MENU

मेरो कथा मेरो भोगाई

​साउदीमा ठगिएर फर्किएपछि सचेत समूहको अध्यक्ष भएँ

दलबहादुर देउजा/बाँझे च्यानडाँडा ७, खोटाङ

आज भन्दा १६ वर्ष अघि । त्यति बेला पैसाको भाउ कति थियो होला सोच्नुस् त । मैलै भन्न खोजेको त्यतिबेलाको ८५ हजारले अहिलेको २ लाखको जत्तिकै काम गर्थ्यो । हो त्यही बेला मैले ८५ हजार रुपैयाँ तिरें साउदी अरव जान । 

अहिले जस्तो सीप तालिम सिकेर जाने, सूचना पाउने ठाउँ थिएन । के गर्ने लाटो समय । हामीलाई ठगेपनि एजेन्ट त भगवान जस्तै लाग्थ्यो । त्यही भगवानले ८५ हजार रुपैयाँ भन्दा एक पैसा पनि घटाउन मानेन । नमानेपछि के गर्नु भनेर तिरेर गएँ । तर न यहाँ भनेको काम पाएँ न त तलब नै । कम्पनी नै गतिलो थिएन । त्यसैले दिनमा १२ घण्टा खट्नु पथ्र्यो तर तलब राम्रो थिएन । बल्लतल्ल जाँदा लिएको ऋण चुक्ता गरें । 

२९ महिनापछि आफ्नै देशमा केही गर्छु भनेर घर फर्किएँ । त्यति बेला फर्किंदा मेरो दुई वटा सपना थिए । पहिलो आफ्नै ठाउँमा केही गर्ने अनि दोस्रो विदेश जानेहरुलाई सचेत गराउने । आफू त फसियो अरु नफसुन भन्ने लाग्थ्यो । साउदीबाट फर्किएर मैले तीन रोपनी जग्गामा अलैंची खेती गर्न थालेको छु ।  मैले २२ हजार रुपैयाँको अलैंचीको बिरुवा आफ्नो बाँझो बारीमा लगाएको छु । यसले अबको २ वर्षमा तीन लाख रुपैयाँ कमाइ हुने रहेछ । 

यही बिचमा बालसेवा समाज नेपाल, नेर्पाले आप्रवासी हकहित संरक्षण केन्द्र गठन गर्न लागेको कुरा थाहा पाएँ । समितीको उद्धेश्यसँग मैले विदेशबाट फर्किंदा सोचेको कुरा मिल्दो रहेछ । त्यसैले समितिमा बस्छु भन्ने सोचें । समितिको पहिलो अध्यक्ष नै भएको छु । मेहनत गर्दा त आफ्नै देशमा पनि हुन्छ त्यसैले पहिले त देशभित्रै गर्न सकिन्छ कि भन्ने सोचौं । यदी विदेश नै जानु पर्यो भने विदेश बसाई सुरक्षित बनाउने तर्फ सचेत हुनुपर्छ । 

म आफैं समस्यामा परेर फर्किएको हुँ । त्यसैले पनि विदेश जानेहरुलाई सचेत हुन आग्रह गर्छु । अनि अहिले सूचना लिने ठाउँ, सीप लिने ठाउँ पनि धेरै छन् । त्यसैले विदेश जानेहरुले एक पटक सूचना लिएर मात्रै विदेशका लागि पाइला चाल्नुहोला । 


(प्रस्तुति : विनिता राई, सामाजिक परिचालक, बाल सेवा समाज नेपाल नेर्पा खोटाङ)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

  • विदेश पठाउँछु भन्दै ३२ जना ठगेर भागेका दुई दलाल पक्राउ

    काठमाडौं, कात्तिक १– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३२ जनासँग पासपोर्ट र राहदानी लिएर भागेका दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्रेको छ । नुवाकोटको बुङताङका ३९ वर्षे भाग्यमान तामाङ र गोरखाको मान्वोका ४१ वर्षे महेन्द्र गुरुङलाई प्रहरीले पक्रेको हो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।