MENU

मेरो कथा मेरो भोगाई

​परदेशमा श्रीमान् भएका र एक्लै छोराछोरी हुर्काउने आमाहरुले ख्याल राख्नुपर्ने कुरा

दुर्गाप्रसाद भट्टराई/सर्लाही

श्रीमान् विदेश गएपछि उनीहरुको जिम्मेवारी घरमा बस्ने श्रीमतीको काँधमा आइपर्छ । श्रीमान् विदेश गइसके पछि घरभित्रको काममा सीमित नरही श्रीमतीहरु आर्थिक, धार्मिक, सामाजिक र पारिवारिक काममा प्रत्यक्ष रुपमा सहभागी हुनै पर्छ । यसरी प्रत्यक्ष रुपमा सहभागी हुँदा श्रीमतीहरुको भूमिका परिवर्तन हुँदै जान्छ । 

त्यसका लागि उनीहरु सक्षम पनि छन् तर यसमा उनीहरुलाई पुरुषहरुलाई जसरी समाजले सहयोग नगर्दो रहेछ । यो उनीहरुकै गुनासो हो । सहयोग पाईन्छ भनेर अपेक्षा राखेका व्यक्तिबाट सहयोग नपाउँदा उनीहरु तनावमा पर्छन । सहयोग नपाउँदा भएको तनाव उनीहरुले कतिपय अवस्थामा तनाव दिने व्यक्तिलाई भन्न सक्दा रहेनछन् । तर त्यसको असर परिवारमा पर्दो रहेछ । अरुसँग उठेको रीस उनीहरुले छोराछोरीतिर खन्याउने गर्दा रहेछन् । 

किन त ? यसको अर्थ नेपाली उखान ‘नाङ्लो ठटाएर हात्ति तर्साउनु’ भन्नेसँग हुँदो रहेछ । सहयोग नपाएको कुरा त्यही ठाउँमा भन्न नसक्दा त्यसको साङ्ककेतिक विरोध र जवाफ घरमा भएका बालबालिकाहरुसँग झर्किने, गाली गर्ने र कुटपिट गर्ने गर्दा रहेछन् । यसले एकछिनका लागि उनीहरुको रीस त व्यवस्थापन होला तर यसले बालबालिकालाई भने नराम्रो असर गर्छ । अभिभावकको यस्ते व्यावहारले बालबालिकाहरु धेरै रुन्चे हुने, कुराकानी गर्दा आँखा जुधाउन नसक्ने, साथीहरु तथा अभिभावकसँग सँधै झगडा मात्र गरिरहने, धेरै नै जिद्दी हुने, पढाई कमजोर हुँदै  जाने अनि अन्त्यमा विद्यालय नै नजाने समस्या देखिन्छन् । 

के गर्ने त आमाहरुले ? 

बालबालिकालाई गालीगलौज गर्नु र पिटनु भनेको बालबालिकालाई गालीगलौज र पिटनु राम्रो कुरा हो भनेर सिकाउनु हो । किनभने बालबालिकाले जहिले पनि आफू भन्दा ठूला व्यक्तिको नक्कल गर्ने गर्दछन् । जसको प्रत्यक्ष असर उनीहरुले आफू भन्दा कमजोर व्यक्तिलाई पिटने र गाली गर्ने गर्दछन् । त्यसैले सम्भव हुन्छ भने बालबालिकालाई आफनो रिस पोख्ने पुलको रुपमा प्रयोग नगरौं ।

जसले तपाईंलाई सहयोग नगरेर वा अरु कुनै काम गरेर तनाव दिएको छ त्यही व्यक्तिलाई तपाईले भनेको यो कुरा मलाई मन परेन, यो कुराले तनाव दियो, यो कुराले मेरो मन दुख्यो भन्ने बानीको सुरुवात गर्नुहोस् । यसको अर्को उपाय सकेसम्म कसैसँग सहयोगको अपेक्षा नराख्नुस्, किनकि तपाईंलाई तपाईंले चाहेको व्यक्तिले सोच जस्तो सहयोग नगर्न पनि सक्छ । त्यसैले यो कुरामा ध्यान दिनु जरुरी छ । 

(दुर्गाप्रसाद भट्टराई सर्लाहीको ग्रामिण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा हरिऔनमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा मनोसामाजिक परामर्श कर्ताको रुपमा कार्यरत हुनुहुन्छ ।)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स