MENU

मेरो कथा मेरो भोगाई

परदेशमा कसलाई विश्वास गरौं ?

छत्र लकाई खड्का/हाल, केलाङ्ग सेलेङ्गर, मलेसिया ।

भेंटे मैले मुटुमा धारिलो छुराले रोपेर के छ खबर भन्नेहरु यहाँ 
सधैंभरी आफू मात्र भोका तिर्खा बन्नेहरु यहाँ  
सबै किसिमका साथीहरू भेटिन्छन् विरानो परदेशमा 
कोही दलाल त कोही काममा लगाई दिन्छु भन्दै ठग्ने फटाहाहरु यहाँ 

विश्वास पनि कसरी गरौँ नेपालीले नेपालीलाई लुट्छन् 
दुई चार सय रिंगिट बोकेको सुइँको पाए भने
स्थानीय नागरिकलाई लुट्न र कुट्न नेपालीले नेपालीलाई लाउँछन यहाँ 
नेपालीको दुःखमा कठै भन्ने कमै भेटिन्छन 
नत्र सबै लुटेरा जस्ता देखिन्छन 

घरका बुढा बुवाआमा, श्रीमती र छोराछोरीलाई कहिल्यै नसम्झिने 
कठै कस्तो हृदय होला ?
तिनीहरुको मन कति रुँदो होला त्यहाँ  
घर कि श्रीमती र छोराछोरीलाई चटक्कै बिर्सीसके नेपाली दाजुभाइले यहाँ 

खोला वारीपारीका साँइली र माइलीलाई दिउँसै अङ्गालो हालेर हिड्छन् यहाँ 
कस्तो होला यिनीहरु को मन कठै ढुङ्गा भन्दा कम छैन यहाँ 
ए ! नेपाली अब त खुरुक्क घरमा जानुस् 
आफ्नै बाँझो पाखो खेतबारीमा अदुवा र अम्रिसो लगाएर मलजल गर्नुस् । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

  • विदेश पठाउँछु भन्दै ३२ जना ठगेर भागेका दुई दलाल पक्राउ

    काठमाडौं, कात्तिक १– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३२ जनासँग पासपोर्ट र राहदानी लिएर भागेका दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्रेको छ । नुवाकोटको बुङताङका ३९ वर्षे भाग्यमान तामाङ र गोरखाको मान्वोका ४१ वर्षे महेन्द्र गुरुङलाई प्रहरीले पक्रेको हो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।