MENU

मेरो कथा मेरो भोगाई

​सीप सिकेर विदेश जाँदा पद पनि पैसा पनि

शंकर गिरी,सार्दीखोला—१, कास्की

म वैदेशिक रोजगारीका लागि १५ वर्षअघि कतार गएको थिएँ । त्यति बेला विदेश जाँदा अहिले जस्तो बुझेर जानुपर्छ अनि सीप सिकेर मात्रै जानुपर्छ भन्ने फाट्ट फुट्ट मात्रै सुनिन्थ्यो । त्यति हुँदा हुँदै पनि मलाई विदेश पठाउने काठमाडौंको म्यानपावरले मलाई मेकानिक हेल्परको एक हप्ताको तालिम दिएर पठाएको थियो । 


कतार पुगेपछि काम भनेकै पाएँ । गर्ने ठाउँ फरक तर यहाँ सिकेको सीप काम लाग्यो । त्यसैले काम गर्न त्यति धेरै गाह्रो भएन । हेल्परको काम गर्दा मेरो तलब महिनाको २५ देखि ३० हजार रुपैयाँ थियो । हेल्परको रुपमा काम गरेको एक वर्षमा म पाइप फिटर भएँ । यसको पछाडी काम सिक्नु नै मुख्य कारण थियो । पद बडे पनि म हरेक दिन केही न केही नयाँ कुरा सिकिरहकै हुन्थें । त्यसै गर्दै ५ वर्ष बित्यो ।  ५ वर्षपछि म पाइप फेब्रिकेटर भएँ अनि त मेरो तलब बढेर झण्डै ५० हजार  रुपैयाँ पुग्यो । घरको आर्थिक अवस्था कमजोर भएर विदेश गएको थिएँ । त्यसैले ५ वर्षसम्म पाइप फेब्रिकेटरको काम गरेर घर फर्किएँ ।

मैले सिकेर गएको कुरा त त्यति धेरै ठूलो होइन । अझै माथिल्लो स्तरका सीप सिकेर जानेहरुको अवस्था धेरै राम्रो छ । उनीहरुको पद पनि ठूलो अनि पैसा पनि । त्यति मात्रै होइन उनीहरुलाई हेर्ने दृष्टिकोण र गरिने व्यावहार पनि राम्रो छ । त्यसैले विदेश जाने तयारीमा रहेका युवाहरुले जाने देश र त्यहा गर्ने काम बारे राम्रोसँग जानकारी लिएर त्योसँग सम्बन्धित सीप लिएर जाँदा राम्रो हुन्छ । 

(सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्र, कास्कीकी कार्यक्रम संयोजक माया गुरुङले गर्नुभएको कुराकानीमा आधारित) 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान