MENU

मेरो कथा मेरो भोगाई

गोविन्द तिवारीले पैसा मात्रै ठगेनन्, मलाई पनि दलाल बनाए

सुशील पन्त ।

म १८ वर्ष पहिले देखिनै पर्यटन क्षेत्रमा काम गर्छु । मेरो कम्पनीको शाखाअकेरिकाको न्युयोर्क र युरोपका देशमा पनि छ । विजनेस बाहेक म प्रिसियस नेशनल कलेजको प्रमुख पनि हुँ । करिव ८ सय विद्यार्थी त्यहाँ पढिरहेका छन् । 

म अफिसमै थिएँ । सन् २०१२ देखि नियमित टिकट काट्ने मेनुका थापाले मलाई भनिन्, गोविन्द तिवारी भन्ने मान्छेले टिकट काट्दै छ । उसको नाममा टिकट दर्ता गरिदिनुस् फरक पर्दैन । नेपालमा आएपछि पैसा दिन्छ भनेपछि मैले उनको कुरामा विश्वास गरें । गोविन्दले नेपाल आएपछि तिर्छु भनेको थियो । 

जापान बस्ने मान्छेले यति सानो कुरामा बद्मासी नगर्ला भनेर मैले टिकट दर्ता गरिदिएँ । तर उ नेपाल आइसकेपछि मैले पैसा माग्दा म व्यस्त छु मेरो बहिनीले पैसा ल्याइदिन्छिन् भन्यो । त्यो पैसा कहाँबाट कसरी आउँछ मलाई त्यतिबेला चासो दिन आवश्यक थिएन । म कलेजमा भएकैबेला उसले पैसा जम्मा गरेको नम्बर पठाइदियो । 

टुरीजम डेभलप्मेन्ट सेभिङ एण्ड क्रेडिटमा गएर पैसा लिएँ । गोविन्दसँग मेरो भएको कारोबार यति हो । मैले न गोविन्द तिवारीलाई देखेको छु न त उसले ठगेकी गौमाया भण्डारीलाई नै ।

तर मैले पैसा लिएको एक महिना पछि गौमाया पक्राउ पुर्जी देखाउदै आइन् । यो केस हेरिरहेका वकिलसँग भेटेर आफूसँग भएको सबै कुरा बताएँ । 

तर १५ दिनपछि मलाई प्रहरी अपराध महाशाखाले टेकुमा बोलायो । प्रहरीले भन्यो १ लाख ५ हजार रुपैयाँ तिर्ने कि कस्टडीमा बस्ने ? 

मैले कस्टडीमा बस्नुभन्दा बरु पैसा तिर्छु भनेर पैसा तिरेर फर्किएँ । अदालतले पनि मेरै दोष देख्यो र मैले पहिले चेक दिएको थिएँ त्यो फिर्ता लिएर नगद तिरें । मलाई यसरी फसाइएको हो ।

तर मलाई पनि फसाउने गोविन्द तवारी भने अझै फरार छन् । दालाल भागेर जोगिने म जस्ता निर्दोष पक्रिंदै जाने हो भने भएका पीडितले त न्याय पाउँदैनन नै गोविन्दका नाममा पीडित हुनेको संख्या थपिंदै जानेछ । 

यो पनि पढ्नुहोस् 

जापान पठाउँछु भन्ने दलाल भागेपछि आफन्त पक्रंदै रकम उठाउन थाले पीडित

३१ लाख बुझाएपछि फेरियो डाक्टरको परिचय, अहिले भन्छन्–‘हु आर यु ?’

मेरो कथा मेरो भोगाई

तपाईसँग पनि यस्तै भोगाई, अनुभव, कथा छन र हामीसँग बाड्नु चाहानुहुन्छ भने लेखेर 'desh@unn.com.np' मा पठाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस

विशेष

Notice, Press Release

समाचार

  • ​नेपाल र जोर्डनबिच श्रम सम्झौता

    काठमाडौं, कात्तिक १- नेपाल र जोर्डनबिच श्रम सम्झौता भएको छ । बुधबार जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा अलि अल गेजाविले सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।

  • ​कतारमा एक नेपालीको मृत्यु

    राजविराज, कात्तिक १ – वैदेशिक रोजगारीको लागि कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो ।

  • विदेशबाट फर्केका र सम्भावित आप्रवासीको उपस्थितिमा सप्तरीमा अन्र्तक्रिया कार्यक्रम

    राजविराज, कात्तिक १ – सप्तरीको रुपनी गाउँपालिकामा सुरक्षित वैदेशिक रोजगारीबारे एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।

  • विदेश पठाउँछु भन्दै ३२ जना ठगेर भागेका दुई दलाल पक्राउ

    काठमाडौं, कात्तिक १– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३२ जनासँग पासपोर्ट र राहदानी लिएर भागेका दुईजनालाई प्रहरी केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पक्रेको छ । नुवाकोटको बुङताङका ३९ वर्षे भाग्यमान तामाङ र गोरखाको मान्वोका ४१ वर्षे महेन्द्र गुरुङलाई प्रहरीले पक्रेको हो ।

पछिल्ला समाचारहरु
Download
Mobile App

भिडियो

वैदेशिक रोजगारीको क्रममा दुबै हात गुमाएका प्रकाश राईको कथाब्यथा भिडियोः उज्यालो ।