MENU

मेरो कथा मेरो भोगाई

​वनभोजमा गैर कानूनी रुपले भाडामा लिइएका बस चढ्छन् युएईका नेपाली कामदार

राम प्रसाद गैरे ‘बगर’/दर्लामडाडा ७ पाल्पा । हाल, युएई ।

हिजोआज युएईको मौसम पहारिलो छ । पहिले पहिले विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेर यहाँ कार्यरत नेपाली भेला हुन्थे र रमाइलो गर्थे । अहिले त्यसरी कार्यक्रम गर्न बन्देज लगाइएको छ । त्यही बन्देजका कारण यहाँका विभिन्न संघसस्थाले वनभोज कार्यक्रम गर्ने लहर नै चलेको छ । 

उनीहरुले होटलको कोठाकोठामा कार्यक्रम गर्न छाडेका छन् । व्यावसायिक कार्यक्रम पनि अनुमती बेगर आयोजना गर्न पाइन्न । त्यसैको फाइदा चाहिँ कतिपयले लिइरहेका छन् । तिनै चलाख नेपालीहरुले वनभोजको निहुँ पारेर अरु कार्यक्रमको विकल्प अपनाएको सजिलै अनुमान गर्न सकिन्छ । 

विदेशको ठाउँमा जागिरबाट उभ्रिएको हप्ताको एक दिन बिदामा वनभोजमा रमाउनुको मज्जा नै छुट्टै हुन्छ । उसो भए बनभोज जायज छ त ? समाजसेवाका लागि भनेर युएईमा सयौं संघसस्था खुलेका छन् । हुन त कतिपयले सामाजिक काम पनि गरिरहेका छन । तर यिनीहरुलाई तौलिने तराजु युएईमै काम गर्ने कामदारकै हातमा छ । 

सामाजिक सेवामा समर्पित संस्थाहरुले प्रत्येक हप्ता वनभोज लैजाने गरेका छन् । बसमा दुई तीन सय जना कोचेर लगिन्छ । महँगो हुने भएकाले वनभोज जाँदा कानूनी मान्यता भएका बस भाडामा लगिन्न । एउटा कम्पनीको कामदार अर्को कम्पनीको गाडीमा बसेर यात्रा गर्नु युएईमा गैर कानूनी मानिन्छ । 

दैवको कानमा नपरोस्, यसरी गैर कानूनी रुपमा वनभोजमा हुँइकिएको बस दुर्घटनामा परे को जिम्मेवार हुने ? बिदाको दिन दुर्घटना पर्दा न कम्पनीले पनि हेर्दैन् ।अर्कातिर वनभोज स्थलमा रक्सी पिउने चलन छ ।

रक्सी पिएर हुने दुर्घटनाको जिम्मेवारी कसले लिने ? पोलेको खसी, छाला सहितको मासु, डिजे र दोहोरी, रक्सीको आश देखाएर संघसंस्थाले विदेशी भूमिमा गैरकानूनी काम गर्न शोभनीय हुँदैन । ५/६ घण्टाको बस यात्रा गैरकानूनी त छ नै, असुरक्षित पनि छ । मनोरञ्जन गर्ने नाममा केही आर्थिक लाभ लिएर संघसंस्थाहरुले वनभोज गर्नु जायज कि नाजायज ? उत्तर खोज्ने बेला भएको छ । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

कतारमा भवन निर्माण गर्दै नेपाली लगायत अप्रवासी कामदार। यस्ता भवन बनाउँदा सामान्य जिआई पातालाई मेसिनले पेलेर चाहिएको नापमा कम्प्युटराइज बिधिद्वारा निकालिन्छ। तस्बिरः गोबिन्द थापा मगर/दोहा, कतार