MENU

मेरो कथा मेरो भोगाई

हामी परदेशीले कहिलेदेखि देशमा ठाउँ पाउँछौं ?

नवराज बिसी, हाल साउदी ।

हामी युवा नेपालमा किन अटाउन सकिरहेका छैनौ ? जबकी हाम्रै देशमा एउटा भनाई चर्चित छ, ‘युवा शक्ती देशको मेरुदण्ड हो ।’ 

तर युवालाई देशमा राख्न केहि गरिंदैन । त्यस्ता योजना आउन सकेका छैनन् । परदेशको पीरले कतिपय युवा जबर्जस्ती नेपालमै बस्छु, केही गर्छु भनेर नेपाल फर्किन्छन् ।

तर सधैंको बन्द हड्ताल, चक्काजाम, विभिन्न समुहको चन्दा आतंकले देशबाट लखेटिन वाध्य बनाउँछ । अनि लगानी डुबाएर घरद्ध बर्ष छाडेर फेरि म्यानपावर धाउन थाल्नुपर्छ ।

अनि म्यानपावरले पनि तिनै युवालाई लुट्छन् । सरकारका कारबाही गर्ने निकाय मौन बस्छन् । हामी परदेशिनेहरुलाई लुट्न सरकारी कर्मचारीको पनि मिलेमतो र संलग्नता छ । 

हामीलाई ठगेर म्यानपावरका कर्मचारी र सरकारी कर्मचारी फस्टाउँछन् । तर हामी आफ्नो घरलाई वृद्धाआश्रम जस्तो बनाएर छाडेर हिड्नु पर्छ । 

देशमा हुनेहरु कि सहर पस्छन् कि त नेताको झोला बोकेर दिन बिताइरहेका छन् । मेरो बिचारमा देशको विग्रंदो फोहोरी राजनीतिले दिनदिनै समस्या थपिंदैछ । हुनत राजनीतिलाई समाज सेवा भन्ने चलन छ । 

तर राजनीति समाज सेवाको भावले गर्न छाडे । राजनीतिका नाममा व्यापारी, उधोगी, भ्रष्टाचारी, अदालतले अपराधी ठहर गरि जन्म कैदको फैसला गरेकाहरु सम्म छन् । 

अनि अपेक्षा गर्छौं सुन्दर शान्त, बिकसित, बोरोजगार रहित, भ्रष्टाचारमुक्त, लोडसेडिङमुक्त, नयाँ नेपालको । यो त बारीमा गाँजा लगाएर पिंडालुको आश गरे जस्तै हो ।

अव फेरि गाउँ गाउँमा नेता छान्ने दिन आउँदैछ । यो हाम्रा लागि एउटा अवसर हो । अवको चुनावमा हामीले देशको बारेमा सोच्ने र काम गर्न सक्ने सहि नेतृत्व छान्यौं भने नेपाल मै रमाएर काम गर्ने दिन आउँथ्यो कि !

 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

  • विदेश पठाउँछु भन्दै ३२ जना ठगेर भागेका दुई दलाल पक्राउ

    काठमाडौं, कात्तिक १– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३२ जनासँग पासपोर्ट र राहदानी लिएर भागेका दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्रेको छ । नुवाकोटको बुङताङका ३९ वर्षे भाग्यमान तामाङ र गोरखाको मान्वोका ४१ वर्षे महेन्द्र गुरुङलाई प्रहरीले पक्रेको हो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।