MENU

मेरो कथा मेरो भोगाई

​परदेशीको पीडाः न आफू खुशी हुन सकें न परिवारलाई खुशी बनाउन सकें

मातृका चाम्लिङ, खोटाङ, च्यास्मिटार–४ /हाल मलेसिया

रोजगारका लागि योग्य सबैले देशभित्र जागिर पाइरहेका छैनन् । त्यसैले काम खोज्दै विदेशिनेको संख्या बढ्दै छ । काम नपाएको झोकमा कति धेरै बुझ्दै नबुझी विदेश जान्छन् अनि केही अरुको देखासिकी र लहैलहैमा लागेर । फलानाले पोखरा, काठमाडौं अनि धरानमा घर किन्यो रे । फलानाले विदेशकै कमाइले मोटरसाइकल चड्यो । उनले विदेशको कमाइले राम्रा गहना लगाएकी छिन्, यस्तै कुराको पछि लागेर लाखौं विदेशी भूमिमा कार्यरत छन् । तर कमाउनेले कसरी कमाउँ छन् भन्ने चाहिँ सोच्दैनन पनि बुझ्दैनन् पनि । यस्तै पात्रमा म पनि परेको छु । 

म २०६४ वैशाख १५ गतेदेखि परदेशी जीवन बिताइरहेको छु । म पनि यस्तै ठूलो सपना बोकेर परदेश साहुको एक लाख पचास हजार रुपैयाँ सय कडा पाँच रुपैयाँका दरले ऋण लिएर मलेसिया आएको हुँ । १० वर्ष पुग्न लाग्यो तर मैले परदेशको कमाइले पहिला सोचे जसरी घर बनाउन सकेको छैन । पैसा त कमाउन सकिन नै साथीभाइ पनि कमाउन सकिन । 

हो यस्तै छ परदेश । घरबाट फोन गर्दा आमाबुवाले छोरा पैसा कहिले पठाउँछस् भन्नुुहुन्छ जसोतसो कमाएको पैसा पठाउँछु पनि । आमाबुवा तेरो साथीले जग्गा किन्यो भन्दै सोध्नुहुन्छ हामी कहिले किन्ने ? अनि भाइबहिनीलाई कम्प्युटर र मोबाइल चाहियो रे । उफ्फ परदेशी जीवन । परदेशीसँग सबैका आ–आफ्नै आशा अनि अपेक्षा हुन्छन तर परदेशमा साहुले भनेको समयमा तलब दिँदैन । बिरामी पर्दा उपचार गर्न पाइँदैन । 

मलेसियामा झन बिचल्ली छ परदेशीको । भनेको समयमा तलब दिइँदैन । ड्युटी जाँदा बाटोमा चोरी हुने हो कि आक्रमणमा परिने हो ठेगान हुँदैन । नेपालीका लागि विदेशी त भए नै नेपालीहरु पनि शत्रु हुँदा रहेछन् । सहयोग गर्नुको साटो नेपाली साथीहरुले काम गर्न जानिनस भन्दै उल्टै हेप्छन् । खान बस्न साह्रै मुस्किल छ  ।
परदेशमा एउटै कोठामा ४०/५ जनालाई पशु जस्तै गरेर राख्छन । कतै भन्छु भन्यो भने पुलिस लगाइदिन्छु भन्दै उल्टै धम्क्याउँछन् । के गर्ने परदेश यस्तै रहेछ । न त साथी भाइ नै खुशी बनाउन सकियो न त घर परिवार नै । 

गाउँ घर परिवारको याद आउँदा भक्कानिएर रुन्छु । रुनु बाहेक परदेशीसँग अर्को के नै विकल्प छ र ।  त्येसैले गाउँ घरमै जे हुन्छ मेहनत गरौं गाउँमै हिरा फलाउँ । सबैको माया पनि पाइन्छ । सबैले चिन्छन पनि । कामको पनि मुल्य पनि त पाइन्छ । त्यसैले मेरो विचारमा जे छ आफ्नै जन्मभूमिमा छ ।  

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।