MENU

मेरो कथा मेरो भोगाई

नेपालमै झण्डै जेल परेँ, दुवईमा पनि भागेँ, अहिले अरुलाई जोगाउँछु

छविराज राई/खोटाङ ।

मेरो घर खोटाङको खार्मी १ हो । धेरै लामो कसरत पछि रोजगारीका लागि दुवई गएको थिएँ । आफन्तलै नै पैसा खाइदिए र लामो समयसम्म पासपोर्ट राखिदिए । भिसा लगाइ दिएनन् । पछि नक्कली पासपोर्ट हात पर्‍यो ।

म्यानपावरले नक्कली पासपोर्ट हो भन्दै झण्डै जेल हाल्यो । पछि अर्को पासपोर्ट बनाएर सन् २००६ मा दुवई गएँ । साहुको ऋण तिरेर २००९ मा ३२ महिना पछि घर फर्किएको थिएँ । 

नेपालमा मलाई म्यानपावर कम्पनीले दुईवटा सम्झौता गराएको थियो । एउटा ८ सय तलव पाउने र अर्को ३ सय ७५ दिर्हाम पाउने । नेपालको विमानस्थलमा ८ सय दिर्हाम तलव दिने सम्झौता देखाएपछि विना रोक तोक दुवई पुगेँ तर त्यहाँ रोक्यो । कारण मैले दुवईमा ३ सय ७५ दिर्हाम तलव तोकेको सम्झौता देखाउनु पर्ने रहेछ तर मैले ८ सय तोकिएको सम्झौता देखाएँ । दुई दिन पछि अर्को सम्झौता देखाएपछि मलाई छाडियो । 

४ महिना काम गरेपछि त्यहाँ काम गर्न मन लागेन । त्यसपछि म त्यो कम्पनीबाट ४ सय तलव बुझेर भागेँ । बाँकी पैसा बचेन । खान र बस्नमै ठिक्क भयो । 

नेपालमा म्यानपावर कम्पनीलाई भने ७० हजार रुपैयाँ बुझाएर गएको थिएँ । सँगै गएका साथीहरुले डेढ लाख सम्म तिरेका थिए । मलाई ९५ हजार रुपैयाँ भनेपनि ७० हजार दिएर बाँकीको कागज गरेको थिएँ । तर दुवई पुगेपछि फ्रि भिसा फ्रि टिकटको माग हो भन्ने थाहा पाएपछि बाँकी पैसा म्यानपावरलाई तिरिन । 

विदेशमा दुःख पाएपछि फेरि विदेश जान मन लागेन । पछि खोटाङमा वैदेशिक रोजगार सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने कार्यक्रम (सामी परियोजना) सुरु भयो । मैले पनि दुई वर्ष पहिले देखी स्वयंसेवकको रुपमा गाउँमै काम गर्ने अवसर पाएँ । 

अनि सुरु गरें गाउँबाट विदेश जानेलाई जानकारी दिन । अहिले त अरुलाई आफू जाने देशको बारेमा बुझेर जान, काम र भाषा सिक्न सुझाव दिन्छु । विदेशमा अप्ठेरोमा परेकाहरुलाई पनि नवकिरण सेवा समाजको सूचना तथा परामर्श केन्द्रमा पठाउँछु । त्यहाँबाट अप्ठेरोमा परेकालाई जानकारी गराइन्छ र  निशुल्क कानूनि सहायताका लागी सहयोग मिल्छ ।

मेरो सात जनाको परिवार छ । श्रीमती घरमै किराना पसल चलाउँछिन् ।  

(प्रस्तुती- अम्बिका दाहाल परामर्शकर्ता, नवकिरण सेवा समाज खोटाङद्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) ।) 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान