MENU

मेरो कथा मेरो भोगाई

दुई वर्षको मलेसिया बसाइ जिन्दगीकै ठूलो पढाइ

उत्तरमान लामा/सिन्धुली ।

म अहिले २६ वर्षको भएँ । म एक पटक मलेसिया पुगेर फर्किएको हुँ । मलेसियाको मेरो दुई वर्षको बसाई जिन्दगीको सबैभन्दा ठूलो पढाइ भयो । किनकी मैले मलेसियामा जीवनको सबैभन्दा महत्पूर्ण कुरा सिकें । मलेसियाबाट फर्किंदा अब सीप नसिकी विदेशको जाने कुरा सोच्नु गलत रहेछ भन्ने थाहा पाएँ । यो त मेरो जिन्दगीभरिलाई नै काम लाग्ने कुरा हो ।

म २०७० सालमा मलेसिया गएको थिएँ । मलेसियमा जाँदा मैले न मलेसियाका बारेमा केही बुझेको थिएँ न त मलाई केही गर्न नै आउँथ्यो । त्यसमा पनि म मैले एक कक्षा पनि पढेको थिइन । विदेश जाने बेला त्यहाँ पुगेपछि त जसरी पनि कमाइहालिन्छ नी भन्ने मात्रै सोचेको थिएँ । तर सोचे जस्तो रैनरहेछ विदेश । मसहित १० जना सँगै मलेसिया पुगेका थियौं । जाने बित्तिकै कम्पनीमा लगेर सबैलाई राखे । को कोसँग के के को सीप छ ? भनि सोधे । त्यसको जवाफमा सीप जानेकाहरुले यो यो जानेका छौं भने अनि मसहित केही नजानेका अनि केही नसिकेकाहरुले जान्दैनौं भन्ने जवाफ दियौँ । जवाफ सुनिसकेपछि कम्पनीका प्रतिनिधिले पढेका र सीप भएकाहरुलाई एकातिर अनि पढाई र सीप नभएकाहरुलाई अर्कोतिर राखे । अनि काम र सेवा सुविधा छुट्याए ।

हामीले महिनाको ७ सय रिंगिट पायौं तर हामीसँगै गएका र पढेका साथीहरुलाई महिनाको २२ सय रिंगिट पाए । त्यतिबेला बल्ल मैले पढाइ र सीपको महत्व थाहा पाएँ । अनि त मलाई म नपढी, नसिकी अनि नबुझी बेकारमा विदेश आएँछु जस्तो लाग्यो । 

(प्रस्तुती - उत्तरकुमार गुर्मछान, परामर्शकर्ता, सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत  जिल्ला विकास समिती सिन्धुली) 

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

ओमानमा कार्यरत नेपाली युवाहरु नयाँ वर्ष वि.स. २०७४ हर्षोल्लास पुर्वक मनाउदै। ​ तस्बिरः राजु कुमार श्रीवास्तव / ओमान