MENU

मेरो कथा मेरो भोगाई

यत्तिका वर्ष विदेशमै बसेर गल्ती त गरिनँ !

तुल थापा, बर्दघाट नवलपरासी/हाल दुवई ।

मेरो शरीर त अहिले दुवईमा छ तर दिल र दिमाग घर परिवारसँगै छ । एक दिन दुई दिन गर्दा गर्दै विदेशमा बिताएको पनि १९ वर्ष पुगिसकेछ । दिन बित्न के नै पो बेर लाग्दो रैछ र है । त्यस्तै भयो । तर यो १९ वर्षलाई फर्केर हेर्दा विदेश आएर के पाएँ भन्ने कुराले झक्झक्याइरहन्छ । किनकी यत्रो वर्ष विदेश बसेर मैले ठूलो प्रगति गरें जस्तो लाग्दैन । तर यसको विकल्प पनि त छैन ।

विदेश आउने सबैको उद्देश्य एउटै हुन्छ घर परिवारको आर्थिक अवस्था सुधार्ने अनि छोराछोरीको भविष्यलाई केही गरौं भन्ने । मेरो पनि दुवई आउँदाका उद्देश्य त्यही थियो । म अहिले पनि उनीहरुका लागि दिनरात खटिरहेको छु । उनीहरुलाई बोर्डिङमै पढाइरहेको छु । तर म घरमा नहुँदा छोराछोरीले बाटो बिराउने पो हुन कि भन्ने पीर परिरहन्छ । मेरो घरमा पनि यस्तै हुँदैछ । 

हुन त घरमा अरु सबै छन् तर पनि बुवा हुँदा उनीहरुसँग छोराछोरी थोरै भएपनि डराउँछन् अनि बाटो बिराउन पाउँदैनन जस्तो लाग्छ । त्यसैले बेला बेला सोच्छु बिरानो ठाउँमा अरुको अधिनमा बसेर काम गर्नुको अर्थ के भयो र ? अनि कहिले काहिँ आफैंले आफैंलाई सोध्छु यति वर्ष परदेशमै बिताएर कतै मैले गल्ती त गरिन ? 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स