MENU

मेरो कथा मेरो भोगाई

​आम्दानी र खर्च मिलाउन सके विदेश गएकाका परिवार ऋणले आत्तिनै पर्दैन

शर्मिला राई/ चिउरीडाँडा,खोटाङ

मेरो श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा अहिले कतारमा हुनुहुन्छ । उहाँ विदेश जाने बेलामा हामीसँग पैसा थिएन । त्यसैले हामीले ८० हजार रुपैयाँ ऋण लिएका थियौं । ऋण लिएर विदेश गएकाहरुले अरु जस्तै हामीलाई पनि सुरुमा त ऋण कसरी तिर्ने होला भन्ने चिन्ता थियो । फोनमा पनि श्रीमान र मेरो यस्तै गफ हुन्थ्यो । तर अहिले हामीलाई यस्तो तनाव छैन । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत चिउरीडाँडा गाविस वानाचुङमा भएको  वित्तिय समूहमा आवद्ध भएपछि मैले यसको उपाय पाएको छु । 

उहाँ कतार गएको एक वर्ष भयो । उहाँले महिनाको ३० हजार रुपैयाँ तलब थाप्नुहुन्छ । त्यो तलब यो महिना केमा खर्च गर्ने भनेर हामी दुवै जना सल्लाह गर्छौं । अनि तिनै काममा खर्च गर्छु । यही सल्लाहका कारण मैले श्रीमान जाने बेलामा लिएकोको ऋण चुक्ता गरिसकें । यो एउटा त सल्लाहले पनि हो अनि अर्को कुरा खर्चको व्यवस्था पनि रहेछ ।

म श्रीमानले विदेशबाट पठाएको पैसा घरको दैनिक खर्चमा त्यती प्रयोग गर्दिन । घर खर्च म आफैले चलाउँछु । त्यसका लागि मैले घरमा बाख्रा र कुखुरा पालेको छु । विदेश जानेहरुले पठाएको पैसा दैनिक घर खर्चमा भन्दा पनि भविष्यका लागि जम्मा गर्नुपर्ने रहेछ भन्ने मैले वित्तिय साक्षरता कक्षामा बसेपछि थाहा पाएँ । त्यसैले उहाँले पठाएको पैसा अहिले त बैंकमा जम्मा गरिरहेकी छु । यसले उहाँ विदेशबाट फर्किएपछि यही केही गर्न सकिन्छ भन्ने मेरो सोच छ । अहिले त मेरै सल्लाहमा श्रीमानले विदेशबाट सोझै बैंक खातामै पैसा जम्मा गरिरहनुभएको छ । 

परिवारको आर्थिक अवस्थाका कारण म आफुले पढ्न पाएको थिइन । त्यसैले म छोराछोरीलाई  यस्तो नहोस भन्ने चाहन्छु । त्यसैले उनीहरुको जीवन बिमा पनि गरिदिएको छु । त्यसका लागि वर्षको ७ हजार तीन सय ९० रुपैयाँका दरले किस्ता बुझाउँछु । अनि स्थानीय सहकारीा पनि महिनाको ६ सय रुपैयाँका दरले नियमित बचत गरिदिएको छु । 

(प्रस्तुती : बाबुराम राई, वित्तिय साक्षरता सहजकर्ता, बाल सेवा समाज नेपाल, नेर्पा खोटाङ)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

तस्विर

साउदी अरबले दिएकाे अाममाफीमा सहभागी हुने प्रक्रिया  :  सेन्टर फर माइग्रेशन एण्ड इन्टर्नेश्नल रिलेशन्स