शेयर बजारको ओरालो यात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डौ – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य संस्थालाई दिएको समय थप्न नेपाल मेडिकल व्यवसायी संघले आग्रह गरेको छ ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि तोकिएको मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको भन्दै मेडिकल व्यवसायी संघले तीन महिनाको समय उपलब्ध गराउन माग गरेको हो ।
नेपाल र मलेसियाबीच गएको कात्तिकमा भएको समझदारी अनुसार मलेसियाले कामदारको स्वास्थ्य परीक्षणको मापदण्ड पठाउने र नेपालले त्यसमा सहजीकरण गर्ने व्यवस्था थियो ।
त्यसै अनुसार मलेसियाले मापदण्ड पठाएपछि मन्त्रालयले चैत १८ गते मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि १५ दिनको समय दिएर मापदण्डअनुसार सूचीकरण हुन स्वास्थ्य संस्थालाई अनुरोध गरेको थियो ।
तर तोकिएको मापदण्ड पूरा गर्न आवश्यक मेशिनरी सामानहरु नेपालमा नबन्ने र विदेशबाट प्रज्ञापन खोली कानूनअनुसार आयात गर्नुपर्ने भएकाले १५ दिनको समय अपुग भएको संघको भनाइ छ ।
आयात गरिएका सामान राख्न उपयुक्त स्थानको व्यवस्थापन गर्नुपर्ने, मेशिनरी सामानको खरिदमा एक करोडभन्दा धेरै रकमको जोहो गर्नुपर्ने र सञ्चालनमा पनि हाइ भोल्टेजको विद्युत शक्तिको सम्बन्धित निकायबाट व्यवस्थापन गर्नुपर्ने भएकाले मन्त्रालयले तोकेको समय पर्याप्त नभएको संघको गुनासो छ ।
२०७० सालमा मापदण्ड पूरा गरेर सूचीकरण हुन तीन महिनाको समय दिइएको र म्यानपावर व्यवसायीको धरौटी रकम बढाउन पनि ६ महिनाको समय दिएको उल्लेख गर्दै संघले पहिलेको मापदण्डभन्दा तीन गुणा बढी आर्थिक भार हुने गरी तोकिएको नयाँ मापदण्डले व्यवसाय नै धरापमा परेको पनि जनाएको छ ।