कोरियन वनको भाउ बढ्यो, घटेको अरु विदेशी मुद्राको भाउ यस्तो छ

 फागुन ९, २०७५ बिहिबार १०:४०:४ | उज्यालो सहकर्मी

काठमाण्डौ –  बुधबार स्थिर रहेको अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम र दिनारको भाउ घटेको छ भने कोरियन वनको भाउ केही पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको थियो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा छ । बुधबार खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा थियो । 

बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा तोकिएको छ । अघिल्लो दिन खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा छ । बुधबार खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा छ । हिजो बुधबार खरिददर २७ रुपैयाँ ८९ पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा थियो । 

यस्तै बिहीबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७१ पैसा तोकिएको छ । हिजो खरिददर ३७४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८० पैसा थियो । 

आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा छ । हिजो बुधबार खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा थियो ।

आज बिहीबार कोरियन वनको मूल्य भने केही पैसा बढेको छ । बुधबार एक सयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा रहेको कोरियन वनको मूल्य आज बढेर खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा भएको छ । 
 

तपाईको प्रतिक्रिया