MENU

मेरो कथा मेरो भोगाई

​वैदेशिक रोजगारलाई दुःख होइन सिकाइको स्रोत बनाउँ

हरि थापा/दोलखा

वैदेशिक रोजगार रहर होइन बाध्यता हो । देशमा बढिरहेको बेरोजगार, राजनितिक अस्थिरता बन्दह डताल विभिन्न सास्याले गर्दा अन्तिम विकल्पको रुपमा छान्ने गरेको पाईन्छ ।

हरेक व्यक्तिले आफ्ना सन्तान आफूबाट टाढा भएको हेर्न चाहँदैनन् ।  तर बिडम्बना जे नहोस भन्यो त्यही हुन्छ । वैदेशिक रोजगार सुन्दा सरल छ ।  विदेश जाने कमाउने ल्याउने तर त्यही कुरा गर्न सयौं गुणा कठिन छ । विदेश हामीलेसोचे जस्तो हुँदैन अनि छैन पनि । नीतिनियम मान्नेदेखि अनुशासनमा बस्ने वैदेशिक रोजगारका प्रमुख विषय हुन् ।

वैदेशिक रोजगारमा गएका लाखौं युवाहरु विशेष गरी मलेसिया लगायत खाडी देशमा गएकाहरु मध्ये केही औंलामा गन्न सकिने व्यक्तिहरुले राम्रो काम र त्यही अनुसारको सुबिधा पाएका होलान तर धेरैलाई भाषा, ज्ञान, सीप नहुँदा थोरै पारिश्रमिकमा धेरै समय काम गर्नुपर्ने हुन्छ । यसभित्र शिक्षित,अशिक्षित दुवै युवाहरु भेटिन्छन । वैदेशिक रोजगार वारे राम्रो ज्ञान नहुँदा प्राविधिक विषयमा सिकेका र जानेकाहरु लेवर भिषामा जाँदा धेरै दुःख पाएका छन् ।

यदी कुनै पनि विषयमा पोख्त भएर आफूलाई अनुभव भएको काममा जाने हो भने पक्कै पनि आशा गरेजति सेवा सुविधा पाउन सकिन्छ । पाएका पनि छन् तर आफूले जानेको काम भन्दा फरक काममा गएमा म पढेको छु जानेको छु भन्दैमा पाउने कुनै आधार हुन्न ।  धेरै पढेलेखेका ब्यक्तिहरु पनि बिना जानकारी आउनाले फसेका धेरै उदहारण छन  ।

कुनै पनि देश जानु अघि त्यस देशको हावापानी, वातावरण, सेवा सुविधाका बारेमा पुर्व जानकारी भएमा विदेश पुगेपछि डिप्रेसनको सिकार हुनुपर्दैन । धेरै साथीहरु सुनेको भरमा दलालले भनेको कुरामा विश्वास गरेर धेरै कमाउने सपना बोकेर विदेश आइरहेका छन् । त्यो पनि तोकिएको भन्दा धेरै लगानी गरेर । तर त्यो गलत हो । वैदेशिक रोजगारीमा जानु अघि खाडीका देश वा अरु कुन देश जाने हो त्यहाको तलब कति छ ? भन्ने जानकारी हुनुपर्छ ।

त्यस्तै वैदेशिक रोजगार जटिल तथा रुचिहिन कामले मानसिक तनाब उत्पन्न गराएको छ भने, अर्काेतर्फ अनपेक्षित रुपमा आइपर्ने व्यक्तिगत तथा पारिवारिक आर्थिक समस्याले थप तनाव उत्पन्न गराएको पाइन्छ । त्यस्ता आर्थिक रुपमा आइपर्ने समस्याहरु समाधानका केही उपाय पनि अपनाउन सकिन्छ ।

मानिसमा इच्छा शक्ति र जागरुकता हुने हो भने यस्ता समस्यालाई केही हदसम्म निराकरण गर्न सकिन्छ । त्यो उपाय हो बचत गर्ने बानिको बिकास । वैदेशिक रोजगारमा काम गर्ने जो कोहीलाई पनि आपतकालिन समस्या पर्न सक्छ । त्यसैले फजुल खर्च कम गरि भइपरी आउने समस्याको अनुमान गरि सधै बचत गर्नु पर्दछ ।

कम्पनीले दिएको तलबबाट केही रकम छुट्याएर हरेक महिना साथीसाथी मिलेर अप्रत्यासित रुपमा आउने समस्या समाधानका लागि पनि छुट्टै बचत गर्न पनि सकिन्छ । यदि यस्तो बानी बसाल्ने हो भने आपतकालिन समयमा हारगुहार गर्नु पर्दैन । अर्को कुरा साथमा राख्दा अशुरक्षित हुने हुँदा प्राय तलब आएपछि तुरुन्तै लिने दिने वा नेपाल पठाउने काम हुन्छ ।

विचमा आपत पर्दा पकेट खर्च बाहेक अलि कति पनि हुँदैन । यसरी विदेशमा काम गर्नेले कमाई थोरै भएपनि मासिक बचत गर्ने बानिको विकास गरे ठुलो रकम जम्मा हुन्छ । आपत विपदमा ठुलो काम बन्न सक्छ । विदेशमा हुँदा ऋण पाउन पनि गाह्रो हुन्छ ।

आफन्त र नजिकका साथिभाई भए मात्रै सहयोग पाइन्छ । घर परिवारमा आइपर्ने आपतविपतमा पनि यस्तै रकम चलाउन सकिन्छ । आपतमा पैसा खोज्दै भौतारिनु पर्दैन । फजुल खर्च कटौती हुन्छ ।घरमा पैसा पठाउँदा एकमुष्ट पठाउन सकिन्छ ।

एउटै कम्पनीमा काम गर्ने साथीसँग यसरी बचत गर्न थाल्ने हो भने पछि सामूहिक लगानी गरेर देशमै केही उन्नती गर्न सकिन्छ । यसरी साथीसाथीबिच मिलेर कारोवार गर्दा आपतकालिन समयमा सहयोग पाईन्छ । टाढाको भएपनि एउटा परिवार झैँ मिलेर बस्ने बानीको विकास हुन्छ । दुःख सुख आदानप्रदान हुन्छ । जसबाट नयाँ काम सुरु गर्ने योजना बन्न सक्छ । प्राय विदेशमा हरेक कामहरु समूहमा गर्ने गरिन्छ । 

यसबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । हरेक कामहरु मिलेर गर्दा सरल हुन्छ । एक्लै गर्छु भन्ने भावना हटाउनु पर्छ । जब घर छाडेर अन्यत्र टाढा जान्छन घरको याद आएर याद मेटाउन कुलतमा फँस्ने पनि धेरै छन । यस्ता कुलतले आफ्नो शरीरको नोक्सान त हुन्छ नै काममा पनि असर गर्छ ।  त्यसैले यस्ताबाट काम बच्न सके पक्कै पनि वैदेशिक रोजगारमा जानेले रकम मात्र हैन मान, सम्मान र प्रतिष्ठा सबै कमाउन सक्छन । 

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

विदेश जाँदा लिएको ऋणले घर जग्गा साहुको कब्जामा। भिडियोः उज्यालो।