MENU

मेरो कथा मेरो भोगाई

हातका औँला त बराबर छैनन् भने परदेशिएको छोरा सम्झेर के मन दुखाउनु ?

मलिता खातुन/लक्ष्मीपुर ६ सर्लाही ।

खौ के भनौं ? आजभोलि मलाई जीवन प्यारो लाग्न थालेको छ । रमाईलो लाग्न थालेको छ । म अलिक लोभी भएको छु जीवन भोगाइको क्रममा । तर चार महिना अघिको अवस्था सम्झिँदा अहिले पनि मेरो शरीर सिरिङ्ग हुन्छ । 

पैसा कमाउन गएको छोरा मलेसियामै रमाए पछि उसले अनौठो व्यवहार देखाउन थाल्यो । मलेसियाबाट चार पाँच महिनामा फोन गथ्र्यो । त्यो पनि फरक फरक नम्बरबाट । त्यै पनि मलाई होइन बुहारीलाई मात्रै गथ्र्यो । मेरो इच्छा चाहिँ छोराले मसँग पनि फोनमा कुराकानी गरिदियोस, विदेशमा बस्ने उसको हालखबर कस्तो छ भनेर सुनाइदियोस भन्ने थियो । तर सबै इच्छा कहाँ पूरा हुने रैछन र ? 

त्यही चिन्ताले मलाई बिस्तारै डढेलोले बन खाए जसरी मन खाइरहेको थियो । मेरो दिमागले खाली छोराको व्यवहारका बारेमा मात्रै सोचिरहन्थ्यो । जसले गर्दा तनाब बढेको बढै थियो । तनाबले मानिसलाई दुखी र कमजोर बनाउँदो रहेछ । त्यतिबेला मेरो जीवन कस्तो हो भन्ने कुरा मनमा आईरहन्थ्यो । म आफनो केही ख्याल थिएन । नत समयमै खान्थे न समयमै सुत्थें नै । त्यतिबेला मलाई आफनो जीवन नरमाइलो र उजाड लाग्थ्यो । 

एक दिन म घरमा छोराले किन यस्तो व्यावहार गरेको होला भनेर सोचेर बसिरहेको थिएँ । त्यतिनै बेला घरमा को हुनु हुन्छ भनेर कसैले सोध्यो । उहाँ विदेश सम्बन्धी सूचना दिँदै गाउँघरमा आउने व्यक्ति हुनुहुँदो रहेछ । उहाँसँगको कुरापछि मैले पनि मेरा पीडा सुनाएँ । चार दिन पछि मेरो भेट उहाँले लिएर आएको अर्को सरसँग भयो । उहाँका कुरा सुन्दा मनमा आनन्द हुन्थ्यो । मनबाट काँडै निकालेर फलिदियको जस्तो हुन थाल्यो । 

सरले सोधेका अनौठो प्रश्नले सुरुमा त मलाई रिस पनि उठ्यो । प्रश्न त अनौठो खालका थिए । उहाँले छोराको व्यवहार सम्झेर मन दुखाउन थालेको कति समय भयो ? यतिको समय मन दुखाउनु भएछ छोराले कति पटक फोन गरेर कुरा गर्‍यो ? अझै कति दिन मन दुखाउनु भयो भने छोराले कुराकानी गर्छ ? यी सुन्दा हाँस उठ्ने प्रश्नले मनको मैले लिएको तनाव त अनावश्यक तनाव रहेछ भन्ने पो बनाइदियो । 

सरसँगको भेटघाट र कुराकानी पछि अहिले मेरो सोचाई फेरिएको । मैले छोराको व्यावहार सम्झेर मन दुखाउँदा मलाई नै घाटा भएको छ भन्ने कुरा थाहा पाएँ । मेरै आफनो शरीर, मन कसरी कमजोर भएको रहेछ भन्ने कुरा छुट्याएँ । मेरो आफनो हातका पाँच वटा औंला बराबर छैनन् भने म किन एउटा छोराले गरेको व्यवहार सम्झेर मन दुखाउनु ? उसले नसम्झिएर के भो त अर्को छोराले त राम्रो गरेको छ नि भन्ने सोच आउन थाल्यो । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

  • विदेश पठाउँछु भन्दै ३२ जना ठगेर भागेका दुई दलाल पक्राउ

    काठमाडौं, कात्तिक १– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३२ जनासँग पासपोर्ट र राहदानी लिएर भागेका दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्रेको छ । नुवाकोटको बुङताङका ३९ वर्षे भाग्यमान तामाङ र गोरखाको मान्वोका ४१ वर्षे महेन्द्र गुरुङलाई प्रहरीले पक्रेको हो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।