MENU

मेरो कथा मेरो भोगाई

​साउदीको घाममा काम गर्न नसक्ने मेरो अहिले काम, दाम र माम एयर कन्डिसन भित्रै छ

राम बहादुर तामाङ/युएई

रोजगारीका लागि विदेशिने हजारौं युवाको भीडमा तीन वर्ष अघि म पनि थपिएँ । जीवनमा पहिलो चोटी आकाशमा उड्दै थिएँ । पहिलो पटक जहाज चढ्दा साँच्चिकै मन अचम्मित थियो । राती ९ बजे विदेशी भूमिमा टेकेको मलाई कोठामा लगियो । कोठामा भारतीय कामदार बस्दा रहेछन् । उनीहरुले खाएका पान, गुड्का, खैनी, चुरोट र बिँडीको गन्धले सुत्न त परैको कुरा खपिसक्नु नभएपछि वान्ता नै भयो । त्यो दिन अहिले पनि भुलेको छैन । 

चार दिनपछि हामी चार जना नेपालीलाई छुट्टै कोठा दिइयो । भोली पल्ट काममा लाँदा भेडाबाख्रा कोचे जस्तै कोचेर लगियो । मसँग काम गर्नेहरु प्राय भारतकै थिए । उनीहरु हिन्दी बोल्थे । म पहिले भारतको सिलोङमा बसेको हुनाले हिन्दी बुझ्थें । अनि बोल्थें पनि ।तर काम गर्ने ठाउँमा पुगेपछि भने रुनु न हाँस्नु भएँ । त्यो पनि भाषाकै कारणले । किनकि त्यहाँ सबै अरबी भाषा प्रयोग हुन्थ्यो । अरबी भाषा न कहिल्यै सुनेको थिएँ न त बोलेको नै । भाषाले नै १५ दिन जति त लाटो नै बनायो । 
कान नसुन्ने मान्छे झैं इसारामा काम गरें । एक महिनापछि केही केही शब्द फर्काउन सक्ने पनि भएँ ।  

काम चाहिँ एक महिना साबेल चलाएँ । तीन महिनादेखि बिजुलीको काम गरें  । ६ महिनामा बढुवा गरेर साहुले चार्जन बनाएर ४÷५ जना सहकर्मीहरूलाई काम देखाउने बनाइदियो । यति चाँडै प्रमोसनको पछि एउटै कारण काम जान्नु अनि भाषा पनि छिट्टै सिक्नु । तर बाहिर काम गर्नुपर्ने त्यो पनि ५५ डिग्री सम्मको घाममा । त्यसैले साउदीबाट फर्किएर दुवईमा छु । बाहिरको काम मन नपर्ने म अहिले २४ घण्टा एसीमा छु । काम पनि अनि माम पनि । काम गरुञ्जेल पनि एसीमै अनि कामबाट फर्किने कोठामा पनि एसी । दाम पनि राम्रै छ । त्यसैले खुसी नै छु । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।