MENU

मेरो कथा मेरो भोगाई

आमा बनेर घर चलाउन गाह्रो रहेछ

तेज नारायण यादव/जानकीनगर, सर्लाही

६/७ महिना अघिसम्म मेरो काम घर बाहिरको हुन्थ्यो अनि श्रीमती सुकमायाको घरभित्रको । उनको दिन खानपान बनाउनेदेखि छोरीको स्याहारमा बित्थ्यो । तर अहिले त अवस्था फेरिएको छ । 

उनी विदेश गएको ७ महिना भयो । त्यसपछि त अहिले छोरीका लागि म नै बुवा अनि म नै आमा भएको छु । व्यवहारिक रुपमा आमाको भूमिका निर्वाहा गर्न ग्राहो हुने रहेछ । मैले पहिला आफूले कमाउन सकुन्जेल महिलाको काम पकाउने र खुवाउने मात्र हो जस्तो लाग्थ्यो । किनकी मैले कमाएर ल्याउँथे । तर पैसाले मात्रै परिवार चलाउन सकिने रहेनछ । आमा भएर घर चलाउन निक्कै गाह्रो रहेछ ।

म रोगी नभएको भए म नै विदेश जान्थें होला । तर दाहिने पाटो नचल्ने भएपछि उनले नै विदेश जानुपर्यो । यो भन्दा अघि त म नै विदेश गएको हो । दुई वर्ष कतार बस्दा मैले चार कोठाको घर पनि बनाएँ । सन् २०१४ मा कतार जाँदा मैले सीप सिकेर गएको थिएँ । सीप भयो भने पठाउनेले ठग्न पनि त नपाउने रैछन । मैले टेकराज गौतमलाई ६५ हजार रुपैयाँ तिरेर थिएँ । सुरुमा कतारमा एक हजार रियाल बेसिक दिएको थियो । त्यसमा खान बस्न कम्पनीकै थियो । कम्पनी राम्रो भएकाले ओभर टाईम पनि गर्न पाएँ । ओभरटाइमबाट महिनाको एक हजार रियाल नै कमाइ हुन्थ्यो । 

यसरी मैले महिनामा २ हजार रियाल सम्म कमाएँ । त्यसैले दुई वर्ष बस्दा मैले राम्रै कमाएँ । सन् २०१६ मा म छुट्टीमा घर फर्किएँ । २ महिना घर बसेपछि म कतार फर्किन दुई दिन मात्रै बाँकी थियो । सबै साथीहरुसँग बिदा भइसकेको थिएँ । जुलाई १५ मा बिहान चार बजे शरीरको दाहिने पाटो नै चलेन । त्यसपछि म थला परें ।  कतार फर्किने योजना पनि तुहियो । 

उपचारमा झण्डै दुई लाख रुपैयाँ सकियो । काठमाडौंमा उपचार गरेपछि अवस्था सामान्य त भयो । तर कतार जाने अवस्था चाहिँ रहेन । म शारीरिक रुपमा कमजोर भएपछि परिवार चलाउन समस्या भयो । घर खर्च जुटाउन ऋण लिनुपर्ने भयो । सँधै ऋण लिनुपर्ने भएपछि श्रीमतीले आफैं विदेश जाने प्रस्ताव गरिन् । 
घर सल्लाहमा उनी ५ महिना अघि फ्रि भिसा फ्रि टिकटमा घरेलु कामदारको रुपमा ओमान गइन् । उनलाई पनि मलाई नै विदेश पठाउने एजेण्टलेनै पठायो । उनले अहिले महिनाको २५ हजार रुपैयाँ कमाउँछिन् । यही पैसा बाटनै हामी ५ जनाको परिवार जेनतेन पालिएका छौं । 

उनी विदेश गएपछि मेरो भूमिका फेरिएको छ । अहिले म आमाको भूमिका निर्वाहा गरेर घर व्यवहार सम्हालेर बसेको छु । पहिला उनले सम्हालेको व्यावहार मैले सम्हालेको छु । आमाको भुमिका निर्वाहा गर्न निकै गाह्रो हुदोरहेछ । काम नदेखिने तर दिनभरि फुर्सद नहुने । 

(दुर्गा प्रसाद भट्टराई सर्लाहीको ग्रमिण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा संचालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र हरिऔनमा मनोसामाजिक परामर्श कर्ताको रुपमा कार्यरत हुनुहुन्छ ।)

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।