारमा भवन निर्माण गर्दै नेपाली लगायत अप्रवासी कामदार। यस्ता भवन बनाउँदा सामान्य जिआई पातालाई मेसिनले पेलेर चाहिएको नापमा कम्प्युटराइज बिधिद्वारा निकालिन्छ। तस्बिरः गोबिन्द थापा मगर/दोहा, कतार