MENU

मेरो कथा मेरो भोगाई

​‘फोरमेन’को नाथ्री फुटेपछि परिवारसित कतारमै बस्न पाउने अवसर गुमाएँ

मानबहादुर पुलामी/सिन्धुली ।

विदेश जाने बेलामा विदेश पनि आफ्नै गाउँ ठाउँ जस्तै होला भन्ने सोचें । त्यसैले कतार जाने बेला धेरै गम्भिर भएर सोचिन । तर त्यस्तो हुँदो रहेनछ ।  म ६ वर्ष अघि कतार गएको थिएँ । कतारमा ड्राइभरको काम गर्थें । त्यो काम गर्न थालेको पनि चार वर्ष तीन महिना भइसकेको थियो । त्यसको एक वर्षपछि परिवारसहित कतारमै बस्न पाउने अवसर पनि पाउने भएको थिएँ । त्यसले म धेरै खुशी थिएँ । 

कम्पनीका फोरमेन केरलाको थियो । म कम्पनीको गाडीमा उसैलाई लिएर जाँदै थिएँ । उसले अलि छिटो गाडी चलाउन भन्यो । तर मैले आफूले चलाएको गति छोडिन । फोरमेन रिसाउँदै मलाई अझै कराउन थाल्यो । उसले कराउन नछोडेपछि मैले गाडी साइड लगाएर यो भन्दा कति छिटो चलाउनु ?  भनेर प्रश्न गरें । त्यति भन्न नपाउँदै उसले मलाई धकेल्यो । मैले पनि उसलाई धकेलें । मेरो हातले उसको नाकमा लागेर नाथ्री फुटेर रगत आयो । त्यसपछि उसले फोन गरेर कम्पनीमा भन्दियो । कम्पनीले मलाई बोलायो । मैले मेरो गल्ती छैन भन्दा पनि केही सुनुवाई गरेन । मलाई नेपाल फर्काइ दियो । 

त्यतिबेला मैले बल्ल बुझें विदेश त नेपाल जस्तो नहुने रहेछ । आफूले गल्ती नगर्दा अनि गल्ती छैन भन्दा भन्दै पनि कतार छोडेर हिँड्नुप¥यो । विदेशमा कम्पनी साहु होस या फोरमेन उसले जे भन्यो त्यही हुन्छ । उसले भने अनुसासको काम गरेन भने जुनसुकै बेला जे पनि हुन सक्ने रहेछ ।  म त्यस्तै फन्दामा परें । त्यसैले विदेश जानेहरुले बेलैमा यो कुरा सोच्नुपर्छ । 

(सूचना तथा परामर्श केन्द्र, सिन्धुलीका परामर्शकर्ता उत्तर गुर्मछानले गर्नुभएको कुराकानीका आधारमा)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स