MENU

मेरो कथा मेरो भोगाई

​किन तनाव लिनुहुन्छ ? सीप सिकेर जानु न

सोम दियाली/सर्लाही ।

भने जस्तो भएन भने मान्छेलाई तनाव हुन्छ । तनाव धेरै भयो भने गलत बाटो समाउँछ । सपना सुन्दर तर विपना त्यसको उल्टो भएपछिको अवस्था झन भयावह हुन्छ । पछिल्लो समय नेपालमा पनि डिप्रेसनका समस्या बढ्दै गइरहेका तथ्याङ्कहरु बाहिर आइरहेका छन् ।

यस्तो डिप्रेसन विशेष गरी परिवारको सुन्दर सपना बुनेर विदेश जाने युवाहरुमा बढी रहेको पाइन्छ । घर छोडेर विदेश गएपछि हरेक मान्छेले राम्रै कमाउने सपना देखेको हुन्छ तर विदेशमा पुगेपछि भनेको काम र तलब नपाए पछि यहीँबाट सुरु हुन्छ डिप्रेसन । भनेको काम र तलब नपाएपछि तनाब त हुन्छ नै तनाबले दुर्घटना समेत निम्त्याउँछ । कमाउन गएको मान्छे सकुशल फर्किनु त परै जाओस कुनै दुर्घटनामा परेर शव घर आईपुग्छ यस्तो अवस्थामा परिवारको आर्थिक अवस्था सुध्रिनु त परै जाओस । ऋणको भार बढ्छ । साहुले रातदिन किचकिच गर्न थाल्छन् । यता साहुको टेन्सन, उता विदेश कमाउन गएको छोरोको टेन्सन । एक जनाका कारण पूरै परिवारमै तनाव हुन्छ ।

वैदेशिक रोजगारीमा गएका मध्ये धेरै जसो नेपाली कामदारले जोखिमपूर्ण काम गर्नु परेको छ । कामको जोखिम सँगसँगै उनीहरुको कमाई पनि थोरै हुन्छ । यसको मुख्य कारण हो नेपालीहरु दक्ष नभई विदेश जानु । कुन देश जाने ? के काम गर्ने ? तलब कति हुन्छ भनेर सामान्य कुरा समेत नबुझी नेपाली विदेश जान्छन् । विदेशमा गएपछि काम त गर्नुपर्छ नै तर नेपालीहरुले चाहीँ सीपको कमीका कारण जोखिमपूर्ण काम गरिरहनु परेको छ । सीप भएन भने जोखिम बढी हुन्छ भन्ने पनि अदक्ष रुपमा विदेश गइरहेका नेपालीहरुलाई थाहा हुँदैन । नेपाल सरकारले पनि सीप नसिकी विदेश जानु हँुदैन भनेर त भन्छ तर सीप नसिकेकै कारण उसलाई विदेश जानबाट रोक्दैन ।

वास्तवमा सीप भनेको एउटा कामदारको सबैभन्दा ठूलो सुरक्षा कवच हो । सीप भएको मान्छेले विदेश नै जानुपर्छ भन्ने पनि हुँदैन । सीप भए आफु बसेकै ठाउँमा पनि काम गर्न र कमाउन सकिन्छ । सीप हुनेले जहाँ पनि सीप अनुसारकै काम पाउँछ । पैसा पनि बढी पाउँछ तर सीप नहुनेको कमाई सीप हुनेको भन्दा थोरै हुन्छ । सीप हुनेले आफ्नो दक्षता भएको काम गर्न पाउँछन् । त्यसमा जोखिम कम हुन्छ अनि काम पनि सीप नभएको मान्छे जति गरिरहनु पर्दैन । विदेशमा काम गर्ने मध्ये सीप नहुने नेपालीहरु धेरै छन् । त्यसैले पनि नेपालीले गर्ने काममा बढी जोखिम हुन्छ । विदेशबाट कामको माग आउँदा पनि विशेष गरी निर्माण सम्बन्धी कामको माग आउँछ । किनकी विदेशी रोजगारदाताहरुलाई नेपालीहरु दक्ष हुँदैनन् भन्ने भइसकेको छ । अनि विदेशी कम्पनीहरुले थोरै पैसामा नेपालीहरुलाई धेरै काम लगाउन पाएपछि नेपाली कामदारको माग बढेको हो ।

एउटा एजेण्ट वा म्यानपावरलाई अरुलाई भन्दा धेरै कुरा थाहा हुन्छ कि विदेशमा जाँदा सीप हुनेले धेरै तलब पाउँछ, तर उनीहरु कामदारबाट पाउने कमिसनकै कारण कामदारलाई सीप सिकेर जान भन्दै भन्दैनन् । यसले गर्दा पनि नेपालीलाई विदेशमा जोखिम भएको हो । सीप सिकाउने विभिन्न एजेन्सीहरु छन् । जसले निःशुल्क रुपमा सीप सिकाइरहेका छन् । तर पनि नेपाली कामदार त्यसमा आकर्षिक भएको पाइँदैन । आफू नमरी स्वर्ग देखिँदैन भने झंै जबसम्म यूवा विदेशमा गएर दुःख भोग्दैनन तबसम्म सीपको महत्व बिर्सिरहेका हुन्छन् । 

विदेशमा गएर राम्रो कमाउनेहरु बढ्न थालेका छन् । तर यो पर्याप्त होइन । सबैले सीप सिकेर विदेश गए सबैको कमाई राम्रो हुन्छ । त्यसैले सीप सिकेर विदेश जाऔं राम्रो काम गरौं धेरै कमाऔं, गरिबी हटाऔं देशलाई समृद्ध बनाऔं । त्यो मात्र यसले आफू र परिवारलाई हुने तनावलाई कम गरौं । 

अहिले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सामी परियोजनाले देशका १९ जिल्लामा काम गरिरहेको छ । तर यो मात्रै वास्तवमा पर्याप्त होइन । किनकी वैदेशिक रोजगारी सम्बन्धी सूचना दिन सूचना केन्द्र हरेक जिल्लामा आवश्यक भई सकेको छ । वास्तवमा अहिले प्रत्येक तीन मध्ये एक घरबाट वैदेशिक रोजगारीमा गएको तथ्याङ्कले देखाएको छ ।    

(सोम दियाली, सुरक्षित आप्रवासन परियोजना सामीको मिडिया पार्टनर सहयोगी समाज नेपाल, सर्लाहीमा सामाजिक परिचालकको रुपमा कार्यरत हुनुहुन्छ ।)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

सिरियाबाट उद्धार गरेको दुई वर्ष नपुग्दै सकियो सुनिताको जीवन। भिडियोः उज्यालो ।