MENU

मेरो कथा मेरो भोगाई

​सीप हुनेलाई सम्मान, सीप नहुनेलाई न काम न सम्मान

लक्षमण विक/कैलाली

केही वर्ष अघि म भारतमा काम गर्थें । स्वदेशमा कुनै अवसर नदेखेपछि जीविकाको लागि भारत जानु मेरो बाध्यता थियो । तर भारतको रोजगारीले धेरै प्रगति होला जस्तो लागेन । त्यसैले खाडीको देश जाने सोच बनाएँ । तर, कहाँ जाने ? कसरी जाने केही थाहा थिएन । 

तर मेरो छिमेकी दाई सुरक्षित आप्रवासन परियोजना (सामी) मा काम गर्नुहुन्थ्यो । उहाँले मलाई वैदेशिक रोजगारी तथा त्यसका राम्रा र नराम्रा कुराका बारेमा बुझाउनुभएको थियो । 

उहाँले मलाई विदेश जाने भए सीप सिकेर मात्रै जान सल्लाह दिनुभयो । उहाँकै सल्लाहमा मैले सिसिएस अन्र्तगत सामी परियोजनाको धनगढीमा रहेको सूचना तथा परामर्श केन्द्रले मलाई प्लम्बरको तालिमका लागि काठमाडौ पठायो । 

एफ स्किलले खाने र बस्ने पैसा नलिई मैले तालिम लिएँ । एफ स्किलले नै मलाई भक्तपुरमा रहेको निखिल मल्टिसर्भिसेज प्रालिमा पठायो । मैले ४५ दिन त्यहाँ प्लम्बरको तालिम दियो । तालिम लिइसकेपछि म आइसिसीले दिएको सूचनाको आधारमा सन् २०१४ को अन्तिमतिर दुवई पुगें । अरु विदेश पुगेदेखि नै दुःख पाएका कुरा सुनेको थिएँ । तर मैले दुवईमा कुनै समस्या भोग्नु परेन । 

कम्पनीले मलाई सम्झौता अनुसार मलाई १ हजार दिराम नै पारिश्रमिक दियो । काम पनि सम्झौता अनुसारकै पाएँ । सीप सिकेर गएका र त्यतिकै गएकाहरुबिच गरिने व्यवहार आकाश पातालकै फरक हुँदो रहेछ । हाम्रो कम्पनीमा झण्डै ६० जना नेपाली काम गर्थे । ती सबैलाई कम्पनी र मालिकले एकनासको व्यहार गर्दैनथ्यो । म र मसँग गएका साथीहरुले भने तालिम लिएर गएकाले कहिल्यै हेपिनु परेन । 

तर, काम नसिकी गएका नेपालीहरुले भने निकै हेपिनुपथ्र्यो । उनीहरुले(मालिक) जे भन्यो त्यही मान्नु पर्ने हुन्थ्यो । भनेको समयमा पारिश्रमि नदिने, भनेकै जस्तो काम पनि नदिने जस्ता व्यावहार गर्थे ।त्यतिबेला मलाई काम सिकेर गयो भने भनेको काम र दाम अनि सुरक्षा पनि पाइँदो रहेछ भन्ने लाग्यो ।

अरुको दुःख देख्दा काम सिकेर आएको ठीकै भयो भन्ने लाग्थ्यो । यो देख्दा विदेशको साथी सीप र क्षमता पो रहेछ जस्तो लाग्थ्यो । म दुई वर्षको भिसाको म्याद सकिएपछि यो वर्षमा घर फर्किएको छु । त्यहाँ कमाएको पैसा घरमा काम लाग्यो ।

विदेश जाने मनसाय बनाएका साथीहरुलाई म सीप सिकेर जान सल्लाह दिन्छु । किनकी सीप बिना त्यहाँ हरेक कुरामा जोखिम हुने रहेछ । हातमा सीप छ भने मालिक र कम्पनीले पनि राम्रो व्यवहार गर्छ । सीप र क्षमतालाई नै अरुले सम्मान दिन्छन् ।

(सृजनशिल समाजको सिर्जना, कैलालीकी परामर्शकर्ता लक्ष्मी चौधरीसँगको कुराकानीमा आधारित )

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

मृत्यु, माफी र ‘ब्लडमनि’ को व्यथा ! भिडियोः उज्यालो।